Skip to main content

Posts

Showing posts with the label कला संस्कृति

आज आमाको मुख हेर्ने दिन

वैशाख ९, सिन्धुली आज वैशाख कृष्णपक्ष औँसी जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरूले आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरेका छन् । आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा मीठामीठा परिकार बनाएर आमालाई खुवाउने चलन छ ।  विहानै देखि छोराछोरीहरुले आफ्नो आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा नयाँ नयाँ लुगा उपहार दिएर आर्शिवाद लिने कार्य गर्दछन । आजको दिन आमाको सम्झनामा स्थानिय ठाउँ ठाउँमा रहेका तिर्थस्थलमा गएर त्यहाँ रहेका देवीदेवताको मठ मन्दीरमा पुजा आजा गरि आमाको सम्झना गरिरहेका छन ।

आजदेखि नयाँ वर्ष वि. सं २०६९ साल

आज वि सं २०६९ साल बैशाख महिनाको पहिलो दिन,  आजदेखि सुरुवात भएको छ ।  देश विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गर्दै  शान्तिलगायतका शुभकामना आदान प्रदान गरेर ईच्छा पुराहोस भन्दै नयाँ साल मनाईदैछ ।  नयाँ बर्षको सुरुवातको दिन रमाईलो गरे बर्ष भरि नै रमाईलो गर्न पाउने विश्वासका साथ आज देश विदेशमा रहनु भएका सबै नेपालीहरु रमाइलोका साथ शुभकामना आदान प्रदान गरेर मनैदैछ  ।   

आज तराईका जिल्लाहरुमा होली मनाइदै

फागुन २४  रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरुमा मनाइदैछ । एकआपसमा रङ्ग र अबीर  लगाएर तराईका जिल्लामा बसोबास गर्ने नागरिकले आज होली पर्व मनाइरहेका छन् । मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउन साथीसङ्गी, आफन्तजनसँग मुख्यगरी रङ्ग तथा अविर लगाउने प्रचलन छ । दैत्यराज हिरण्यकशिपुले विष्णुभक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भसम भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर दलेर खुसीयाली मनाई होली खेल्ने परम्पराको थालनी भएको मानिन्छ ।

माझीहरुले गरे कोशी पूजा

फागुन १७, सिन्धुली  माझी समुदमयले हिजो आफ्नो परम्परागत कोशी पूजा मनाएका छन् । सिन्धुली लगायत देशभरमा छरिएर रहेका माझीहरुले हिजो विभिन्न खोला किनारहरुमा कोशी पूजा गरेका हुन् । सिन्धुलीको मरिण खोला, कमला नदी, सुनकोशी, तामाकोशी लगायतका नदीहरुमा पनि उनीहरुले पूजा गरेका छन् । नदी किनारामा गरिने कोशी पूजामा बोका, हाँस, कुखुरा, राँगा लगायतको बली समेत दिने चलन रहेको छ । यसै क्रममा सिन्धुलीको मरिण खोला किनारमा विभिन्न गाउँका माझी समुदायका

प्रशान्त र खगेन्द्रले तताए सिन्धुली

माघ २९, सिन्धुली  सिन्धुलीमा माघ २० गते देखि भइरहेको ल्होछार सांस्कृतिक महोत्सवको अन्तिम दिन आइतबार प्रशान्त र खगेन्द्रले सिन्धुली तताए । महोत्सवको अन्तिम दिन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रशान्तको गीत र खगेन्द्रको नृत्यका लागी विहानदेखि कुरेर बसेका सिन्धुलीवासीले दुवैको आगमनलाई उतिकै वाह...वाहले स्वागत गरेका थिए । तामाङहरुको सांस्कृतिक पर्व २८४८ औँ सोनम ल्होछारको अवसरमा आयोजित ल्होछार बहुसांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रमको समापन पछि मञ्चमा देखिएका विश्वकै सबै भन्दा होचो व्यक्तिको नाम गिनिज बुकमा रेकर्ड कायम गरेका खगेन्द्र थापामगरले पञ्चेबाजाका धुनमा खुकुरी साथमा लिएर नाचेका थिए । खगेन्द्रको त्यो नृत्य भइरहदा दर्शकहरुको भिड थाम्न प्रहरी तथा आयोजकलाई हम्मे पारेका थिए । ल्होछार सांस्कृतिक महोत्सवको अन्तिम दिन सिन्धुलीमा आएका इन्डियल आइडल प्रशान्त तामाङका गीतहरुले सिन्धुली महोत्सवमा निकै रौनकता थप्यो । महोत्सवमा आएका प्रशान्तले गाएका हरेक गीतहरुमा उनका फ्यानहरुको वाहवाहलाई प्रहरीले नियन्त्रणमा लिन सकेनन् । प्रशान्तलाई हेर्नका लागी बालक देखि बृद्धा सम्म गेट...

