Skip to main content

Posts

Showing posts with the label अन्तराष्ट्रिय

बल्ल देखायो नासाले हाम्रो वास्तविक सगरमाथा

                                                 २९ मंसिर,  विश्वको सर्वोच्च शिखर सगरमाथालाई कसले नचिन्ला र । तर, अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले अन्तरिक्षबाट खिचेको सगरमाथाको भन्दै गलत तस्बिर राखेको थियो । नेपाली पत्रकारहरुले सामाजिक सञ्जालमा नासाले वेबसाइटमा सगरमाथा भन्दै गलत तस्बिर राखेको औंल्याएपछि हिजो त्यसलाई सच्याएको छ । रुसी अन्तरिक्ष यात्री युरी मलेन्चेङ्कोले अन्तराष्ट्रिय अनुसन्धान केन्द्रबाट कात्तिक २४ गते खिचेको उक्त तस्बिरलाई नासाले सगरमाथाको भनी आफ्नो वेबसाइटमा राखेको थियो । त्यस तस्विरलाई अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले पनि सगरमाथाको भन्दै प्रयोग गर्दै आएका थिए । ट्टिरमा उक्त तस्बिरले व्यापक रुप लिएपछि हिमालसँग जानकारहरुले नासाले राखेको तस्बिर सगरमाथाको नभई सो हिमाल भारत, पाकिस्तान र तिब्बतका सीमा नजिकै रहेको कस्मिरस्थित ससेर खाङ्ग्री हिमाल हो भनेर ट्विट गरेका थिए । उनीहरुले गुगल अर्थको प्रयोग गरेर नासाले देखाएको हिमाल सग...

पृथ्वी ध्वस्त हुने हल्ला मात्र !

मंसिर २६  स-साना स्कुले नानीलाई गृहकार्य सक्यौ भनी सोध्दा आजभोलि जवाफ दिन्छन्, 'अब किन पढ्ने, डिसेम्बर २१ मा त पृथ्वी नै ध्वस्त हुन्छ रे !' पश्चिमेली मुलुकहरूबाट फैलिएको पृथ्वी ध्वस्त हुने यो हल्ला अहिले पत्याइनसक्नु गरी संसारभर फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार २१ डिसेम्बरमा विश्व समाप्त हुने हल्ला रुस, फ्रान्स, युक्रेन र मेक्सिकोमा अझ बढी छ । रुसमा त नेताहरूले राष्ट्रिय टेलिभिजन नेटवर्कमार्फत सर्वसाधारणलाई हल्लाको पछि नलाग्न र संयम अपनाउन अपिलसमेत गरेका छन् । एउटा सर्वेक्षणलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार करिब अढाई करोड अमेरिकी यो हल्लाको पछि लागेका छन् । कसरी चल्यो हल्ला ? २१ डिसेम्बर २०१२ मा संसार ध्वस्त हुने हल्ला माया सभ्यताको क्यालेन्डरलाई हवाला दिँदै चलाइएको छ । हल्ला चलाउनेहरूको भनाइमा उक्त क्यालेन्डरमा आजको दस दिनपछिको मिति नै छैन । क्यालेन्डरमा मिति नै टुंगिनुको अर्थ त्यस दिन प्रलय हुनु हो भन्ने उक्त सभ्यतामा विश्वास गर्नेहरूको बुझाइ छ । यो बुझाइ कतिपय पश्चिमेलीहरूका लागि एक प्रकारको भयको कारण बनेको छ भने केहीलाई हलिउडका...

२१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुदैन...

मंसिर २५ अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुने कुरा अफबाह मात्र भएको बताएको छ । प्राचिन सभ्यताको माया क्यालेण्डरको अन्त हुनुले पृथ्वीमा केहि उत्तार चढाव नहुने भन्दै नासाले पृथ्वीमा कुनै प्रकारको क्षती नहुने पुष्टि गरेको हो । खगोलबिद्हरुले पृथ्वीको आयु अँझै साढे सात अर्व बर्ष रहेको भन्दै यस्ता भविस्यवाणी गलत भएको बताएका छन् । यस अघि पनि सन् २००३, सन् १९९९, १९९० लगायतका बर्षहरुमा पृथ्वी ध्वस्त हुने भनेर सन्त्रास फैलाईए पनि त्यो अफबाह मात्र भएको नासाले जनाएको छ । नासामा अनुसन्धान गरिरहेका केहि बैज्ञानिकहरुले भने ग्रहहरुले आफ्नो धुर्व परिबर्तन गरिरहने भएकाले डिसेम्बर २१, २२, २३ मा धुर्व परिवर्तन हुन सक्ने अनुमान गरेका छन् । यद्यपी धुर्व परिवर्तन सामान्य प्रक्रिया भएकाले यसले बिद्युतीय कम्पासको कारोबार गर्ने कम्पनीहरुलाई फाईदा हुने तर आम मानिसलाई नयाँ केहि नहुने बताएका छन् ।

