Skip to main content

Posts

FRP software

1. Google account manager Download 2. FRP bypass login Download
Recent posts

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

सिन्धुलीका ९ विद्यालयलाई नमुना वनाईने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ ।  जिल्ला शिक्षा कार्यालय सिन्धुलीले सदरमुकाममा रहेका नौ विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने तयारी गरेको जिल्ला शिक्षा कार्यालयले खुलासा गरेको छ । जिल्ला विकास समिति सिन्धुलीले आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले सो जानकारी गराउनुभएको हो । सदरमुकाममा रहेका कमला, गौमती, करकरे, गडौली, भिमान, पानीट्याङ्की, बरुणदेवी खट्टार र सिलामे माध्यमिक विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालयको रुपमा विकास गर्न लागेको जिल्ला शिक्षा अधिकारी लुईटेलले वताउनुभयो  । सामुदायिक विद्यालयको पढाईमा गुणस्तर खस्कन थाले पछि जिल्ला शिक्षा कार्यालयले सदरमुकाममा रहेका मावि विद्यालयलाई नमुनाको रुपमा विकास गर्न थालेको हो । नमुना विद्यालय हुनको लागी शैशिक उपलब्धि , विद्यालयको बाहिरी वतावरण, विद्यालयको हाता भित्र विद्यालयको नक्सा, शिक्षक आचारसंहिता, शिक्षकको हातमा डायरी, शिक्षक विद्यालयमा उपस्थित हाजिरी आवश्यक पर्ने पनी अधिकारी लुईटेलले वताउनुभयो । नमुना वनाउ थालेका ती विद्यालयमा जिल्ला शिक्षा कार्यालयको विषय ...

आज वर्षकै लामो दिन

७ असार, काठमाडौं । सामान्यतः आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा यो वर्ष अधिकवर्ष परेकाले लामो दिन एक दिन अगाडी सरेको नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराइले बताउनुभयो । सूर्यको प्रकाश बढी समय पर्ने भएपनि आजको दिन बढी गर्मी भने नहुने उहाँको भनाइ छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ । दिन लामो हुने गर्छ ।  नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । भोलिदेखि दिन छोटो र रात लामो हुनेछ । आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्य कुनै एक दिन पर्छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...