Skip to main content

आइफोन- ५, नेपालमा तत्काल नचल्ने

                                                                                   भाद्र ३०,
एप्पपले बुधबार सार्वजनिक गरेको आइफोन-५ तपाइले किन्नु भयो भने यस सेट नेपालमा तत्काल चल्दैन। किन कि आइफोन-४ सेटमा भन्दा भिन्न खालको सिम यस सेटमा लाग्ने भएकोले नेपाली बजारमा आइफोन फाइभ तत्काल नचाल्ने भएको हो। आइफोन-४ मा माइक्रो सिम लाग्थ्यो भने फाइबमा मिनी सिम लाग्दछ । अहिले नेपाल टेलिकमले १ सय रुपैयाँ तिरेपछि पोस्टपेड मोबाइलका लागि माइक्रो सिम उपलब्ध गराउँदै आएको छ । सुरुमा सिम लिँदा पनि पोस्टपेडको मात्र माइक्रो सिम पाउँछ । अन्य कम्पनीले भने माइक्रो सिमसमेत उपलब्ध गराएका छैनन् ।
उनीहरूका सिम ग्राहकहरुले सामान्य सिम काटेर माइक्रोसिमको आकार बनाएर चलाउँदै आएका छन् । तर नानो सिमको आकारमा ल्याउन भने अहिलेको सिम काटेर मात्र हुँदैन । किनकि नानो सिम माइक्रो सिमभन्दा पनि पातलो हुन्छ । नेपाल टेलिकमको मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिकेले भने । उनले ग्राहकको माग र एप्पलको रणनीतिअनुसार नानो सिम भित्र्याउनेबारे थप काम हुने बताए । 'हामी ग्राहकलाई सक्दो सेवा दिन्छौं,' उनले भने, 'यसबारे थप छलफल गरेर हामी निर्णय लिन्छौं ।' अर्को कम्पनीका अधिकारीले भने बजारमा माग भए नानो सिम तत्काल ल्याउन सकिने बताए । उनीहरूका अनुसार माग बढी भए नानो सिम ल्याउन कुनै समस्या छैन ।

तर अति कम माग हुँदा कम्पनीले नानो सिम ल्याउने सम्भावना कमै छ । एप्पलले कम्पनीले मोबाइललाई पातलो र हलुका बनाउने योजनाअनुसार आकार कम गरेपछि नेपाली ग्राहक भने मारमा परेका हुन् । एप्पलले नेपालमा आधिकारिक रूपमा सेट बेच्ने गरेको छैन । तर एप्पलले फोरएसबाट फ्याक्ट्री अनलक नै बिक्री गर्न थाले पनि भने धेरै सेट नेपालमा भित्रिएका हुन् ।
हामी संग जोडिन चाहनु हुन्छ भने तलको फेसबुक पेग Like गर्नुहोस धन्यवाद...!!!

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।