सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् । 

प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कूल जनसंख्या २,७७,२५९ मा पुरुषको संख्या १,३८,०३७ जना र महिला १,३९,२२२ जना रहेको छ । यस जिल्लामा तामाङ्ग जातिको वाहुल्यता रहेको छ । यिनीहरुको संख्या जिल्लामा ७०,९६८ रहेको छ । हायू र थामी जस्ता लोपोन्मुख अल्पसंख्यक जातिहरु पनि यस जिल्लामा बसोबास गर्दै आइरहेका छन् ।


प्रमुख भौतिक सुविधाहरुमा बर्दिबास-सिन्धुली-बनेपा सडक खण्ड अर्न्तर्गत सिन्धुलीमाढीदेखि खुर्कोट खण्डसम्मको निर्माण कार्य पूरा भैसकेको करिब ३६ कि.मि. कालोपत्रे सडक, तर्राईको बजार बर्दिबासलाई जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट जोडने बाह्रैमास चल्ने ३७ कि.मि. मध्ये २५ कि.मि. कालोपत्रे र बाँकी ग्राभेल सडक र करिव ११०० लाइनको टेलिफोन, १००० थान सि.डि.एम.ए. र ५००० मोवाइल सेवाको रहेको छ । यसका अतिरिक्त विभिन्न मौसमी सडकहरु, जिल्ला अस्पताल, कलेज सुविधा, बजार केन्द्रहरु पनि जिल्लाको सामाजिक आर्थिक विकासमा योगदान पुर् याउने भौतिक पक्षहरु हुन्  ।मानवीय जीवन यापनका विविध पक्षहरुमा सुदृढ गर्नका लागि जिल्लामा कार्यरत सरकारी कार्यालयहरु भन्दा वाहेक अन्य संघ/संस्थाहरु जिल्लाको आर्थिक,सा माजिक विकासमा कार्यरत रहेका छन् । यी संघ/संस्थाका सहयोगका अतिरिक्त पनि जिल्लाको विविध संस्कार, भौगोलिक विकटता, गरिवी जस्ता अवयवहरुले गर्दा गरिबी, लैङ्गकि विभेद, बाल मृत्युदर, कुपोषण जस्ता समस्याहरु उल्लेख्य मात्रामा घटन सकेको छैन ।

जिल्लामा निर्माणधिन अवस्थामा रहेको बर्दिबास-सिन्धुलीमाढी-बनेपा सडक र अन्य निकायहरुबाट सडक तथा अन्य आवश्यक पूर्वाधारहरुको क्रमिक निर्माणले जिल्लाले विशिष्टिकरण प्राप्त गरेको क्षेत्रहरु जस्तै दुधजन्य पदार्थहरु, फलफूल, जडिबुटी जस्ता श्रोतबाट जिल्लामा व्याप्त गरिबीको अवस्थामा सुधार आउने स्थिति अवश्य रहने छ ।

जिल्लाको नामाकरण
२००७ साल अघि सम्म पूर्व २ नम्बर भनेर चिनिने यस जिल्लाको नाम सिन्धुली नै किन रहयो भन्ने सम्बन्धमा यकिन तथ्यहरु भेटिएका छैनन । एक जनश्रुति अनुसार प्राचिन समयमा यस क्षेत्रमा राज्य गर्ने सिन्धुल राजाको नाम बाट नै यस जिल्लाको सिन्धुली रहन गएको हो भन्ने भनाई पाइन्छ ।  सिन्धुली जिल्लाको नामाकरणमा विभिन्न प्रसगंहरु जोडिएका छन् ,जसमध्ये केही प्रसंगहरु तल प्रस्तुत गरिएको छ ।
  • नेपालको एकीकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो । मकवानी शासकहरुमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३० मा राजा थिए । यी राजा भगवान श्रीरामको परम भक्त भएकाले आफूलाई सिन्धुल उपनामले परिचित गराएका थिए । पछि यिनै राजाको नामवाट यो वस्तिको नाम सिन्धुली जिल्ला रहन गएको हो ।
  • सिन्धुली जिल्लाको सदरमुकाम बाट करिव ११ किलोमिटरको दूरीमा समुद्री सतहबाट १,०७७ मिटरको उचाईमा सिद्धवावा मन्दिर छ । सिन्धुली सदरमुकामको वरपरका क्षेत्रलाई यही मन्दिरको नामबाट सिद्धस्थली पनि भनेर पुकारिन्छ । सिद्धस्थली भन्ने शब्द नै पछि अपभ्रंस भई सिन्धुली भएको हो भन्ने पनि भनाई छ ।
  • यस क्षेत्रमा परापूर्व कालमा सिन्धुल भन्ने राजाले राज्य गरेको हुनाले यीनै राजाको नामबाट सिन्धुली रहन गएको हो ।सितामाढी लगायत मधेसबाट सिन्धुलीमाढी हुँदै रामेछाप, दोलखा, वनेपा, भक्तपुर हुँदै काठमाण्डौंसम्म जानेवाटो एउटा प्रचलित मार्ग थियो । यही मार्गको विचमा हालको भद्रकाली गा.वि.स.को सिउरानी भन्ने स्थानबाट खुर्कोट निस्कनलाई सुरुङ्ग थियो जसलाई सुन्दुरी पनि भनिन्थ्यो पछि यही सुन्दुरी भन्ने शब्द सिन्धुली भएको हो भन्ने बुझिन्छ ।
  • सिन्धुली जिल्लामा अहिले विभिन्न जाती तथा जनजातिहरुको वसोवास रहेतापनि आदिमकालमा यहाँ तामाङहरु बस्दथे । परापूर्व कालदेखि नै घनाजंगलले घेरिएको जिल्ला भएकोले यस ठाँउमा काठ, दाउरा गर्ने काम यहाँका आदीवासी तामाङहरुको दिनचर्या भएको अनुमान गर्न सकिन्छ । दाउरा वा काठ काट्नुलाई तामाङहरु सिङथुवा भन्दछन र दाउरा टिप्यो रुलाईसिङथुजी शब्द अपभ्रंस भएर सिन्धुली भएको हो भन्ने पनि अनुमान गर्न सकिन्छ ।
एक भनाई अनुसार परापूर्व कालमा यो जिल्ला मकवानपुर राज्यमा पर्दथ्यो, त्यहाँ सेन वंशीय राजाहरुको शासन थियो । त्यस क्षेत्रका ती शासक वा राजाका भारदारहरुको शिकार क्षेत्र सिन्धुली खोंच भएको हुँदा प्रायसः ती राजाको माछा मार्ने ठाउँ त्यो थियो । स्थानीय बोलीमा माछा मार्ने खोलामा बनाइने सानो ठाउँलाई दुवाली भानिन्छ । स्थानीय बोलीमा सेनहरुले माछा मर्ने दुवाली वा छिटो बोल्दा सेनको दुवाली अथवा सेनदुवाली (सेन + दुवाली), सेनदुली हुँदै अपभ्रंस हुँदै सिन्धुली भएको हो । सिन्धुली का एक जना साहित्यकार स्व। उमानाथ शास्त्री ज्युको प्रख्यात महकाब्य मकवानिबाला मा यो कुरालाईउल्लेख गरिएको पाइन्छ ।


source : www.sindhuligadhi.com

No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading