Skip to main content

Posts

Showing posts with the label शिक्षा

सिन्धुलीका ९ विद्यालयलाई नमुना वनाईने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ ।  जिल्ला शिक्षा कार्यालय सिन्धुलीले सदरमुकाममा रहेका नौ विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने तयारी गरेको जिल्ला शिक्षा कार्यालयले खुलासा गरेको छ । जिल्ला विकास समिति सिन्धुलीले आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले सो जानकारी गराउनुभएको हो । सदरमुकाममा रहेका कमला, गौमती, करकरे, गडौली, भिमान, पानीट्याङ्की, बरुणदेवी खट्टार र सिलामे माध्यमिक विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालयको रुपमा विकास गर्न लागेको जिल्ला शिक्षा अधिकारी लुईटेलले वताउनुभयो  । सामुदायिक विद्यालयको पढाईमा गुणस्तर खस्कन थाले पछि जिल्ला शिक्षा कार्यालयले सदरमुकाममा रहेका मावि विद्यालयलाई नमुनाको रुपमा विकास गर्न थालेको हो । नमुना विद्यालय हुनको लागी शैशिक उपलब्धि , विद्यालयको बाहिरी वतावरण, विद्यालयको हाता भित्र विद्यालयको नक्सा, शिक्षक आचारसंहिता, शिक्षकको हातमा डायरी, शिक्षक विद्यालयमा उपस्थित हाजिरी आवश्यक पर्ने पनी अधिकारी लुईटेलले वताउनुभयो । नमुना वनाउ थालेका ती विद्यालयमा जिल्ला शिक्षा कार्यालयको विषय ...

विज्ञान विषयमा ७२.३१ प्रतिशत उत्तीर्ण

श्रावण ७, उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा नतिजा आज आइतबार प्रकाशित गरेको हो । उत्त परीक्षाफलमा ७२‌...३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विज्ञानतर्फको परीक्षामा सामेल भएका ३० हजार दुई सय परीक्षार्थी मध्ये २१ हजार ८ सय ३८ उत्तीर्ण भएका हुन् । त्यसैगरी अंशिकतर्फ ४६‌.७९ प्रतिशत उत्तीर्ण भएका छन् । अंशिकतर्फ ५ हजार ५७४ परीक्षार्थी मध्ये २ हजार ६ सय ८ उत्तीर्ण भएको परिषद्का सदस्य सचिव भीमलाल गुरुङले जानकारी दिए । तपाइको नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस Check Out Result.

छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको : शिक्ष राज्य मन्त्री भण्डारी

चैत्र १८, सिन्धुली  शिक्षा राज्यमन्त्री लिला भण्डारीले आफ्ना छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको बताउनुभएको छ । परम्परागत शिक्षा प्रणालीले देशलाई धान्न नसक्ने बताउदै भण्डारीले अवको शिक्षा वेरोजगारी हैन रोजगारीमूलक हुनुपर्ने बताउनुभयो । सिन्धुली ढुग्रेबासमा रहेको कमला उच्च मावि तथा साइन्स क्याम्पसको हीरक महोत्सव समापन समारोह तथा ६१ औँ वार्षिक समारोह र अभिभावक दिवसको अवसरमा सिन्धुली आउनुभएका उहाँले गुणस्तरीय शिक्षा बनाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै लाग्नुपर्ने र राज्यले पनि गुणस्तरीय शिक्षा ल्याउनको लागि शिक्षक ऐन २०२८ संशोधन गरिरहेको धारणा राख्नुभयो । पछिल्लो समयमा सामुदायीक विद्यालका स्थायि शिक्षकहरुले खेतला राखेर आफु ठेकेदार बनेर जनताको पसिनाको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।  पछिल्लो समयमा धेरै स्कूलहरु खुलीरहेका अवस्थामा आजको आवश्यकता विद्यालय खेल्ने हैन खोलेका विद्यालयलाई व्यवस्थापन गर्ने तर्फ लाग्नुपनेै टिप्पणी गर्नुभयो । मन्त्री भण्डारीले  संविधान लेखन प्रक्रिया अगाडि बढेको छैन भन्ने कुरा गलत भएको बताउदै उहाँले जेठ १४ मा संविधान बन्ने ...

