लोकहरि आचार्य,
२३ भदौ सिन्धुली ।
पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।
रैथाने विउको रुपमा चिनिएको घैया धान उत्पादनको हिसावले कम फल्ने भए पछि लगाउन छाडेको किसान प्रलाद पोखरेलले बताउनु भयो । सिंचाईको सुविधा नभएको ठाउँमा घैया धान फल्ने भए पनि कतिपय किसानहरुले विउ नै नपाएकाले लगाउन नै छोडिसकेका छन् ।
स्रोत: माई सिन्धुली दर्पण डट कम
Comments