Skip to main content

Posts

Showing posts from August, 2011

मेरो सपनाको देश(कविता )

ध्रुव चन्द्र खड्का सिन्धुली  धर्ति एउटै झण्डा एउटै छानो रुपि गगन एउटै भाषा र भेष फरक भएनि मझेरी आँगन सबको एउटै जहाँ सहिदहरु गर्वले नाच्छन् दूर हुन्छ रिस र द्वेष जहाँ हिउँचुली मुस्कुराउँछ त्यहि हो मेरो सपनाको देश ॥

प्रधानमन्त्री डा.भट्टराईद्धारा सपथ

१२ भदौ, काठमाडौं नव निर्वाचित प्रधानमन्त्री डा. बावुराम भट्टराईले आज राष्ट्रपति डा.रामवरण यादव समक्ष पद तथा गोपनीयताको सपथ लिदै हुनुहुन्छ । मुलुकको ३५ औं प्रधानमन्त्रीका रुपमा डा. भट्टराईले पद तथा गोपनीयताको सपथ लिन लाग्नुभएको हो । साभार सिन्धुली दर्पण डट कम

तिज पर्व निराहार व्रत बसेर मनाईदै

१४ भदौ, काठमाण्डौ, हिन्दु महिलाहरुको महान पर्व तिज आज निराहार व्रत बसेर भगवान महादेवको पुजा आरधनाका साथ मनाईदैछ । विवाहिता महिलाले आफ्ना पतिको दीर्यायु र सुःख शान्तिको कामना गरेर तिजमा व्रत वस्ने गर्छन भने अविवाहिता महिला सुयोग्य वरको कामना सहित व्रत वस्ने परम्परा चलिएको छ । यसै क्रममा काठमाडौंको पशुपतिनाथको मन्दिरमा विहानैदेखि महिला भक्तजनको घुईचो लागेको छ । व्यस्थित रुपमा लाईनमा बसेर महिला भक्तालुले भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन् । महिला भक्तालुलाई सहज र सजिलो होस भनेर पशुपति विकास कोषले पिउने पानी औषधि उपचार नाचगानका लागि शीतल टहरा बनाईदिएको छ ।  सुरक्षाको पनि त्यत्तिकै बन्दोवस्ती रहेको छ । हराउने वा चोरी हुन सक्ने भन्दै पशुपति विकास कोषले महिला दिदी वहिनीलाई महंगा गरगहना नलगाउन आह्वान पनि गरेको छ । परापूर्व कालमा हिमालय की पुत्री पार्वतिले महादेव पति पाउँ भनि निराहार व्रत बसेपछि महादेव पति पाएको किम्वदन्ति अनुसार आजका दिन हिन्दु महिलाहरुले त्यसको अनुसरण गर्दै आएका छन् । सौभाग्यको प्रतिक मानिने रातो चुरा हिरो पोते रातो साडि चोली ब्लाउज सिन्दुर लगायतका श्रृङगारले सजिएर

सम्बोधनले विर्सिएको परराष्ट्र मामिला

रमेशनाथ पाण्डे  काठमाडौ, अषाढ २२ - जनप्रतिनिधिहरूसमक्ष राष्ट्रपतिमार्फत् प्रस्तुत सरकारको वाषिर्क नीति तथा कार्यक्रमका १५७  बुँदामा परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, छिमेकीहरू र नेपालबीच बढिरहेको विश्वासको मन्दीबारे एक शब्द उच्चारण भएको छैन । सर्वोच्च विधायिकामा सरकारले वाषिर्क नीति तथा कार्यक्रम प्रस्तुत गर्ने नेपालको ५२ वर्ष पुरानो परम्परामा अटुट रूपमा समावेश हुने गरेको परराष्ट्र मामिलालाई यसपटक एक हरफ पनि स्थान नदिनु मुलुकको भविष्यमा कुलक्षण हो । परराष्ट्र नीति र छिमेकीहरूसँगको सम्बन्धमा राष्ट्रिय सहमति अनिवार्य भएको नाजुक समयमा देखाइएको यो परम्परा-भंगले के परराष्ट्र मामिला व्यवस्थापिका-संसद्को प्रभाव क्षेत्रबाहिर राख्ने खतरनाक सोचको संकेत दिएको हो ? अथवा नेपाललाई मित्रराष्ट्रहरूबाट अलग्याएर एक्लो राख्ने खतरनाक खेलको सुरुवात हो ?