Skip to main content

सिन्धुलीका ९ विद्यालयलाई नमुना वनाईने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । 
जिल्ला शिक्षा कार्यालय सिन्धुलीले सदरमुकाममा रहेका नौ विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने तयारी गरेको जिल्ला शिक्षा कार्यालयले खुलासा गरेको छ । जिल्ला विकास समिति सिन्धुलीले आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले सो जानकारी गराउनुभएको हो । सदरमुकाममा रहेका कमला, गौमती, करकरे, गडौली, भिमान, पानीट्याङ्की, बरुणदेवी खट्टार र सिलामे माध्यमिक विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालयको रुपमा विकास गर्न लागेको जिल्ला शिक्षा अधिकारी लुईटेलले वताउनुभयो  । सामुदायिक विद्यालयको पढाईमा गुणस्तर खस्कन थाले पछि जिल्ला शिक्षा कार्यालयले सदरमुकाममा रहेका मावि विद्यालयलाई नमुनाको रुपमा विकास गर्न थालेको हो ।
नमुना विद्यालय हुनको लागी शैशिक उपलब्धि , विद्यालयको बाहिरी वतावरण, विद्यालयको हाता भित्र विद्यालयको नक्सा, शिक्षक आचारसंहिता, शिक्षकको हातमा डायरी, शिक्षक विद्यालयमा उपस्थित हाजिरी आवश्यक पर्ने पनी अधिकारी लुईटेलले वताउनुभयो । नमुना वनाउ थालेका ती विद्यालयमा जिल्ला शिक्षा कार्यालयको विषय विशेषज्ञ सहितको टोलीले कक्षा अनुगमन तथा विद्यार्थीहरुले नवुझेको विषय पढाउने गरेका छन् । सदरमुकामका नौ विद्यालय मध्ये मावि गडौली दुई वर्ष देखी एसएलसी परिक्षामा निल भएको छ भने अन्य विद्यालयको परिक्षा फल ह्रासउन्मुख वन्दै गएको छ ।

-सिन्धुली दर्पण 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।