Skip to main content

Posts

Showing posts from September, 2012

आइफोन- ५, नेपालमा तत्काल नचल्ने

                                                                                   भाद्र ३०, एप्पपले बुधबार सार्वजनिक गरेको आइफोन-५ तपाइले किन्नु भयो भने यस सेट नेपालमा तत्काल चल्दैन। किन कि आइफोन-४ सेटमा भन्दा भिन्न खालको सिम यस सेटमा लाग्ने भएकोले नेपाली बजारमा आइफोन फाइभ तत्काल नचाल्ने भएको हो। आइफोन-४ मा माइक्रो सिम लाग्थ्यो भने फाइबमा मिनी सिम लाग्दछ । अहिले नेपाल टेलिकमले १ सय रुपैयाँ तिरेपछि पोस्टपेड मोबाइलका लागि माइक्रो सिम उपलब्ध गराउँदै आएको छ । सुरुमा सिम लिँदा पनि पोस्टपेडको मात्र माइक्रो सिम पाउँछ । अन्य कम्पनीले भने माइक्रो सिमसमेत उपलब्ध गराएका छैनन् ।

एपल संग नोकिया र किन्डल सामना

ग्याजेटको दुनियामा गएको हप्ता निकै हलचलपूर्ण हप्ताको रुपमा रह्यो । अमेजन कम्पनीले आफ्नो स्मार्टफोन प्रडक्ट किन्डल फायरको नयाँ संस्करण सार्वजनिक गरेको बेला नोकिया तथा मोटोरोलाले पनि आफ्ना उत्पादनको माध्यमबाट दुनियाको ध्यान तान्ने प्रयास गरे । तर अब खास हलचल भने आउँदो बुधबार मच्चिनेवाला छ । किनकी त्यस दिन एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन ५ लञ्च गर्दैछ । बिहीबार अमेजनले किन्डल फायरको चार नयाँ मोडल लञ्च गरेको छ । त्यसको एक दिन अघि नोकिया र मोटोरोलाले पाँच नयाँ स्मार्टफोन लञ्च गरेका थिए । त्यसमध्ये नोकियाले लञ्च गरेका दूइ मोडेलका स्मार्टफोन माइक्रोसफ्टको विन्डोस ८ अपरेटिङ सिस्टमबाट चल्ने प्रडक्ट हुन् । माइक्रोसफ्टले यो वर्षको अन्त्यसम्ममा विन्डोज ८ सार्वजनिक गर्ने तयारी गरेको छ । स्मार्टफोनको दुनियामा एक पछि अर्को गर्दै चुनौति थपिइरहेका बेला एप्पलमाथि आइफोन ५ जतिसक्दो चाँडो बजारमा पठाउने दबाब बढेको छ ।