Skip to main content

Posts

Showing posts from January, 2013

यस्तो छ सुनको आइफोन फाइभ

यी भए २०१२ मा सफल

एप्पल आइफोन फाइभ एप्पलले सन् २०१२ मा सार्वजनिक गरेर बजारमा उतारेको नयाँ आइफोन, आइफोन फाइभ वर्षो उत्कृष्ट ग्याजेट हो। जुन यसकै अघिल्लो संस्करण आइफोन फोर भन्दा पातलो, हलुका र छिटो आदेश प्रोसेस गर्ने खालको छ। जुन आफ्ना प्रतिस्पर्धी भन्दा बिक्रि र उपभोक्ताको सकारात्मक प्रतिक्रिया पाएको स्मार्टफोन हो। चिनमा त यसले ठूलै रेकर्ड नै राख्न सफल भयो। बिक्रिमा पनि यसले राम्रो उपभोक्ता प्रतिक्रिया पायो। यसको माग नै यति धेरै भयो कि समयमा एप्पलले माग अनुसारको वितरण गर्न सकेन। म्याक बुक रेटिना १५ इन्च एप्पल कम्प्युटरको नयाँ ल्यापटप म्याक बुक प्रो यो वर्षको किन्नै पर्नेमा गनिएको अर्को उपकरणका रुपमा रहृयो। यस अघिको म्याक बुक एयर भन्दा ४.५ पाउण्ड कम तौल रहेको यसमा सुपर हाइ रेजुलेसन रहेको छ। आइप्याड र आइफोनमा रहेको रेटिना प्रविधि रहेको १५ इन्चको डिस्प्ले रहेको यसलाई विश्वको सबैभन्दा बढि रेजुलेसन रहेको ल्यापटपका रुपमा ब्याख्या गरियो। गुगल नेक्सस टेन २०१२ मा गुगलले ट्याब्लेट बजारमा पनि सफलता पायो। उसले ठूलो आकारमा गुगल नेक्सस टेन ट्याब्लेट बजारमा उतारेर एप्पलको आइप्याडलाई धक्का दियो। आइप्य

कारागारमा झडपका कारण सिन्धुली तनाबग्रस्त

सिन्धुली, पुस २० - सिन्धुली कारागारमा कैदीहरुबीच झडप हुँदा एकको मृत्यु भएको विषयलाइ लिएर नेपाली कांग्रेसले शुक्रबार गरेको बन्द आह्वानले सिन्धुलीको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण यातायातका साधन , शिक्षण संस्था, सदरमुकामका सबै बजार, सरकारी कार्यालयहरु समेत सार्वजनिक विदाको दिन जस्तै सुनसान बनेका छन् । कांग्रेसले छानविन, उचित क्षतिपूर्ति र दोषीलाइ कारवाहीको माग गरेको छ । बुधबारका दिन राति कारागारत्रि भएको झडपमा परि गम्भीर घाइते भएका कमलामाइ नगरपालिका १ कुँडुलेका कैदी निरज देवकोटा उपचारकाक्रममा विहीबार निधन भएको थियो ।  झडपमा मृत्यु भएको नभइ हत्या भएको भन्दै स्थानीय तथा आफन्तले विरोधस्वरुप सदरमुकामका चोक, चोकमा टायर बालेका छन् ।   उता जिल्ला प्रशासन कार्यालयले विहीबारदेखि लगाएको कर्फ्यु दिउँसो ३ बजे सम्मका लागि हटाएको छ । शान्ति सुरक्षा भड्किने खालका गतिबिधि नभए सकभर कर्फ्यु हटाउने मनसाय रहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । कारागारभित्र बुधबार राति भएको झडपमा संलग्न भएका १२ जना कैदीलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिइ सोधपुछ थालनी गरिएको