एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा उपाध्यक्ष डाक्टर
बाबुराम भट्टराई आज सिन्धुली आउनु हुने भएको छ । सहिद शेरमान कुँवर र
मोहनचन्द्र गौतमको स्मृतिसभामा सहभागी हुन अध्यक्ष प्रचण्ड र उपाध्यक्ष
भट्टराई सिन्धुली आउन लाग्नु भएको हो ।
सिन्धुली घर भएका कुँवर र गौतम २०६१ सालमा सिराहमा मारिनु भएको थियो ।
सिन्धुली सदरमुकाममा हुने सभालाई सम्बोधन गर्न दुई नेता सहित नौं जनाकेा
टोली मध्यान्ह १२ बजे आउने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रमुख
स्वकीय सचिव गङ्गा श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोत: सिन्धुली दर्पण
स्रोत: सिन्धुली दर्पण
Comments