Skip to main content

दोस्रो पटक थपिएको संविधानसभाको म्याद सकियो

१४ भदौ काठमाण्डौ
आज भदौ १४, अर्थात दोस्रो पटक संविधानसभाको म्याद थपिएको तीन महिना पूरा भएको छ । तोकिएको दुई वर्ष र थपिएको एक वर्षमा संविधान निर्माणको काम पूरा हुन नसकेपछि गएको जेठ १४ को मध्यरातमा दलहरुबीच पाँच बुँदे सहमतिपछि संविधानसभाको म्याद दोस्रो पटक थपिएको थियो ।

 दोस्रो पटक थपिएको समयमा समेत दलहरुले शान्ति प्रकि्रया र संविधान निर्माणको काम गर्न नसकेपछि संविधानसभाको म्याद सकिनु दुईदिन अघि नै फेरि भदौ १२ गते तीन महिनाका लागि संविधानसभाको म्याद तेस्रो पटक थपिइसकेको छ ।

 दलहरुबीच शान्ति प्रकि्रयाको काम पहिले वा संविधान निर्माणको काम पहिले भन्नेमा विवाद जारी रहेको बेला झलनाथ खनाल नेतृत्वकेा सरकारले राजिनामा दिएपछि सरकार गठनमा केन्द्रीत भएका थिए ।
http://www.mysindhulidarpan.com बाट सभारित 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide