Skip to main content

Posts

Showing posts with the label स्थानीय

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

सिन्धुलीका ९ विद्यालयलाई नमुना वनाईने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ ।  जिल्ला शिक्षा कार्यालय सिन्धुलीले सदरमुकाममा रहेका नौ विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने तयारी गरेको जिल्ला शिक्षा कार्यालयले खुलासा गरेको छ । जिल्ला विकास समिति सिन्धुलीले आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले सो जानकारी गराउनुभएको हो । सदरमुकाममा रहेका कमला, गौमती, करकरे, गडौली, भिमान, पानीट्याङ्की, बरुणदेवी खट्टार र सिलामे माध्यमिक विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालयको रुपमा विकास गर्न लागेको जिल्ला शिक्षा अधिकारी लुईटेलले वताउनुभयो  । सामुदायिक विद्यालयको पढाईमा गुणस्तर खस्कन थाले पछि जिल्ला शिक्षा कार्यालयले सदरमुकाममा रहेका मावि विद्यालयलाई नमुनाको रुपमा विकास गर्न थालेको हो । नमुना विद्यालय हुनको लागी शैशिक उपलब्धि , विद्यालयको बाहिरी वतावरण, विद्यालयको हाता भित्र विद्यालयको नक्सा, शिक्षक आचारसंहिता, शिक्षकको हातमा डायरी, शिक्षक विद्यालयमा उपस्थित हाजिरी आवश्यक पर्ने पनी अधिकारी लुईटेलले वताउनुभयो । नमुना वनाउ थालेका ती विद्यालयमा जिल्ला शिक्षा कार्यालयको विषय ...

महिलाहरुको अधिकार सम्वन्धी दुइ दिने तालीम

मंसीर २१ सामाजीक रुपान्तरणको लागी जिविकोपार्जन कार्यक्रम अन्तर्गत जमीन माथि महिलाहरुको अधिकार सम्वन्धी दुइ दिने तालीम हिजोवाट सिन्धुलीमाढीमा सुरुभएको थियो। एक्सनएड ईन्टरनेशनल नेपाल सामुदायिक विकास कार्यक्रम सिन्धुलीको सहकार्यमा भएको तालीममा कपिलाकोट, महादेवस्थान, डाँडीगुरासे, भद्रकाली र जलकन्या गाविसका गरी  ४५ जना महिलाहरुको सहभागीता रहेको थियो । सामुदायिक विकास कार्यक्रम सिन्धुलीले विगत दुई वर्षदेखी सिन्धुली जिल्लाका ५ ओटा गाविसमा कार्यक्रम संचालन गर्दै आईरहेको छ । तालीममा जानेका कुरालाई समुदायका अन्य व्यक्तिहरुलाई जानकारी गराउन सकियो भने तालीम उपलव्धीमुलक हुने साविकाका अध्यक्ष रामधन माझीले वताउनु भयो । मानव अधिकारको आधारभुत कुरा, महिलाको विशेष अधिकार, भुमीमाथी महिलाको अधिकार, शक्ति सम्वन्ध लगाएतका विषयवारे तालीममा  जानकारी गराईने प्रशिक्षक देवी वास्तोलाले जानकारी दिनुभयो  । तालीम आजबाट सम्मपन्न हुने आयोजकले जनाएको छ ।

सिन्धुलीको मोटरवाटो मर्मत सुधार कार्य सम्पन्न

मंसिर २१  सिन्धुलीको दुम्जा गाविसदेखि आँपघारी, सातदोवाटो, नेत्रकाली, चौकीडाँडा, आँपडाँडा, रामपुर हुँदै कपिलाकोट गाविसको मधुवनीसम्म जोड्ने मोटरवाटो मर्मत सुधार कार्य सम्पन्न भएको छ । स्थानियको ४ लाख ५० हजार ३ सय सत्तरी रुपँैया बरावरको जनश्रमदानमा उक्त मोटरवाटो मर्मत कार्य सम्पन्न भएको वाटो मर्मत सुधार समितिका अध्यक्ष वुद्धिमान स्याङ्तानले जानकारी दिनुभयो । आफ्नो गाउँ विकास गर्नका लागि सधँैभरी सरकारी तथा गैरसरकारी संघ सँस्थाको मात्रै मुख ताकेर वस्ने परिपाटिले गर्दा ग्रामिण क्षेत्रका सडकहरु निर्माण तथा मर्मत हुन नसकेको भन्दै स्थानियको पहलमा मोटरवाटो मर्मत गरिएको वताइएको छ । आगामि दिनमा उक्त मोटरवाटोलाई स्थायित्व दिनका लागि अन्य सरकारी निकायवाट पनि आर्थिक सहयोगको अपेक्षा गरिएको समितिका अध्यक्ष स्याङ्तानले वताउनुभयो ।

