Skip to main content

Posts

Showing posts from June, 2012

टेलिकमले असार दुइसम्म जीएसएम मोवाईल सेवा अवरुद्ध गर्ने

असार २ नेपाल टेलिकमले आज साँझ ६ बजेदेखि असार २ गते राती १२ बजेसम्म जीएसएम मोवाईल काउन्टरहरु बन्द गर्ने भएको छ । यो अवधिभरि देशभरीका सम्पूर्ण ग्राहक सेवा कार्य अवरुद्ध हुने टेलिकमले जनाएको छ । सो समयमा जीएसएम मोबाइल सेवा र प्रिपेड रिचार्ज सुविधा भने यथावत रुपमा सञ्चालन हुने भए पनि पोष्टपेड मोवाइल सेवाको बिल रिचार्ज कार्ड, इ–रिचार्ज, एमपीओएस पीनलेस रिचार्ज तथा बैंक मार्फत् भुक्तानी गर्ने सुविधा अवरुद्ध हुने टेलिकमले जनाएको छ । आगामी असार ३ गतेदेखि जीएसएम पोष्टपेडको बिल भुक्तानी सेवा, जीएसएम मोवाइल काउन्टरहरु तथा ग्राहक सेवा केन्द्रहरु

लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै

जेठ १९, नेपाल विद्युत प्राधिकरणले फेरी लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएको छ । शुक्रवारवाट लागु हुने गरी दैनिक एक घण्टाका दरले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । सातामा ५६ घण्टा हुँदै आएको लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै हुनेछ । नदीमा पानीको वहाव वढेको र विद्युत चुहावटमा केही कमी आएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । नयाँ लोडसेडिङ कार्यतालिका अनुसार अबदेखि सातामा दुई दिन ८ घण्टा, एक दिन साढे ७ घण्टा, एक दिन ७ घण्टा, एक दिन साढे ६ घण्टा, एक दिन ६ घण्टा र एक दिन पाँच घण्टा लोडसेडिङ हुनेछ । तर बढी चुहावट हुने फिडरमा भने थप लोडसेडिङ गरिने विद्युत प्राधिकरणले जनाएको छ ।