Skip to main content

Posts

Showing posts with the label फोटो फिचर

यस्तो छ सुनको आइफोन फाइभ

कस्तो रेष्टुरेन्ट ? जहाँ थालमा होइन तरुनीको नांगो जिउमा खाना दिइन्छ

साउन २३, सम्झनुहोस् तपाइँ कुनै रेष्टुरेन्टमा खान खान जाँदै हुनुहुन्छ । त्यहाँ तपाइँलाई कुनै प्लेटमा होइन नांगा तरुनीका जिउमा खानेकुरा राखेर टक्राइन्छ भने तपाइँलाई कस्तो अनुभुति होला ? वास्तवमा यस्तो हुनै नहुने बकमफुस्से कुराको कल्पना किन गर्नु भन्ने तपाइँलाई लाग्नसक्छ । तर यो कुनै कल्पनाको कुरा होइन । अमेरिकाको एक रेष्टुरेन्टले अब नांगा मोडेलका सरीरमा खाना टक्राएर ग्राहकको भोट मेटाउने भएको छ । अमेरिकाको फ्लोरिडास्थित एक रेस्टुरेन्टले यस्तो सुविधा दिने भएको हो । जापानी परिकार खुवाउने उक्त रेस्टुरेन्टमा अब ५ सय डलर तिरेपछि अगाडि तेर्सिएका नांगा मोडेलको छाति तथा गुप्तांगमाथि राखिएको भोजन कपाकप खान पाइनेछ । यसरी नांगा मोडेलका छातिमाथिबाट सुशी तथा साशिमी जस्ता जापानी भोजन टप्प टिपेर खाने इच्छा भएमा गोजी केही गरम पारेर मियामीको कुंग फु किचेन रेष्टुरेन्टमा गए पुग्छ । उक्त रेष्टुरेन्टका मालिक नाथन लिबरम्यानले आफुले यस्तो सेवा प्रदान गर्ने मोडेलहरु मोडलिङ एजेन्सीबाट भाडामा ल्याउन थालेको भन्दै अहिले रेष्टुरेन्टमा काम गरिरहेका केही युवतीहरु समेत ग्राहकलाई आफ्नो नांगो जिउमा खाना खुवाउन त...

प्रशान्त र खगेन्द्रले तताए सिन्धुली

माघ २९, सिन्धुली  सिन्धुलीमा माघ २० गते देखि भइरहेको ल्होछार सांस्कृतिक महोत्सवको अन्तिम दिन आइतबार प्रशान्त र खगेन्द्रले सिन्धुली तताए । महोत्सवको अन्तिम दिन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रशान्तको गीत र खगेन्द्रको नृत्यका लागी विहानदेखि कुरेर बसेका सिन्धुलीवासीले दुवैको आगमनलाई उतिकै वाह...वाहले स्वागत गरेका थिए । तामाङहरुको सांस्कृतिक पर्व २८४८ औँ सोनम ल्होछारको अवसरमा आयोजित ल्होछार बहुसांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रमको समापन पछि मञ्चमा देखिएका विश्वकै सबै भन्दा होचो व्यक्तिको नाम गिनिज बुकमा रेकर्ड कायम गरेका खगेन्द्र थापामगरले पञ्चेबाजाका धुनमा खुकुरी साथमा लिएर नाचेका थिए । खगेन्द्रको त्यो नृत्य भइरहदा दर्शकहरुको भिड थाम्न प्रहरी तथा आयोजकलाई हम्मे पारेका थिए । ल्होछार सांस्कृतिक महोत्सवको अन्तिम दिन सिन्धुलीमा आएका इन्डियल आइडल प्रशान्त तामाङका गीतहरुले सिन्धुली महोत्सवमा निकै रौनकता थप्यो । महोत्सवमा आएका प्रशान्तले गाएका हरेक गीतहरुमा उनका फ्यानहरुको वाहवाहलाई प्रहरीले नियन्त्रणमा लिन सकेनन् । प्रशान्तलाई हेर्नका लागी बालक देखि बृद्धा सम्म गेट...

ऐतिहासिक ल्होछार सांस्कृतिक महोत्सव - २०६८

 

फोटो फिचर

संस्कृति सिक्न नेपालमा

मंसिर ५ ,  थाई बालक एघार वर्षीय मेथासित फामी (मेधासिद्धि गौतम) मजाले थाई भाषा बोल्छन् । थाइल्यान्डको मुख्य पर्यटकीय थलो फुकेटका यी बालक आफूसँग थाई-अंग्रेजी शब्दकोश राख्छन् । तर उनी थाइल्यान्ड छाडेर नेपाली/अंग्रेजी भाषा र संस्कृतिको अध्ययन गर्न नेपाल आएका हुन् । 'त्यहाँको विद्यालयमा नेपाली भाषा पढाइ हुन्न, थोरै अंग्रेजी पढाउँछन्,' बालकुमारीस्थित हिन्दु विद्यापीठमा कक्षा-४ मा अध्ययनरत उनले भने, 'बुबाले नेपाली र अंग्रेजी पढ्न र धर्म-संस्कृति बुझ्न नेपाल पठाएका हुन् ।' कक्षा-१ मा अध्ययनरत ९ वर्षीय भाइ फानुवित फामी (भानुसिद्धि गौतम) सँग उनी उक्त विद्यालयको छात्रावासमा बस्छन् ।