आज विश्व एड्स दिवस, पोखरामा राष्ट्रिय सम्मेलन ।।

मसिंर १६ आज विश्व एड्स दिवस “शुन्य पु¥याऔँ एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याऔँ” मनाइदैछ । नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइदैछ । सन १९८८ देखि हरेक बर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । नेपालमा अहिले ५१ हजार जनामा एचआईभी संक्रमण रहेको अनुमान गरिएको छ । विश्वमा ३ करोड ४० लाख मानिसमा एचआईभी छ । यसमध्ये ३३ लाख वालवालिका छन । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले पोखरामा सम्मेलन गर्दैछ । चार दिनसम्म चल्ने सम्मेलनमा १ हजार भन्दा धेरैको सहभागिता रहने आयोजकको भनाई छ । सम्मेलनमा १ सय ५० अनुसन्धानका कार्यपत्र प्रस्तुत गरिनेछ । भारत, अमेरिका बंगालादेश लगायतका विशेषज्ञहरु पनि सम्मेलनमा सहभागी हुँदैछन । एचआईभी संक्रमितहरुको राष्ट्रिय महासंघले भने सम्मेलन बहिष्कार गर्ने जनाएको छ ।

विन्डोजतर्फ एन्ड्रोइड

सन् २०१३ भित्र विन्डोज ८ अपरेटिङ सिस्टमका स्मार्टफोन र ट्याबको प्रयोग अत्यधिक भयो भने आश्चर्य नमाने हुन्छ । डेस्कटप र ल्यापटप बजारमा एकछत्र राज गरेको माइक्रोसफ्टले 'विन्डोज ८' अपरेटिङ सिस्टम ल्याएपछि यसको प्रयोग भएको स्मार्टफोन र ट्याब लगातार सार्वजनिक भइरहेका छन् । बजारमा केही वर्षदेखि गुगलको एन्ड्रोइड र एप्पलको आईओएसको प्रभुत्व छ । एन्ड्रोइड धेरै कम्पनीले प्रयोग गरेका छन् भने आईओएस एप्पलले आफ्नै उत्पादनमार्फत ल्याएको छ । यी दुई ओएस भएको स्मार्टफोन र ट्याबको बढ्दो व्यापारले उनीहरू निकै अगाडि बढे । र, चर्चा पनि पाए । पछिल्लो समय डेस्कटप र ल्यापटपमा सीमित माइक्रोसफ्टमा अर्को सेगमेन्टको बजारमा पनि हिस्सा बढाउने आशा जन्मिएको छ । केही समय अगाडि जर्मनीको बर्लिनमा भएको कन्ज्युमर इलेक्ट्रोनिक ट्रेड फेयरले विशेष गरी एन्ड्रोइडलाई चिन्तित तुल्याएको हुनुपर्छ । त्यस मेलामा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिरहेका कम्पनीहरूले मेलामा धमाधम विन्डोज ८ ओएस भएको स्मार्टफोन र ट्याब सार्वजनिक गरे । र, यो क्रम रोकिएको छैन ।

फेसबुकको गिफ्ट

दसैं नजिकिँदै छ, चाडपर्व मनाउन पक्कै एक कदम अगाडि सर्छौं । चाडपर्वमा उपहार अपेक्षा धेरैले गर्छन् र आदानप्रदान पनि प्रशस्तै हुने गर्छ । त्योभन्दा बढी हुने गर्छ, सोसल नेटवर्क शुभकामनाको साटासाट । चाडपर्वमात्र किन ? कुनै पनि अवसरमा उपहारले ठूलै महत्त्व राख्ने गर्दछ । प्रविधिले फड्को मारिसकेको छ । सोसल नेटवर्कबाट शुभकामनाका साथै उपहार नै साट्न पाए झनै राम्रो । यस्तै गिफ्ट साट्ने सुविधा फेसबुकले केही अगाडि सुरु गरेको थियो । फेसबुकमा कसैसँग केही माग्दा तुरुन्तै पाइन्थ्यो । तर गिफ्ट पाउनेहरू जिल्ल पर्थे । किनकि ती फेसबुकका गिफ्ट भर्चुअल हुने गर्थे । फेसबुकको यही भर्चुअल गिफ्ट धेरैलाई रमाइलो पनि लाग्यो । अब फेसबुकले भर्चुअल होइन वस्तुगत रूपमै गिफ्ट आदानप्रदानको सेवालाई थपेको छ । प्रयोगकर्ताले आफ्नो फेसबुक नेटवर्कमा रहेकालाई गिफ्ट पठाउन सक्नेछन् । फेसबुक नेटवर्कबाट गिफ्ट पठाउँदा, व्यक्तिले भर्चुअल कार्ड पाउने छन् । भर्चुअल कार्डमा गिफ्ट पाउने -पुग्नुपर्ने) ठेगाना भरेर उपहार प्राप्त गर्न सकिन्छ । गिफ्ट प्राप्त गर्न सकिन्छ ।