ऐतिहासिक ल्होसार संस्कृतिक महोत्सब २०६८ हिजोबाट सुरु भयो

माघ २१, सिन्धुली ऐतिहासिक ल्होसार संस्कृतिक महोत्सब २०६८ हिजोबाट सिन्धुलीमाढीमा सुरु भयो । पर्यटनमन्त्रि लोकेन्द्र बहादुर बिष्ट मगरज्युले उद्घाटन गर्नु भयो । महोत्सबमा १०० वटा स्टल राखिएको आयोजकले बताएका छन् । २८४८  डुक ल्होछारको अवसर पारेर आयोजना गरिएको महोत्सब यहि माघ २० गतेका दिन देखि २६ गतेसम्म संचालन हुनेछ । बहुसाँस्कृतिक पहिचाहन, नेपालको स्वाभिमान समान र सम्मानका लागि जागरण अभियान भन्ने मुल नाराका साथ संचालन गर्न लागिएको महोत्सबमा ५  लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको बिश्वास रहेको छन् ।  महोत्सब आदिबासि जनजातिहरुको खानपिन ,साँस्कृतिक झाकि , डम्फुरे बोन्बो र लामा नाच लगायत अन्य सांस्कृति कार्यक्रम गरिने महोत्सब मुल समारोह समितिका संयोजक काजिमान थिङ्गले जानकारी दिनुभयो ।

आज तामाङ समुदायको सोनाम ल्होछार

माघ १०, सिन्धुली    आज तामाङ समुदायको सोनाम ल्होछार आफ्नो घर घरमा मनाउदै छन् । आजदेखि बिरालो बर्षको अन्त्य तथा गरुड वर्षको शुभारम्भ भएको विश्वासमा तामाङ समुदायले ल्होछार मनाउन गर्दछन ।  तामाङ भाषामा  ल्होको अर्थ नयाँ र छारको अर्थ वर्ष भन्ने लाग्दछ । ल्होछारको अवसरमा आज तामाङ समुदायमा साथीभाई इष्टमित्र तथा आफन्त भेला भइ मिठामिठा परिकार खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्दछन । सरकारले ल्होछारका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ । यसै ल्होछारको अबसरमा सिन्धुली जिल्लामा तामाङ समुदायको नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजनामा ऐतिहासिक ल्होछार सांस्कृतिक महोत्सव २०६८ हुन गैरहेको छ।   

तामाङ जातिहरुको सोनाम ल्होछार पर्व आजदेखि मनाउन शुरु

काठमाडौ, माघ ९ तामाङ जातिहरुको  सोनाम ल्होछार पर्व आज देखि तीन दिन सम्म मनाइँदैछ । डुक ल्होछार २८४५ औ मुल आयोजक समितिका अनुसार आजदेखियहि माघ ११ गते सम्म विभिन्न कार्यक्रम गरिनेछ । तामाङ एकता पर्बको रुपमा मनाऔ, पूर्णअधिकार सहितको अखण्डित ताम्सालिङ स्थापना गरौं भन्ने नाराको साथ मनाइने ल्होछारपर्वको पहिलो दिन आज मोटरसाइकल ¥यालीसहित पर्चा पम्प्लेट छर्दै चक्रपथ परिक्रमा गर्ने,तामाङ कलाकार र सञ्चारकर्मीबिच मैत्रीपुर्ण फुटवल आयोजना गरिने समितिले जनाएको छ। यस्तै टुँडिखेलमा दीपावली, लामाद्धारा पूजापाठ, राष्टिय स्तरका कलाकारहरु

