लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै

जेठ १९,
नेपाल विद्युत प्राधिकरणले फेरी लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएको छ । शुक्रवारवाट लागु हुने गरी दैनिक एक घण्टाका दरले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । सातामा ५६ घण्टा हुँदै आएको लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै हुनेछ । नदीमा पानीको वहाव वढेको र विद्युत चुहावटमा केही कमी आएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । नयाँ लोडसेडिङ कार्यतालिका अनुसार अबदेखि सातामा दुई दिन ८ घण्टा, एक दिन साढे ७ घण्टा, एक दिन ७ घण्टा, एक दिन साढे ६ घण्टा, एक दिन ६ घण्टा र एक दिन पाँच घण्टा लोडसेडिङ हुनेछ । तर बढी चुहावट हुने फिडरमा भने थप लोडसेडिङ गरिने विद्युत प्राधिकरणले जनाएको छ ।


No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading