चौतारा, भाद्र १७ -
अविरल वर्षासँगै परेको चट्याङबाट सिन्धुपाल्चोक जिल्लाको छुट्टाछुट्टै स्थानमा एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीले दिएको जानकारी अनुसार शुक्रबार बेलुका परेको चट्याङबाट पिस्कर गाविस–८ का ४८ वर्षीया कृष्णदेवी खड्काको घटना स्थलमै मृत्युभएको छ । घाइते हुनेहरुमा सोही वडा निवासी ५३ वर्षीया देवीकुमारी भण्डारी, चार वर्षीया कृपा थामी, छ वर्षीया उषा पाण्डे, ५४ वर्षीया गीता खड्का, धुसकुन गाविस–७ का २८ वर्षीय लोकहरि न्यौपाने, १३ वर्षीया अमृता बस्नेत र बतासे गाविस–८ का ४२ वर्षीया पासाङ लामा छन् । घाइतेहरुको चौतारा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
Comments