आज मुलुकभर माघे संक्रान्ति पर्व मनाइँदै

माघ १ आज परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सुर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गरेका थिए । आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

सिन्धुलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने

पुष १७ 'बहुसाँस्कृतिक पहिचान नेपालको स्वाभिमान, समान र सम्मानका लागि जागरण अभियान' भन्ने नाराका साथ नेपाल तामाङ घेदुङ सिन्धुलीले 'ल्होछार साँस्कृतिक महोत्सव- २०६८' को आयोजना गर्ने भएको छ । आज सिन्धुलीमाढीमा सम्पन्न घेदुङको आठौं पूर्ण बैठकले आउँदै गरेको तामाङ समुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछार अन्तर्गत २८४८ औं 'डुक' ल्होछारको अवसर पारेर आउँदो माघ २० देखि २६ गतेसम्म सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौरमा ७ दिने ल्होछार साँस्कृतिक महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सवको तयारीका लागि घेदुङका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष काजीमान थिङ तामाङको संयोजकत्वमा ८१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको बैठकपछि आजै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

ल्होछारको अवसरमा व्यापार प्रबर्धन मेला हुने

पुष १५ सिन्धुली जिल्लाको पश्चिममा अवस्थित महेन्द्रझ्याँडी गाविस-४, हाक्पारामा आउँदो माघ १४ देखि १८ गतेसम्म पाँच दिने स्थानीय व्यापार प्रवर्धन मेला हुने  भएको छ । स्थानीयबासीको पहलमा बि.सं. २०६१ साल वैशाखदेखि प्रत्येक शनिबार उक्त ठाउँमा लाग्दै आएको हाट बजारलाई विकास तथा व्यबस्थापन गर्ने मूख्य उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । मेलालाई सफल बनाउन स्थानीय जनकल्याण सामुदायिक संस्थाका अध्यक्ष तथा डेन्साङ प्राथामिक विध्यालयका प्रधानाध्यापक निर बहादुर मोक्तानको संयोजकत्वमा बन्दिपुर, बिकास, ज्योती र जनकल्याण सामुदायिक संस्थाका सबै सदस्यहरु रहेको १ सय ५१ सदस्यीय मेला मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी गाविस तथा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मेला सल्लाहकार समिति तथा विभिन्न उपसमितिहरु बनाई कार्य अगाडि बढाईएको मेला मूल आयोजक समितिका संयोजक मोक्तानले जानकारी दिनुभएको छ ।

धिमें, समयबजी र नेवाः सुन्दरी

पुष १४ व्यस्त ठमेल चोकैको मेट्रो काठमान्डु रेस्टुरेस्ट उक्लिँदै गर्दा जिन्स पाइन्ट र कालो पृष्ठभूमिमा रातो धर्के टिसर्ट लाएका एक हुल नेवार सुन्दरीले एकसाथ लयात्मक स्वर निकाले- 'ज्वज्वलपा ।' काठको सिँडीदार भर्‍याङ उक्लेर रेस्टुरेन्ट भित्री हल पुग्दा केही सुन्दरीहरू पि्र-जजका लागि भिडिरहेका देखिए । मिस नेवाः-२०११ को अन्तिम प्रतिस्पर्धामा उत्रिरहेका उनीहरूलाई आफ्नो मौलिक कला, संस्कृति र खानपानबारे प्रश्न गर्दै थिए- गायक निर्णय श्रेष्ठ, भाइराजा तुलाधर, राजभाइ सुवाल, सर्जुबाबा श्रेष्ठ, आरके मानन्धर, आकाशा बज्राचार्य लगायतका निर्णायक टोली । 'मलाई जे आउँछ त्यही भनिदिएँ,' हलभित्रबाट निस्कन साथ १७ वर्षीया सेविका महर्जनले हतारहतार साथीहरूलाई पि्र-जज राउन्ड फेस गर्दाको अनुभव सुनाइन्, 'किन नर्भस हुनु बेकारमा ?'

