काठमाडौ, भाद्र २९

कम्पनीले आधारभूत टेलिफोनबाट अर्को अञ्चलमा आफ्नै नेटवर्कभित्रका मोबाइलमा फोन गर्दा लाग्ने शुल्क घटाएर प्रतिमिनेट शुल्क २ बाट १ रुपैयाँ कायम गरेको छ । 'यो व्यवस्थापछि पिएसटिएन आधाभूत फोन, सिडिएमए फोन र भिस्याटबाट कम्पनीको नेटवर्कमा फोन गर्दा मुलुकभर एउटै महसुल कायम भएको छ,' थिकेले भने ।यस्तै आधारभूत टेलिफोन सेवाबाट अर्को अञ्चलमा रहेको कम्पनीकै पिएसटिएन, सिडिएमए, आधारभूत लाइन र भिस्याट सेवामा फोन गर्दा लाग्ने शुल्कसमेत घटाउने भएको छ । 'आइतबारदेखि शुक्रबारसम्म बिहान ८ देखि साँझ ६ बजेसम्म प्रतिमिनेट १ रुपैयाँ ५० पैसा कायम गर्न लागेका छौं,' थिकेले भने । अहिले यो सेवाको प्रतिमिनेट शुल्क २ रुपैयाँ छ ।
आधारभूत सेवाअन्तर्गत रहेको पिएसटिएन, सिडिएमए र भिस्याट सेवाको २०६७ असार मसान्तसम्मको बक्यौता महसुल बुझाउने समय थपेको छ । त्यस बेलासम्मको बक्र्यौता मंसिरसम्ममा बुझाए त्यसमा जरिवाना नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि सबै प्रकारका ताररहित इन्टरनेट सेवाको महसुल दर प्रति एक सय किलोबाटइमा १५ पैसाबाट घटाएर १० पैसा पुर्याएको छ । यो दर भदौ २३ गतेदेखि लागू भइसकेको छ ।
स्रोत: ईकान्तिपुर डट कम
Comments