सिन्धुली, भाद्र २९
तीन दिने निशुल्क आँखा शिविर आज देखी सिन्धुलीमाढीमा सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाको आयोजना एबं तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं जानकी आँखा अस्पताल जनकपुर र हेटौडा आँखा अस्पतालको प्राबिधिक सहयोगमा भएको सिबिरमा आज २९५ जना आँखा बिरामिहरुले जाच गरेका छन् । आँखा जाच गराउनेमद्ये ८० जनामा मोतियाबिन्दुको समस्या देखिएको नेपाल रेडक्रस सोसाईटि सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले बताउनुभयो । साथै उनिहरुको आँखाको अप्रेशन भोलि गरिने समेत उहाँले जानकारी दिनुभयो । आँखाका अन्य रोगिहरुलाई पनि आजै औषधि बितरण गरिएको छ । शिबिरमा सिन्धुली जिल्लाका अधिकांस गाबिस छिमेकि जिल्लाहरु रामेछाप महोत्तरि सर्लाहिबाट पनि बिरामिहरु आउने गरेका छन् । शिबिर पसिसम्म संचालन हुने आयोजकले बताएका छन् ।
Comments