हनुमानजस्तै बलवान सातवर्षे बाला

चीनका एक सात वर्षीय बालक आफ्नो अद्भुत क्षमताका कारण अहिले विश्वभरी नै चर्चित बनेका छन् । चीनको चुझहाउका बासिन्दा यांग जिन्लोङ साँच्चीकै सेलिब्रेटी बनेका छन् ।सात वर्षमै ५० किलो तौल भएका यी बालक साँच्चीकै हनुमान जस्तै बलवान छन् । यिनले आफ्ना बुवाले चढ्ने गरेको कार सजिलैसँग तानेर गुडाउँछन् । अन्नले भरिएका ठूला ठूला बोरा समेत सजिलै उचालेर काँधमा राख्छन् । पावरहाउस नामले चर्चित यी बालक निकै बलशाली छन् । हालै उनले आफ्नो सरीरमा रस्सीले बाँधेर १.८५ टन वजन भएको भ्यानलाई सडकमा लतारे ।

कस्तो रेष्टुरेन्ट ? जहाँ थालमा होइन तरुनीको नांगो जिउमा खाना दिइन्छ

साउन २३, सम्झनुहोस् तपाइँ कुनै रेष्टुरेन्टमा खान खान जाँदै हुनुहुन्छ । त्यहाँ तपाइँलाई कुनै प्लेटमा होइन नांगा तरुनीका जिउमा खानेकुरा राखेर टक्राइन्छ भने तपाइँलाई कस्तो अनुभुति होला ? वास्तवमा यस्तो हुनै नहुने बकमफुस्से कुराको कल्पना किन गर्नु भन्ने तपाइँलाई लाग्नसक्छ । तर यो कुनै कल्पनाको कुरा होइन । अमेरिकाको एक रेष्टुरेन्टले अब नांगा मोडेलका सरीरमा खाना टक्राएर ग्राहकको भोट मेटाउने भएको छ । अमेरिकाको फ्लोरिडास्थित एक रेस्टुरेन्टले यस्तो सुविधा दिने भएको हो । जापानी परिकार खुवाउने उक्त रेस्टुरेन्टमा अब ५ सय डलर तिरेपछि अगाडि तेर्सिएका नांगा मोडेलको छाति तथा गुप्तांगमाथि राखिएको भोजन कपाकप खान पाइनेछ । यसरी नांगा मोडेलका छातिमाथिबाट सुशी तथा साशिमी जस्ता जापानी भोजन टप्प टिपेर खाने इच्छा भएमा गोजी केही गरम पारेर मियामीको कुंग फु किचेन रेष्टुरेन्टमा गए पुग्छ । उक्त रेष्टुरेन्टका मालिक नाथन लिबरम्यानले आफुले यस्तो सेवा प्रदान गर्ने मोडेलहरु मोडलिङ एजेन्सीबाट भाडामा ल्याउन थालेको भन्दै अहिले रेष्टुरेन्टमा काम गरिरहेका केही युवतीहरु समेत ग्राहकलाई आफ्नो नांगो जिउमा खाना खुवाउन त...

आज विश्व मिर्गौला दिवस

फागुन २४  ‘मिर्गौला र जीवन’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस, नेपाललगायत विश्वभर मनाइँदै छ । नेपालमा मिर्गौला रोगको पहिचान र समाधानका उपायबारे विभिन्न विषयमा गोष्ठी, सभा, समारोह गरेर यो दिवस मनाइँदै छ । मधुमेह र उच्च रक्तचापबाट पीडित हुनेहरुको संख्या बढ्दै गएकोले मिर्गौला रोगीको संख्या पनि नेपालमा बढ्दै गएको चिकीत्सकहरुको भनाईछ । नेपालमा बार्षिक झण्डै दुई हजार पाँच सयदेखि तीन हजार जनासम्म मिर्गौला रोगीहरुको संख्या थपिदै गएको तथ्याङ्क छ ।  मिर्गौला रोगबाट बच्न नियमित व्यायाम गर्न, प्रोटिनयुक्त खाना कम खान र नियमितरुपमा मिर्गौला जाँच गराउन चिकीत्सकहरुले सुझाव दिने गरेका छन् ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।

ज्याक्सनको मृत्युमा डाक्टर दोषी

कार्तिक २२,  पप सम्राट माइकल ज्याक्सनको मृत्युमा उनका नीजि चिकित्सक डाक्टर कोनराड मरे दोषी ठहर भएका छन् । अमेरिकाको लस एन्जल्सको एक अदालतमा भएको अन्तिम सुनुवाइमा मरेले अन्जानमै ज्याक्सनको हत्या गरेको ठहर भएको हो हो । औषधिको अत्यधिक सेवनका कारण ज्याक्सनको सन् २००९ को जून २५ मा ज्यान गएको थियो । डाक्र मरेले ज्याक्सनलाई धेरै प्रोपोफोल औषधि खुबाएको दाबी गरिएको छ । तर मरेका वकिलले भने ज्याक्सनले डाक्टर नभएको बेला आफै औषधि खाएको जिकिर गरेका छन् । १२ जना न्यायिधसको इजलामा भएको अन्तिम सुनुवाइपछि फैसला सुनाइँदा ज्याक्सन चुपचाप बसिरहेका देखिन्थे । अदालत बाहिर ठूलो संख्यामा ज्याक्सनका र्समर्थकहरुले नाराबाजी गरिरहेका थिए । डाक्टरलाई अदालतले दोषी ठहर गरेपनि उनीहरुले खुसी मनाए ।