आजबाट शैक्षिक आमहड्ताल

फागुन २८, सिन्धुली शिक्षकहरुले आफ्नो माग वेवास्ता गरेको भन्दै आमहड्ताल गरेकै दिन सिन्धुलीको एक कार्यक्रममा शिक्षामन्त्रि दीनानाथ शर्माले सरकारलाई असफल बनाउनका लागी शिक्षकहरुले आन्दोल जारी राखे परिणाम नराम्रो हुने चेतावनी दिएका छन् । आफ्नो अधिकारका लागी शिक्षकहरुले विद्यार्थीहरुको भविष्य माथि भकुण्डो खेलेको हारोप शिक्षामन्त्रि शर्माले लगाए । शिक्षकहरु प्रति निकै आक्रमक बनेका मन्त्रि शर्माले शिक्षकहरुले आन्दोलनका कारण एसएलसी दिने तयारीमा रहेका साँढे पाँचलाख भन्दा बढि विद्यार्थीलाई एक वर्ष पर धकल्ने काम भएमा भएका सुविधा पनि कटौती हुँदै जाने उदे्घोष गरे ।

उ.मा.वि. फोस्रेटारमा तालाबन्दी

फागुन २६, सिन्धुली सिन्धुलीको जनज्योति उच्च माध्यामिक विद्यालयका जेटिएमा अध्यनरत विद्यार्थीहरुले आज विद्यालयमा ताला लगाएका छन् । विद्यालयले शैक्षिक भ्रमण जानको लागि ६० हजार दिने निर्णय गरेपनि ३० हजार मात्रै दिएपछि विद्यालय बन्द गरेका हुन् । मागको सुनुवाई नभए विद्यालयको सम्पूर्ण पठनपाठन ढप्प पार्ने विद्यार्थीहरुले बताएका छन् ।

सिन्धुलीका एक्काइस परीक्षा केन्द्र नमुना हुने

२४ फागुन, सिन्धुली  गत वर्षको एसएलसी परीक्षामा गौमती नमुना उच्च मावि परीक्षा केन्द्रलाई मात्र नमुना बनाएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले यो वर्ष जिल्लामा परीक्षा हुने एक्काईस परीक्षा केन्द्रलाई नमुना बनाउने जनाएको छ । चैत्र ७ गते देखी संचालन हुने एसएलसी परीक्षा ०६८ को लागी एक्काइस केन्द्रबाट एसएलसी परीक्षा संचालन गरिने निर्णय एसएलसी परीक्षा समन्वय समितीले निर्णय गरेको छ । समितिले यस वर्ष सबै परीक्षा केन्द्र बनाउने समेत निर्णय गरेको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले बताए । गत वर्ष सदरमुकाममा रहेको गौमति मावि परिक्षा केन्द्रलाई मात्रै नमुना परीक्षा केन्द्रको रुपमा एलएलसी परीक्षा संचालन गरिएको थियो । नमुना परिक्षा केन्द्रमा परीक्षा संचालन गर्ने केन्द्राध्यक्ष अध्यक्ष देखी सुरक्षाकर्मीसम्म सवै महिलाले गौमति परिक्षा केन्द्रमा परीक्षा संचालन गरेका थिए ।

बिद्यालयको वार्षिक तथा अभिभावक दिवस

फागुन १७, सिन्धुली   सिन्धुलीको महादेवस्थान गाविस वडा नम्वर २ मा रहेको  श्री जनसहभागीता निमावि  चौकिटार पिउरी दोभानले ओफ्नो विद्यालयको २६ वार्षिक कार्यक्रम तथा अभिभावक दिवस हिजो संम्पन्न गरेको छ । कार्यक्रममा  खेलकुद तथा वार्षिक परीक्षामा उतकृष्ठ विद्याथीहरुलाई  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध नाथ गोले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नभएको थियो । त्यस्तेै कार्यक्रममा विद्यालयका प्रधानध्यापक केसव थापाले विद्यालयको १ बर्षको १२ खालको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने  आगमिा वर्षको  आयव्यय प्रस्ताव समेत पे्रश गर्नुभएको थियो । 