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

सिन्धुलीमा चटपटे व्यवसाय फस्टाउँदै

मंसिर १२ सिन्धुलीमा चटपटे व्यवसाय फस्टाउँदै गएको छ । सदरमुकाममा मात्रै करिव एक दर्जनको हाराहारीमा चटपटे व्यवसायीहरु छन् भने सदरमुकाम वाहिर पनि प्रत्येक टोलटोल तथा चोकचोकमा यो व्यवसाय गर्नेहरु उत्तिकै छन् । सिन्धुली माडिवजारमा विगत २० वर्षदेखि चटपटे व्यवसाय गर्नेहरु अहिले पनि सोहि व्यवसायमा तल्लिन छन् । माडिवजारको वस काउन्टर नजिकै, शान्तिनगरचोक, रातमाटा, २ नम्वर वजार, माझिटार, ढुंग्रेवास, मिलनचोक, पानीट्यांकी, धुरावजार देखि गाविसका प्रत्येक टोलटोलमा समेत चटपटे व्यवसाय सुरु भएको छ । चटपटे व्यवसायवाट मासिक १० देखि १५ हजारसम्म आम्दानि हुने गरेको केहि चटपटे व्यवासायिहरुको भनाई छ । यहि व्यवासयवाट परिवार पालेर पनि सदरमुकाममा जग्गा किनेको चटपटे व्यवसायी धु्रव शाहले वताउनुभयो । अमिलो पिरो प्राय सवैले मन पराउने हुनाले चटपटेमा सवैको ध्यान जान्छ ।  तर त्यसमा प्रयोग गरिने केहि सामानहरुले स्वास्थ्यमा पनि उत्तिकै असर गर्ने भएकाले त्यस्ता वस्तुहरु प्रयोग गर्न नहुने चिकित्सकहरुको भनाई छ । साथै चटपटे व्यवासायिहरुले सरसफाईमा ध्यान दिनुपर्ने उपभोक्ताहरु वताउँछन् । त्यस्तै सर्लाही ईश...

सिन्धुली मरिण खोलाको पुल अलपत्र

सिन्धुली, मसिंर १२ ।  नेपाल सरकारले वैकल्पीक राजमार्गको रुपमा महत्व दिएर निर्माण भैरहेको हेटौडा–सिन्धुली–गाईघाट–धरान चतरा सडकमा पर्ने सिन्धुलीको डाडीगँुरासे गाविस जोड्ने पक्की पुल निर्माण थालेको तिन वर्ष भैसक्दा पनि अझै निर्माण कार्य सम्पन्न भईसकेको छैन । ठेकेदारको लापरवाहीको कारण पुल निर्माणमा ढिलाई भएको स्थानिय वासिन्दाहरुले गुनासो गरेको छन् । सो पुल जाइका नेपालको ४ करोड सहयोगमा निर्माण थालीएको हो । सिन्धुली सदरमुकामलाई जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने एक मात्र महत्वपुर्ण पुल हो । सो पुल निर्माण पछि वर्षादमा पनि डाडीगुराँसे,हादेवस्थान तथा कपिलाकोट गाँउ विकास समिती सम्म करिव २० किलोमिटर सहजै यातायातका सधानको पहुँच पुग्ने छ ।  डाडीगाविसको मरिण खोलामा २०६७ मंसिर देखी सगरमाथा–रौताहा–घिमिरे जेभी कन्स्ट्रक्शनले काम गर्न थालेको हो । ०६९ साल जेठ मसान्त सम्म नेपाल सरकारलाई वुझाई सक्नु पर्ने पुलको काम चालिस प्रतिशत पनि भएको छैन । सो पुलको ६ वटा पिलर मध्ये तिन वर्षमा ठेकेदारले ४ वटा मात्रै पिलर वनाएको छ भने दुई वटा पिलर वनाउ वाँकीनै । पुलको साइडप्रोटेक्शनको सवै काम वाँकी छ ।...