लुक्लामा अलपत्र पर्यटक आक्रोशित

लुक्ला (सोलुखुम्बु), मंसिर ४   लुक्लामा अलपत्र पर्यटक आक्रोशित भारतका चन्दन सिम्रिक एयरको हेलिकोप्टर लुक्लामा अवतरण हुन नपाउँदै झोला बोकेर हतारिँदै हेलिकोप्टरमा छिरे । त्यसपछि लामो श्वास फेरेर भगवान्लाई धन्यवाद दिए । काभ्रेको भकुन्डेबेसीमा एयर अवतरण नहुन्जेल उनी केही बोलेनन् ।  बाहिर निस्केपछि आकाशतिर फेर्केर खुसी हुँदै चर्को स्वरमा कराए 'आजाद भएँ ।' त्यसपछि उनको थाकेर निन्याउरो भएको अनुहारमा एकाएक चमक देखियो । 'आजाद भएको महसुस गरिरहेको छु,' उनले कान्तिपुरसँग भने, 'लुक्लामा लामो समयसम्म हवाई उडान ठप्प भएपछि त्यहीं मरिने डरले सताइरहेको थियो ।' लुक्लाको जस्तो घटना आफूले अहिलेसम्म नभोगेको उनले सुनाए । राम्रोसँग खान नपाएको, खर्च गर्ने पैसा सकिएको लगायत अनेकौं समस्याबाट आफूहरू पीडित भएको उनको कथन थियो । उनले सरकारप्रति आक्रोश पोखे । 'यो देशमा सरकार पनि छ र ?' उनले भने, 'सरकार भएको भए यत्रो दिन किन अलपत्र परेर बस्नुपथ्र्यो र ?' उनको समूहमा ७ जना थिए ।

गोर्खाली गाथा

अल्मोडा, उत्तराखण्ड, भारत, मंसिर ४ -  गोर्खाली गाथा यदि कसैले मृत्युसँग डर लाग्दैन भन्छ भने कि उसले झूटो बोलेको हुनुपर्छ कि त ऊ गोर्खा हुनुपर्छ ।' पूर्व भारतीय सेना प्रमुख साम मानेकसअको वर्षौंअघिको यो भनाइ अझै निकै चर्चित छ । यसरी गोर्खाली सेनाको मुक्तकण्ठले प्रशंसा गर्ने उनी एक्ला होइनन् । कतै आधिकारिक दस्ताबेज त छैन तर शक्तिशाली जर्मन तानाशाहले पनि गोर्खालीबाहेक विश्वमा जोसुकैसँग लड्न आफूलाई डर नलाग्ने बताएका थिए भनिन्छ । गोर्खाली सैनिकको बहादुरी र वीरताबारे यस्ता अनेकौं किस्सा तथा गाथाहरू छन् । दुईवटै विश्वयुद्ध होस् या हालका वर्षहरूमा इराक र अफगानिस्तानका युद्ध मैदानहरू, गोर्खाली सैनिकहरूले जसको छातामुनि बसे पनि आफ्नो गौरवशाली इतिहासलाई जीवन्त बनाइराखेका छन् । 

साना सिलिन्डरको बिगबिगी

मंसिर ३, काठमाडौ साना सिलिन्डरको बिगबिगी हालैको एक बिहान १० बजेतिर कपिलवस्तुको चन्द्रौटास्थित ओमकार सप्लायर्सको ग्यास डिपोमा सञ्चालक ओमकार गुप्ता सँगैको अर्को पसलमा गफिइरहेका थिए । यो संवाददाता उनको डिपोमा पुगेपछि गुप्ता आए र सोधे, 'के चाहियो होला ?' 'पाँच केजीका साना सिलिन्डर,' मैले भनें । साहूजीले मलाई खुट्टादेखि टाउकोसम्म नियाले । अनि सोधे, 'कहाँदेखि आउनुभएको हो ? के काम गर्नु हुन्छ ?' 'पर्यटन व्यवसायी,' मैले आफ्नो परिचय अर्कै दिएँ र भनें, 'साना सिलिन्डर । पदयात्रामा असाध्यै उपयोगी हुन्छ । महेन्द्रनगर घुम्न आएका बेला भेटिए किनेर लैजाने सोच छ ।'

