स्मार्टफोन सँगै यतिखेर आकारमा केही ठूलो कम्प्युटर यन्त्र धेरैका हातमा बस्न थालेको छ। हाते ग्याजेटका रुपमा धेरै मन पराइएको त्यो यन्त्र हो ट्याब्लेट। कम्प्युटरको सानो रुपमा यसको प्रयोग व्यापक भइसकेको छ। विद्यालय देखी विश्वविद्यालयका कक्षामा सम्म अध्ययनका लागि यसको प्रयोग विश्वभर नै व्यापक हुँदै जान थालेको छ। यसको प्रयोगको व्यापकतासँगै मुल्यमा कमी र गुणस्तर तथा सेवामा वृद्धि हुन थालेको छ। एप्पलको आइप्याडको मुल्यको तुलनामा निक्कै कम भएपनि काममा भने आइप्याड भन्दा कम नभएका सस्ता र लाभदायी डिजिटल प्याडहरुले मनोरञ्जन र शिक्षामा नयाँ अध्यायको थालनी गरेका छन्। छिमेकी मुलुक भारतमा त जम्मा १६ रुपैंयामा नै विद्यालयबाटै ट्याब्लेट बाँढ्न थालिएको छ। लोडसेडिङले डिजिटल उपकरण चलाउन हैरानी वेहोरोकाहरुका लागि लामो समय टिक्ने अनि अध्ययन र मनोरञ्जनको काम पनि हुने भएकाले नेपालीका लागि ट्याब्लेट एउटा सजिलो कम्प्युटि को साधन हो। काठमाडौं वा क्षेत्रिय शहरहरुमा अध्ययनका लागि कोठा लिएर बस्ने विद्यार्थीका लागि ठूलो आकारको कम्प्युटरको विकल्प पनि हो ट्याब्लेट। इन्टरनेटबाट अध्ययन सामग्री डाउनलोड गरेर प...
News of Sindhuli को लागी हजुर संग कुनै पनि सल्लाह सुझाब प्रतिक्रिया तथा लेख भएमा हामीलाई newsofsindhuli@gmail.com (+977-9844041874) मा पठाउन सक्नु हुनेछ ।