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा ३ सहिदको सालीक निर्माण गरिने

वैशाख ५, सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ११ मा पञ्चायत शासनकालमा मारिएका ३ सहिदको सालिक सहितको सहिद पार्क निर्माण गर्न लागिएको छ । प्रधानमन्त्री कोषबाट सहिद पार्कका लागि १० लाख रुपैंया बजेट विनियोजन भए पनि सो पार्क निर्माण गर्न लागिएको हो । पार्कको नाम आजाद, दुर्गा र रजन सहिद पार्क नामाकरण गरिएको छ । पार्क निर्माणका भएको भेलाले सोमबार एक निर्माण उपभोक्ता समितिको गठन गरेको छ । इन्द्रप्रसाद ढुंगेल, सचिव सुमन पौडेल, कोषाध्यक्ष मञ्जु देवकोटा रहेका छन् भने सदस्यहरुमा देवराज पौडेल, घनेन्द्रबहादुर कार्की, पूर्णबहादुर खत्री, कमला वि.क, रघुपति प्रधान र यादव प्रसाद सुवेदी  रहनु भएको छ । सालीक निर्माणको लागी नारायण प्रसाद घिमिरेको संयोजकत्वमा अनुगमन समितिको गठन  गरिएको छ । समितिको सदस्यमा ऋषिराज अधिकारी, रमेश देवकोटा, सुरेश कुमार पौडेल र तिलकुमारी माझी छन् । सहिदहरु दलबहादुर रजन, ऋषि देवकोटा र दुर्गा सुवेदीको सालिक सहित बन्न लागेको पार्कमा गार्डेन, प्रतिक्षालय लगाएत निर्माण गरिने र त्यसलाई पर्खालले घेरिने अनुगमन समितिका सदस्य ऋषिराज अधिकारीले बताउनुभयो ।

छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको : शिक्ष राज्य मन्त्री भण्डारी

चैत्र १८, सिन्धुली  शिक्षा राज्यमन्त्री लिला भण्डारीले आफ्ना छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको बताउनुभएको छ । परम्परागत शिक्षा प्रणालीले देशलाई धान्न नसक्ने बताउदै भण्डारीले अवको शिक्षा वेरोजगारी हैन रोजगारीमूलक हुनुपर्ने बताउनुभयो । सिन्धुली ढुग्रेबासमा रहेको कमला उच्च मावि तथा साइन्स क्याम्पसको हीरक महोत्सव समापन समारोह तथा ६१ औँ वार्षिक समारोह र अभिभावक दिवसको अवसरमा सिन्धुली आउनुभएका उहाँले गुणस्तरीय शिक्षा बनाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै लाग्नुपर्ने र राज्यले पनि गुणस्तरीय शिक्षा ल्याउनको लागि शिक्षक ऐन २०२८ संशोधन गरिरहेको धारणा राख्नुभयो । पछिल्लो समयमा सामुदायीक विद्यालका स्थायि शिक्षकहरुले खेतला राखेर आफु ठेकेदार बनेर जनताको पसिनाको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।  पछिल्लो समयमा धेरै स्कूलहरु खुलीरहेका अवस्थामा आजको आवश्यकता विद्यालय खेल्ने हैन खोलेका विद्यालयलाई व्यवस्थापन गर्ने तर्फ लाग्नुपनेै टिप्पणी गर्नुभयो । मन्त्री भण्डारीले  संविधान लेखन प्रक्रिया अगाडि बढेको छैन भन्ने कुरा गलत भएको बताउदै उहाँले जेठ १४ मा संविधान बन्ने ...

सम्झौता सार्वजनिक गर्न माग

चैत्र , १७ , सिन्धुली  उदयपुर ÷उदयपुर र सिन्धुलीका खानी पिडित हरुले चुनढुंङ्गा उत्तखनन् गर्दा  सरकार संग भएको सम्झौता तक्ताल स्थानीय संयन्त्रमा सार्वजनिक गर्न माग गरेका छन् । शुक्रवार कटारीमा पत्रकार सम्मलेन गर्दै पिडित हरुले सम्झौता सार्वजनिकको माग गरेका हुन् ।  सिराहाको चन्द्रोउदयपुर स्थित मारुती सिमेन्टका लागि चुनढुंङ्गा ढुवानी गर्ने  ऊँ शिवम मल्टिप्रपोज कन्ट्रक्सनको शाखा कटारी ,१ ,देवीधाप द्धारा सञ्चालित ट्रिप्पर हरुले सडक क्षमता भन्दा वढी चुनढुंङ्गा वोकेकै कारण कटारी मिर्चैया सडक खण्ड जीर्ण वनेको , मानवीय तथा वातावरणीय असर वढेको भन्दै आन्दोलित पिडित हरुले आन्दोलनका लागि २३ सदस्यिय मुल समिति समेत गठन गरेका छन् ।

आजबाट शैक्षिक आमहड्ताल

फागुन २८, सिन्धुली शिक्षकहरुले आफ्नो माग वेवास्ता गरेको भन्दै आमहड्ताल गरेकै दिन सिन्धुलीको एक कार्यक्रममा शिक्षामन्त्रि दीनानाथ शर्माले सरकारलाई असफल बनाउनका लागी शिक्षकहरुले आन्दोल जारी राखे परिणाम नराम्रो हुने चेतावनी दिएका छन् । आफ्नो अधिकारका लागी शिक्षकहरुले विद्यार्थीहरुको भविष्य माथि भकुण्डो खेलेको हारोप शिक्षामन्त्रि शर्माले लगाए । शिक्षकहरु प्रति निकै आक्रमक बनेका मन्त्रि शर्माले शिक्षकहरुले आन्दोलनका कारण एसएलसी दिने तयारीमा रहेका साँढे पाँचलाख भन्दा बढि विद्यार्थीलाई एक वर्ष पर धकल्ने काम भएमा भएका सुविधा पनि कटौती हुँदै जाने उदे्घोष गरे ।

ट्रान्समिसन विवाद मिलाउन समिति

फागुन २७, सिन्धुली  स्थानीयबासीको अवरोधपछि निर्माण प्रभावित भएको खिम्ती ढल्केबर ट्रान्समिसन लाइन निर्माणबारे शुक्रबार पीडित पक्ष र उर्जा मन्त्रालयबीच वार्ता भएको थियो । वार्तामा दुवै पक्षबीच एउटा प्राविधिक टोली निर्माण गर्ने सहमति भएको छ । आगामी चैत्र १२ गतेभित्र स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउने र त्यो प्रतिवेदन दुवै पक्षले मान्ने गरी प्राविधिक टोली गठन गरिएको मन्त्रालयले जनाएको थिए । उर्जा मन्त्रालयका सह–सचिव अनुप उपाध्यायको नेतृत्वमा गठित उक्त समितिमा प्राधिकरण सञ्चालक सदस्य कृष्णप्रसाद दुलाल र प्राधिकरणकै गणेशप्रसाद राज छन् । सिन्धुलीमाढीका स्थानीयबासीको अवरोधपछि नेपालकै पहिलो २२० केभीको खिम्ती–ढल्केबर ट्रान्समिसन लाइन निर्माण प्रभावित हुँदै आएको छ । 

सवारी दुर्घटना न्यून गर्न सिन्धुलीमा ट्रफिक सप्ताह सुरु

फागुन २७ , सिन्धुली  सवारी दुर्घटना न्यून गर्न हिजोदेखि ट्रफिक सप्ताह सुरु भएको छ । सवारी धनी तथा यात्रु र सर्वसाधारणलाई ट्राफिक चिन्हहरुको जानकारी दिंदै सिन्धुलीमा पनि ट्राफिक सप्ताहका अवसरमा विविध कार्यक्रमहरु सुरु भएका छन् । सिन्धुली ट्राफिक प्रहरीले पर्चा, पम्लेट तथा माइकिङमार्फत ट्राफिक नियमको बारेमा जानकारी गराइरहेका छन् । आगामी चैत २ गतेसम्म मनाईने टा«फिक सप्ताहअन्र्तगत जिल्लाका ग्रामिण सडक भएका ठाउँहरुमा समेत चेतनामूलक कार्यक्रम गरिने सिन्धुलीका टा«फिक प्रमुख ऋद्धि बहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनाबाट बचौँ र बचाऔँ , तँपाईको सुरक्षा हाम्रो सरोकार लगायत सन्देशमुलक नाराहरु लेखिएको पर्चा, पम्लेट बाडेर ट्राफिक नियमको बारेमा सचेतना जगाईरहेका छन् ।

उ.मा.वि. फोस्रेटारमा तालाबन्दी

फागुन २६, सिन्धुली सिन्धुलीको जनज्योति उच्च माध्यामिक विद्यालयका जेटिएमा अध्यनरत विद्यार्थीहरुले आज विद्यालयमा ताला लगाएका छन् । विद्यालयले शैक्षिक भ्रमण जानको लागि ६० हजार दिने निर्णय गरेपनि ३० हजार मात्रै दिएपछि विद्यालय बन्द गरेका हुन् । मागको सुनुवाई नभए विद्यालयको सम्पूर्ण पठनपाठन ढप्प पार्ने विद्यार्थीहरुले बताएका छन् ।

गाविसमा भेटिदैनन सिन्धुलीका गाविस सचिव

उमा पौडेल सिन्धुली फागुन ९ जिविस सिन्धुली शशस्त्र द्धन्दको समयमा गाँउमा शान्ति सुरक्षा नभएको भन्दै गाबिसमा नबसेका   सिन्धुलीका   गाबिस सचिबहरु आजभोलि पनि गाँउमा भेटिदैनन् । सदरमुकाममै कोठा भाडामा लिएर सचिबहरुले कार्यालय संचालन गर्न थालेपछि सानो काम लिएर सदरमुकाम आउने सर्बसाधारणहरु वाध्य भएका छन् ।   सिन्धुलीमा ५३ वटा गाबिसका सचिबहरु गाँउमा नबस्नाले स्थानीयले दुख त पाएका छन् भने सचिबहरु पनि गाउमा बस्न नसक्नुमा आफ्नै कारण देखाउछन् । गाँउमा गाबिस भबन नभएको र सबै कागजपत्रहरु सुरक्षित नहुनाले सदरमुकाम केन्द्रित भएको रानीचुरी गाबिसका सचिब कृष्णप्रसाद पौडेल बताउनुहुन्छ ।  गाबिस सचिब र स्थानीयले गाबिस सचिब सदरमुकाम केन्द्रित भएको स्विकार गरेपनि सबै गाबिस सचिबहरु गाँउमै बसेको गाबिस सचिब हकहित संरक्षण केन्द्रका अध्यक्ष ईन्द्र राईको दाबी छ । सामान्य प्रसासन मन्त्रालयले देशका हरेका जिल्ला बिकास समिति मार्फत गाबिस सचिबलाई गाँउमै पठाउन पटक पटक पत्र पठाएको छ , तर पनि सिन्धुलीका गाबिस सचिबहरु भने सदरमुकाम केन्द्रित नै भएका छन् , आफुहरुले अबको १ दुई महिना भित्र सबै सचिबहरुलाई ...

सिन्धुलीमा १२ वटा झोलुङ्गे पुल निर्माण हुदै

चीना थापा, सिन्धुली,फागुन ९ सिन्धुलीका विभिन्न गाविसमा सवा तीन करोड रुपैयाको लागतमा १२ ओटा झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । ग्रमीण पुनः निर्माण तथा पुनस्थापना आयोजना (आरआरआर डिएसपी) को अनुदान सहयोगमा जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालय मार्फत ती पुलहरु निर्माण गर्न थालिएको हो । चालु आर्थिक वर्षमा निमार्ण सुरु गरिएका पुलहरुको कुल लागत ३ करोड २३ लाख ३१ हजार ७ सय ८४ रुपैयाँ रहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । 

नगरपालीकाको वार्षिक वजेट सात करोड ५४ लाख

पुष २६, सिन्धुली कमलामाई नगरपालीका सिन्धुलीको सत्र औं नगर परिषदले आर्थिक वर्ष ०६९/०७० को लागी ७ करोड ५४ लाख ४७ हजार अनुमानित वजेट प्रस्तु गरेको छ  । नगर परिषदमा प्रस्ताव गरिएको वजेट मध्ये १ करोड ७० लाख ६४ हजार ८ सय चालु तर्फ र ५ करोड ८३ लाख ८२ हजार २ सय पुँजिगत विकास तर्फ खर्च गर्ने गरि आयव्यय प्रस्ताव परिषद समक्ष कमलामाई नगरपालीका कार्यकारी अधिकृत भुपाल वरालले पेश गरेका छन् । नगरपालीकाले प्रस्ताव गरेको विकास वजेट वाट स्थानीय स्वायत्त शासन र विकेन्द्रिकरणको मर्म बमोजिम टोलबस्तीस्तर तथा वडास्तरबाट प्राप्त हुने योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने र योजना छनौट प्रकृयालाई आवश्यकता र मागमा आधारित  बनाइने जनाएको छ  । 

खण्डित ताम्सालिङ स्वीकार्दैनौं : अध्यक्ष योन्जन

पुष २४, सिन्धुली नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष कुमार योन्जन तामाङले तामाङ समुदायका निम्ति खण्डित ताम्सालिङ प्रदेश स्वीकार्य नहुने बताउनु भएको छ । संविधानसभाको राज्य शक्तिको बाँडफाँट तथा राज्यको पुनःसरचना समितिले प्रस्ताब गरेको ताम्सालिङ प्रदेश तामाङ समुदायलाई खण्डित गराएर ल्याएको चर्चा गर्दै उहाँले ताम्सालिङ प्रदेशलाई टुक्राएर बनाइएका दुई प्रदेश सुनकोशी र नारायणीको खारेजीको पनि माग गर्नुभयो । अध्यक्ष योन्जन नेपाल तामाङ घेदुङ सिन्धुलीद्वारा हिजो सिन्धुलीमाढीमा आयोजित 'राज्यको पुनःसंरचना र अखण्ड ताम्सालिङ' विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो । 

लागू पदार्थ सेवन गर्ने रकम अनाथालयका बालबालिकालाई

पुष ४, सिन्धुली  सुन्दा अचम्म लाग्न सक्छ, लागू पदार्थ छाडेर कसैले त्यस वापतको रकम मानवीय हितमा वितरण गरेको भन्दा। तर सिन्धुलीको पुष्पदिप अफसेट प्रेसका पुष्पराज देबकोटा र दिपेन्द्र बिक्रम कार्कीले आफूले सेवन गर्ने गरेको सुर्तिजन्य पदार्थ छाडेर त्यस बापतको रकम अनाथालयका बालबालिकाहरुलाई बितरण गरेका छन् । उनिहरुले मासिक ५०० रुपैँयाका दरले अनाथालयलाई सहयोग गर्ने वचन समेत दिएका छन् । शैलशिखर कृषक उत्थान संस्थाद्धारा संचालित शैलशिखर अनाथालयमा आश्रित बालबालिकाहरुलाई सहयोग गर्ने क्रममा उनिहरुले यस्तो रकम सहयोग गरेका हुन् । त्यसो त शैलशिखर अनाथालयमा सहयोग गर्ने क्रम सुरु भइसकेको छ । साथै उनिहरुले अनाथालयलाई सहयोग गर्न पनि सबैलाई अनुरोध समेत गरेका छन् । केहि दिन अघि स्थानीय पत्रपत्रिका तथा संचारमाध्यमहरुमा ‘अनाथालयमा बालबालिकाको बिजोग’ शिर्षकमा समाचार, सुचना तथा कार्यक्रम प्रकाशन तथा प्रसारण सुरु भएपछि अनाथालयमा सहयोग गर्ने क्रम बढेको हो ।