Skip to main content

Posts

Showing posts from February, 2014

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउनुभयो

सिन्धुलीका ९ विद्यालयलाई नमुना वनाईने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ ।  जिल्ला शिक्षा कार्यालय सिन्धुलीले सदरमुकाममा रहेका नौ विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने तयारी गरेको जिल्ला शिक्षा कार्यालयले खुलासा गरेको छ । जिल्ला विकास समिति सिन्धुलीले आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले सो जानकारी गराउनुभएको हो । सदरमुकाममा रहेका कमला, गौमती, करकरे, गडौली, भिमान, पानीट्याङ्की, बरुणदेवी खट्टार र सिलामे माध्यमिक विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालयको रुपमा विकास गर्न लागेको जिल्ला शिक्षा अधिकारी लुईटेलले वताउनुभयो  । सामुदायिक विद्यालयको पढाईमा गुणस्तर खस्कन थाले पछि जिल्ला शिक्षा कार्यालयले सदरमुकाममा रहेका मावि विद्यालयलाई नमुनाको रुपमा विकास गर्न थालेको हो । नमुना विद्यालय हुनको लागी शैशिक उपलब्धि , विद्यालयको बाहिरी वतावरण, विद्यालयको हाता भित्र विद्यालयको नक्सा, शिक्षक आचारसंहिता, शिक्षकको हातमा डायरी, शिक्षक विद्यालयमा उपस्थित हाजिरी आवश्यक पर्ने पनी अधिकारी लुईटेलले वताउनुभयो । नमुना वनाउ थालेका ती विद्यालयमा जिल्ला शिक्षा कार्यालयको विषय विशेषज्ञ