ऐतिहासिक सिन्धुलीगढीमा विजय उत्सव फोटो सहित

कात्तिक २४, सिन्धुली, ध्रुवचन्द्र खड्का सिन्धुलीमा विहीवार सिन्धुली गढी विजय उत्सव  मनाइएको छ । विसं १८२४ कार्तिक २४ गते अर्थात अंग्रेजी फौजलाई गार्खाली सपूतहरुले परास्त गरेको दिनलाई सिन्धुली गढी विजय उत्सवका रुपमा मनाईएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पत्रकार महसंघका केन्द्रिय महासचि ओम शर्माले देशको धरोहर तथा  गौरवताको पक्षमा लड्न सवैलाई आग्रह गर्नुभयो ।  राजनीतिक गुटको मात्र कुरा नगरि देशको गौरवमय इतिहास वचाउन सवै लाग्नुपर्नेमा जोड दिँदै वहाँले सिन्धुली गढी ऐतिहासिक धरोहरलाई संरक्षण गर्न सरकारले चासो नदिएको आरोप समेत लगाउनुभयो । नेपालका साँस्कृतिक तथा पर्यटकिय स्थलको संरक्षण तथा संवद्र्धन गर्नु सरकारको दायित्व भएपनि सरकारले चासो नदिएको उल्लेख गर्दै वहाँले भन्नुभयो ुयस्ता कार्यक्रमहरु सरकारको आयोजनामा हुनपथ्र्याे तर पत्रकार महासंघको आयोजनामा भएर अझ प्रभावकारी भयो ।

इन्टरनेटबाटै दसैं

असोज २०, सप्तमी सुरु भइसक्दा पनि झरी रोकिएको छैन । यस्तै हो भने यसपालिको दसैंले 'हिलाम्मे' विशेषण पाउने पक्का भो । उसै त कच्ची यहाँका सडकहरू, बढ्दो झरीले न गुडिसक्नु छ न त हिँडिसक्नु नै । तर आफन्तकहाँ (वा घर) जानैपर्‍यो । ज्यानै जोखिममा राखेर यात्रा गर्ने कि विकल्प खोज्ने ? पक्कै विकल्पतिरै लाग्नु उचित, आखिर बाँचे न दसैं । 'त्यही सोचेर,' मूल घर खोटाङ भएका तर कामका सिलसिलामा हाल मैतीदेवी बस्दै आएका २८ वर्षीय सविनय कार्कीले भने, 'यसपालिको दसैं पनि अनलाइनमै मनाइन्छ ।'

आज विजया दशमी

काठमाडौ, असोज १९ नेपालीहरूको महान् चाड वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ । विजया दशमीका दिन आज बिहान ९:४५ बजे देवी विसर्जन र विहान १०:३५ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराईले बताए । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।

आज महानवमी पर्व मनाइँदै

१८ असोज, काठमाडौँ । बडादसैँको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ ।घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ । महानवमीका अवसरमा बुधबार दसैँघर र कोतलगायत बिभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूलालगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन् । पुराणका अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

आज फूतपाती भित्र्याइँदै

१६ असोज, काठमाडौँ । आज हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको सातौं दिन, आज देशभर परम्पराअनुसार नेपालीहरुका घरघर, शक्तिपीठ र दशैंघरहरुमा फूलपाती भित्रयाइँदैछ । दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल फलफूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । गोरखाबाट ल्याइएको फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन, मगर र नेवार जाति ८ जनाले काठमाण्डौाको जमलसम्म ल्याई पर्सेर हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक भित्र्याउने परम्परा छ ।

आज घटनास्थापना, बडादशैँ नजिकिदै

आश्विन ११, हिन्दु नेपालीहरुको महान चार्ड  बडा दशैँ आज घर घरमा घटस्थापना गरि शुभारम्भ गरिदै ।  घटस्थापना गर्ने शुभ सहित  आज विहान १० बजेर  २७ मिनेटमा रहेको नेपाल पंचांग निर्णयक समितिले जनाएको छ । आज हिन्दु धर्मावलम्वीहरुले आ आफ्नो  पुजा कोठामा विधिपूर्वक दियो कलस र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।