तीन महिने कोर्सलाई +२ सरह मान्यता

पुस ११,  उच्च माध्यमिक शिक्षा परिषद्ले भारतमा सञ्चालित तीन महिने कोर्सलाई प्लस टुसरह मान्यता दिने विवादास्पद निर्णय गरेको छ । परिषद्ले नयाँदिल्लीस्थित 'राष्ट्रिय मुक्त विद्यालयीय शिक्षा संस्थान' (एनआईओसी) सँगको समकक्षता गत साउन २० गते स्थगन गरेकामा भारतीय दूतावास र शिक्षा मन्त्रालयका केहीको दबाबमा फुकुवा गरेको हो । फुकुवापछि एनआईओसीबाट ३ महिना, ६ महिना वा एक वर्ष मात्र पढेकाहरूले पनि परिषद्बाट १२ कक्षा उत्तीर्ण गरेसरह मान्यता पाउने भएका छन् । स्रोतका अनुसार समकक्षता फुकुवा गर्न भारतीय दूतावासले दबाब दिएको थियो । दूतावासले परराष्ट्रमार्फत शिक्षा मन्त्रालयलाई पत्र पठाउँदै भनेको थियो, '२०६१ देखि पाउँदै आएको समकक्षता स्थगनले उक्त संस्थामा अध्ययनरत हजारौं विद्यार्थीलाई मर्का पर्ने भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।' 

सिन्धुलीको लदाभिरमा कृषक पाठशाला

मंसिर ८, ध्रुवचन्द्र खड्का, सिन्धुली सिन्धुली, मंसिर ७ गते । सन्धुलीको लदाभिर गाविसका कृषकहरु व्यवसायिक पशुपालनका लागि कृषक पाठशालामा लागेका छन् । विपन्न कृषकहरुको आयस्तर बृद्धिगरी उनीहरुलाई आत्मनिर्भर बनाउन प्रयास नेपाल सिन्धुलीको सक्रियतामा उक्त पाठशाला सञ्चालन गरिएको हो । ९ महिनासम्म चल्ने उक्त पाठशालामा कृषकहरुलाई सुधारात्मक रुपमा पशुपालन गर्न विभिन्न सिप सिकाईने आयोजक संस्थाले जनाएको छ । आयोजकका अनुसार हाल पाठशालामा ३० जना कृषक सहभागि रहेका छन् । यो पाठशाला सकिएपछि सहभागि कृषकहरुले अरुलाई आफूले सिकेको ज्ञान बाँड्ने र यसबाट पशुपालक कृषकहरु लाभान्वित वताइएको छ । लदाभिर गाविसलाई नमूना गाविस बनाउने योजना प्रयास नेपालको रहेको सँस्थाकी अध्यक्ष गंगा दाहालको भनाइ छ ।

संस्कृति सिक्न नेपालमा

मंसिर ५ ,  थाई बालक एघार वर्षीय मेथासित फामी (मेधासिद्धि गौतम) मजाले थाई भाषा बोल्छन् । थाइल्यान्डको मुख्य पर्यटकीय थलो फुकेटका यी बालक आफूसँग थाई-अंग्रेजी शब्दकोश राख्छन् । तर उनी थाइल्यान्ड छाडेर नेपाली/अंग्रेजी भाषा र संस्कृतिको अध्ययन गर्न नेपाल आएका हुन् । 'त्यहाँको विद्यालयमा नेपाली भाषा पढाइ हुन्न, थोरै अंग्रेजी पढाउँछन्,' बालकुमारीस्थित हिन्दु विद्यापीठमा कक्षा-४ मा अध्ययनरत उनले भने, 'बुबाले नेपाली र अंग्रेजी पढ्न र धर्म-संस्कृति बुझ्न नेपाल पठाएका हुन् ।' कक्षा-१ मा अध्ययनरत ९ वर्षीय भाइ फानुवित फामी (भानुसिद्धि गौतम) सँग उनी उक्त विद्यालयको छात्रावासमा बस्छन् ।

विश्व विद्यालयद्वारा लाम्पान्टार क्याम्पसलाई ४३ लाख ५५ हजार अनुदान

२० भदौ, सिन्धुलीको लाम्पान्टार बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट  ४३ लाख ५५ हजार अनुदान पाएको छ । विश्व बैंकले उच्च शिक्षालाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत आज डी स्प्रिम अन्तर्गतको रकम प्राप्त गरेको हो । यसअघि पनि सिन्धुलीका विभिन्न १२ क्याम्पसहरुले ४० लाख बराबरको अनुदान पाएका थियो । अनुदान पाउने अरु क्याम्पसहरुले पनि भौतिक पूर्वाधारको विकासको लागि १० देखि २० लाखसम्मको सहयोग पाउने सम्भावना नेपाल पब्लिक क्याम्पसका केन्द्रिय सदस्य प्रदीप कटुवालले जानकारी दिनुभयो । स्रोत: सिन्धुली दर्पण