फेसबुकले जुटायो ११ लाख

मंसिर २, पर्वत/पोखरा   इजरायलमा कार्यरत बाँके कोहलपुरका सूर्य बस्यालले युट्युवमा भेटिएको अपांगसम्बन्धी भिडियो फेसबुक स्टाटसमा राखे । र, लेखे- 'अपांगलाई सहयोग गर्न पाए उनीहरू र परिवारको आँसु र व्यथामा राहत मिल्ने थियो ।'पर्वत रानीपानीका एकै घरका ५ अपांगको कथा-ब्यथाले भरिएको उक्त भिडियो इजरायलका नेपाली कामदारको फेसबुक सन्जाल 'नेप्लिज इन इजरायल' मार्फत सर्वत्र फैलियो । अनि फेसबुकबाट सुरु भयो- सहयोग संकलन अभियान । फलतः दुर्गम गाउँका एकै परिवारका ५ अपांगका लागि जुट्यो ११ लाख रुपैयाँ ।

राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने

मंसिर २, राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ । यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 'धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,' उनले भने, 'सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।'

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।

सिन्धुली लगायत देशका विभिन्न स्थानमा आज विहानै भूकम्प

कार्तिक २७, सिन्धुली  गोरखा सिन्धुली सिन्धुली लगायत देशका विभिन्न स्थानमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ । गोरखाको उत्तरी क्षेत्र केन्द्र विन्दु बनाएर विहान साढे ५ बजेको आसपासमा ५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौ लगायत नुवाकोट नवलपरासी चितवन तनँहु गोरखा पोखरा काभ्रे स्याङ्जा लगायतका ठाँउहरुमा महसुस गरिएको छ । भूकम्पपछि व्युँझिएका केही सर्वसाधारण घर छोडेर बाहिरिएका थिए । स्रोत : सिन्धुली दर्पण 

ऐतिहासिक सिन्धुलीगढीमा विजय उत्सव फोटो सहित

कात्तिक २४, सिन्धुली, ध्रुवचन्द्र खड्का सिन्धुलीमा विहीवार सिन्धुली गढी विजय उत्सव  मनाइएको छ । विसं १८२४ कार्तिक २४ गते अर्थात अंग्रेजी फौजलाई गार्खाली सपूतहरुले परास्त गरेको दिनलाई सिन्धुली गढी विजय उत्सवका रुपमा मनाईएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पत्रकार महसंघका केन्द्रिय महासचि ओम शर्माले देशको धरोहर तथा  गौरवताको पक्षमा लड्न सवैलाई आग्रह गर्नुभयो ।  राजनीतिक गुटको मात्र कुरा नगरि देशको गौरवमय इतिहास वचाउन सवै लाग्नुपर्नेमा जोड दिँदै वहाँले सिन्धुली गढी ऐतिहासिक धरोहरलाई संरक्षण गर्न सरकारले चासो नदिएको आरोप समेत लगाउनुभयो । नेपालका साँस्कृतिक तथा पर्यटकिय स्थलको संरक्षण तथा संवद्र्धन गर्नु सरकारको दायित्व भएपनि सरकारले चासो नदिएको उल्लेख गर्दै वहाँले भन्नुभयो ुयस्ता कार्यक्रमहरु सरकारको आयोजनामा हुनपथ्र्याे तर पत्रकार महासंघको आयोजनामा भएर अझ प्रभावकारी भयो ।

ज्याक्सनको मृत्युमा डाक्टर दोषी

कार्तिक २२,  पप सम्राट माइकल ज्याक्सनको मृत्युमा उनका नीजि चिकित्सक डाक्टर कोनराड मरे दोषी ठहर भएका छन् । अमेरिकाको लस एन्जल्सको एक अदालतमा भएको अन्तिम सुनुवाइमा मरेले अन्जानमै ज्याक्सनको हत्या गरेको ठहर भएको हो हो । औषधिको अत्यधिक सेवनका कारण ज्याक्सनको सन् २००९ को जून २५ मा ज्यान गएको थियो । डाक्र मरेले ज्याक्सनलाई धेरै प्रोपोफोल औषधि खुबाएको दाबी गरिएको छ । तर मरेका वकिलले भने ज्याक्सनले डाक्टर नभएको बेला आफै औषधि खाएको जिकिर गरेका छन् । १२ जना न्यायिधसको इजलामा भएको अन्तिम सुनुवाइपछि फैसला सुनाइँदा ज्याक्सन चुपचाप बसिरहेका देखिन्थे । अदालत बाहिर ठूलो संख्यामा ज्याक्सनका र्समर्थकहरुले नाराबाजी गरिरहेका थिए । डाक्टरलाई अदालतले दोषी ठहर गरेपनि उनीहरुले खुसी मनाए ।

सिन्धुली दुर्घटनाको पाठ

कार्तिक १ , माथि बायाँ छेउमा तपाईँले देख्नुभएको दृश्य त्यही बिहीबारको अति पीडादायी दुर्घटनाको हो। त्यो माथिको टुप्पोबाट उलटपुलट हुँदै झण्डै सात सय मिटर तल सुनकोशी नदीको तिरमा बस बजारिएको थियो। त्यतिमाथिबाट खसेकोले बसको पाङ्ग्राबाहेक कुनै पनि भाग सग्लो थिएन। क्षतविक्षत भएको थियो बस। भित्र रहेका ४१ जनाको ज्यान गयो। छतमा बस्ने ११ जनाले हाम्फालेर ज्यान जोगाएछन्।  अनि दायाँ छेउको फोटो तपाईँले याद गरेको हुनुपर्छ,  चार महिनाअघि मात्रै माइसंसारले यही फोटो राखेर एउटा ब्लग  लेखेको थियो। फोटोमा देखिएका सेतो पहिरनमा रहेका व्यक्ति त्यतिबेलाका सिन्धुलीका सीडीओ हुन्। सीडीओ जितेन्द्र भण्डारी। बीपी (बनेपा–सिन्धुली–बर्दिबास) राजमार्गमा त्यतिबेला सडक दुर्घटनामा २० जनाभन्दा बढीको ज्यान जाने गरी पटक पटक दुर्घटना भएका थिए। त्यसैले दुर्घटना कम गराउन र शान्ति सुरक्षा कायम गर्न शान्तिस्वस्ती, हवन र लघु रुद्री सञ्चालन गरी दिनभर हवन गरेर बसेका थिए उनी। 

वस दुर्घटनावाट मर्नेमध्ये ३४ को सनाखत

असोज २७,  "शोकमा छ सिन्धुली" सिन्धुलीवाट शुक्रवार काठमाडौं गैरहेको विपीयातायातको ना.३ ख ९४१२ नम्वरको यात्रुवहाक वस  पुरानोझागाझोली गाँउ विकास समिती-४ गैरिपुच्छारमा दुर्घटनामा परि ४१ जनाको मृत्यु भएको छ । प्रहरीले हिजो वेलुका सम्म मृत्यु हुनेको सङख्या ४२ भने पनि ४१ मात्रै रहेको जनाएको छ ।

सिन्धुलीमा भएको बस दुर्घटनामा ४२ को ज्यान गयो (तस्विरसहित)

असोज २६ ,  सिन्धुलीबाट काठमाण्डौं जादैँ गरेको यात्रुवाहक बस विहिवार सिन्धुलीको पुरानो झाँगाझोलीको वडा नम्वर ६ स्थित रिठ्ठे भिरवाट खस्दा ४२ जनाको मृत्यु भएको प्रहरीले पुष्ठी गरेको छ । घटनास्थलमा ४० जना र थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा वस चालक प्रेम आले मगर  पुरानो झागाझोलीका विर वहादुर तामाङ भिमेश्वर ७ का युवराज श्रेष्ठ कमलामाई नगरपालिका ५ का ईश्वर पोख्रेल सिजंव कार्की त्यस्तै ५७ बर्षीय समरवहादुर जोशी र ३५ बर्षीय नमिता जोशीको पनि सनाखत भएको छ । यस्तै नाम खुल्न नसकेका एकै परिवारका आमाछोराको पनि शव भेटिएको छ । 

इन्टरनेटबाटै दसैं

असोज २०, सप्तमी सुरु भइसक्दा पनि झरी रोकिएको छैन । यस्तै हो भने यसपालिको दसैंले 'हिलाम्मे' विशेषण पाउने पक्का भो । उसै त कच्ची यहाँका सडकहरू, बढ्दो झरीले न गुडिसक्नु छ न त हिँडिसक्नु नै । तर आफन्तकहाँ (वा घर) जानैपर्‍यो । ज्यानै जोखिममा राखेर यात्रा गर्ने कि विकल्प खोज्ने ? पक्कै विकल्पतिरै लाग्नु उचित, आखिर बाँचे न दसैं । 'त्यही सोचेर,' मूल घर खोटाङ भएका तर कामका सिलसिलामा हाल मैतीदेवी बस्दै आएका २८ वर्षीय सविनय कार्कीले भने, 'यसपालिको दसैं पनि अनलाइनमै मनाइन्छ ।'

आज विजया दशमी

काठमाडौ, असोज १९ नेपालीहरूको महान् चाड वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ । विजया दशमीका दिन आज बिहान ९:४५ बजे देवी विसर्जन र विहान १०:३५ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराईले बताए । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।