Skip to main content

Posts

Showing posts with the label खेलकुद

ललितपुर प्रथम र महिला भलिवल प्रतियोगिता शुरु

ललितपुर भलिवल टिम  माघ १४, सिन्धुली  मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता अन्तर्गत सिन्धुलीमा शुक्रवार भएको पुरुष भलिवल प्रतियोगितामा ललितपुर जिल्ला विजयी भएको थियो । ललितपुर जिल्लाले प्रतिसपर्धी रामेछाप जिल्लालाई लगातार तिन गेमले पछि पार्दै मध्यमान्चाल स्तरिय भलिवल प्रतियोतिको प्रथम स्थान हासिल गर्न सफल भएको हो । मध्यमान्चल स्थरीय  पुरुष भलीबल प्रतियोगीता अन्तर्गत प्रतियोगीतामा रामेछाप जिल्ला दोस्रो र दोलखा जिल्लाले तेस्रो स्थान राख्न सफल भएका छन् । विहीवारका दिन भएको खेलमा काभ्रेपलान्चोक र महोत्तरी जिल्ला विच प्रतिस्पर्दात्मक भएको खेलमा महोत्तरी जिल्ला पराजित भयो भने मकवानपुर र सर्लाही जिल्ला विच भएको खेलमा मकवानपुर जिल्लाले सर्लाही जिल्लालाई पराजित गर्न सफल  भएको थियो ।

मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता सिन्धुलीमाआजदेखी शुरुभयो

माघ १०, सिन्धुली मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता आजदेखी शुरुभयको छ । खेलकुद राज्य मन्त्री गोपी आछामेको प्रमुख आतिथ्यमा शुरुगरीयको उक्तकार्यक्रममा उन्नाइस जिल्लाका खेलाडीको सहभागीता रहेको थियो । आज पहीलो चरणको खेल अन्र्तगत लीग सिस्टम र टीटी काउन्टबाट शुरुगरीयको पहीलो खेलमा सिन्धुलीको टीमले नुवाकोट टीमलाई हरायो धनुषाले रौताहटलाई सर्लाहीले रामेछापलाई धादीङले रसुवालाई मकवानपुरले महोत्तरीलाई ललीतपुरले चितवनलाई सन्धिुपाल्चोकले बारालाई हराउदै बिजेता बनेका छन भने काठमाण्डौको टीमले शुरुमा नै बाइ पाएर बिजेता बनेको थियो । एकचोटी हारेको टीम रामेछापले बाई पायर बसेको काठमाण्डौको टीमलाई हरायर फेरी बिजेता बन्ने कोसीस गरेको छ भने काठमाण्डौले हार बेहोर्नु परेको छ । बाकी खेल भोली बिहान ७ बजेबाट शुरुहुने आयोजकले जनायको छ ।

सिन्धुली र संखुवासभालाई मान्यता

पुस ४, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध जिल्ला संघको संख्या ४२ पुगेको छ। आइतबार सम्पन्न एन्फाको १२औं साधारण सभाले सिन्धुली र संखुवासभालाई जिल्ला संघको मान्यता प्रदान दिएको छ। कोषाध्यक्ष विराटजंग शाहीले बन्द सत्रमा पेश गरेको आर्थिक वर्ष २०६८/०७९ को १८ करोड १० लाख १९ हजार रुपैयाँको अनुमानित बजेट सभाले पास गरेको छ। फागुनमा काठमाडौंमा एएफसी च्यालेन्ज कप आयोजनाका कारण यसपटक अघिल्ला वर्षभन्दा दोब्बर बजेट आएको हो। चालु आर्थिक वर्षमा झन्डै ४ करोड एन्फाले बचत गरेको छ। १३ करोडभन्दा बढी आम्दानी गरेको एन्फाले ९ करोडभन्दा बढी खर्च गरेको छ। अध्यक्ष गणेश थापाले एन्फाको वार्षिक प्रतिवेदन पेश गरेका थिए। एन्फा केन्द्रीय कार्यसमितिले २०६९ का लागि प्रस्ताव गरेको ३१ वटा कार्यक्रम साधारण सभामा सर्वसम्मत पास भएको छ।