Skip to main content

कारागारमा झडपका कारण सिन्धुली तनाबग्रस्त

सिन्धुली, पुस २० - सिन्धुली कारागारमा कैदीहरुबीच झडप हुँदा एकको मृत्यु भएको विषयलाइ लिएर नेपाली कांग्रेसले शुक्रबार गरेको बन्द आह्वानले सिन्धुलीको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण यातायातका साधन , शिक्षण संस्था, सदरमुकामका सबै बजार, सरकारी कार्यालयहरु समेत सार्वजनिक विदाको दिन जस्तै सुनसान बनेका छन् ।






कांग्रेसले छानविन, उचित क्षतिपूर्ति र दोषीलाइ कारवाहीको माग गरेको छ । बुधबारका दिन राति कारागारत्रि भएको झडपमा परि गम्भीर घाइते भएका कमलामाइ नगरपालिका १ कुँडुलेका कैदी निरज देवकोटा उपचारकाक्रममा विहीबार निधन भएको थियो ।  झडपमा मृत्यु भएको नभइ हत्या भएको भन्दै स्थानीय तथा आफन्तले विरोधस्वरुप सदरमुकामका चोक, चोकमा टायर बालेका छन् ।  


उता जिल्ला प्रशासन कार्यालयले विहीबारदेखि लगाएको कर्फ्यु दिउँसो ३ बजे सम्मका लागि हटाएको छ । शान्ति सुरक्षा भड्किने खालका गतिबिधि नभए सकभर कर्फ्यु हटाउने मनसाय रहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । कारागारभित्र बुधबार राति भएको झडपमा संलग्न भएका १२ जना कैदीलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिइ सोधपुछ थालनी गरिएको समेत प्रजिअ आचार्यले जानकारी दिए । कारागार सुरक्षाका लागि रहेको प्रहरी नायब निरिक्षक इन्द्रनारायण चौधरी सहितको २० जनाको टोलीलाइ जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरी छानविन शुरु गरिएको प्रहरी नायब उपरीक्षक सानुराम  भट्टराइले जानकारी  दिए ।




तस्विर: कुशल श्रेष्ठ


Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...