एउटा पुस्तकको समान्य मुल्य कति पर्ला ? या भनौं अहिले सम्ममा तपाईले किन्नु भएको सबैभन्दा महंगो पुस्तकको मुल्य कति छ ? र तपाईले सुन्नु भएको अहिले सम्मको महंगो मुल्य भएको पुस्तकको मुल्य कति छ ? यि सबै प्रश्न सोधिरहंदा पक्कै पनि तपाईले धेरै अडकल बाजि काट्नु भयो होला ? तर धेरै नसोच्नुस् अमेरिकामा एउटै पुस्तकको मुल्य साँडे दुई अर्ब राखिएको छ । अर्थात ३ करोड डलर राखिएको छ । तर यो पुस्तक सुन वा त्यस्तो कुनै महंगो धातुको नभइ अमेरिकामा छापिएको पहिलो पुस्तकको हो । तर पुस्तक विक्रि भने भइसकेको छैन । तपाईले पनि किन्न सक्नुहुन्छ । किनभने यो पुस्तक लिलामिमा राखिएको छ । दि बे साम बुक नामको यो पुस्तक सन् १६४० मा म्यासाच्युसेटमा प्रकाशित भएको बताइएको छ । लिलाम हुन लागेको यो अनूदित पुस्तकको जम्मा ११ मध्ये एउटा पाटो भएको बताइन्छ । सन् १९४७ मा यो पुस्तक १ ला ५१ हजार डलरको कीर्तिमानी राख्दै विक्रि भएको थियो ।
News of Sindhuli को लागी हजुर संग कुनै पनि सल्लाह सुझाब प्रतिक्रिया तथा लेख भएमा हामीलाई newsofsindhuli@gmail.com (+977-9844041874) मा पठाउन सक्नु हुनेछ ।