फागुन २६ राजधानीमा आजदेखि पाँचौं राष्ट्रिय कृषि मेला सुरु हुँदै छ । भृकुटीमण्डपमा हुने मेलाको दिउँसो १ बजे प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्नुहुने कार्यक्रम छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीरण गर्ने सीप र ज्ञान दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले मेलाको आयोजना गर्न लागेको हो । विभिन्न स्थानीय खानाका परिकार, अर्गानिक फलपूmल तथा तरकारी, मह, कफि लगायतका वस्तुहरू मेलामा राखिने आयोजकले जनाएको छ । मेलाको झन्डै ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
News of Sindhuli को लागी हजुर संग कुनै पनि सल्लाह सुझाब प्रतिक्रिया तथा लेख भएमा हामीलाई newsofsindhuli@gmail.com (+977-9844041874) मा पठाउन सक्नु हुनेछ ।