Skip to main content

इकु फेरि आउँदै


भाद्र २२, काठमाडौं
हास्य शृखंला 'मेरी बास्सै' मा जंगली मान्छे 'इकु' बनेपछि चर्चा बटुलेका सुलेमान शंकरले लगत्तै 'इकुः द जंगल म्यान' बनाएर पैसा पनि बटुले । अहिले उनैले बनाएको उक्त फिल्मको सिक्वेल 'इकुः ब्याक अगेन' रिलिजको तरखरमा छ । सागर लामिछाने निर्देशित फिल्म प्रदर्शनका लागि तयार भइसकेको सुलेमानले बताए ।
'सम्भवतः डिसेम्बरमा नेपालमै रिलिज गर्नेछौं,' सुलेमानले भने, 'त्यसभन्दा अघि नै दसैंतिर विदेशका आधा दर्जन देशमा च्यारिटी गरिनेछ ।' उनले अघिल्लो फिल्म हेरेका दर्शकले त्यस्तै अर्को फिल्मको पनि चाहना राखेपछि सिक्वेल बनाउने आँट आएको बताए । 'तर सिक्वेलमा अघिल्लो फिल्मको कथालाई छोएका मात्रै छौं,' उनले भने, 'दुई पात्र दोहोरिएका छन् ।'सुलेमानले यसमा आफ्नै पत्नी जया नेपालीलाई समेत उतारेका छन् । 'म विदेशी अनुसन्धाताको रूपमा छु, जसले विदेशमा लैजान लागिएको इकुलाई उद्धार गरी उसकै घर फर्काउन सघाउँछे,' पहिलोपटक फिल्म खेलेकी जयाले भनिन् ।उक्त फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व तथा पुरुषोत्तम प्रधानको छायांकन छ । विपिन आचार्यको संगीतमा इलेभेन थर्टी वुमन ब्यान्डको शीर्ष गीत पनि रहेको छ ।
स्रोत: इकान्तिपुर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide