Skip to main content

६.९ रेक्टरको भूकम्प

काठमाडौ, आश्विन २
नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रविन्दु भई आइतबार ६ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पले नेपालमा ५ जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । भारतमा ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । बेलुकी ६ बजेर २५ मिनेटमा डेढ मिनेटसम्म गएको भूकम्पको असर नेपालभर परेको छ । 

शक्तिशाली भूकम्पका कारण राजधानीको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किँदा त्यसले चेपिएर तीन जनाको मृत्यु भएको छ । धरानमा घर भत्किँदा पुरिएर दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीका अनुसार  दूतावासको पर्खाल भत्कँदा गाडीमा सवार ३६ वषर्ीय साजन श्रेष्ठ र उनकी आठ वषर्ीया छोरी अनिशाको ज्यान गएको हो । पर्खाल भत्किएपछि बा ६च ६४० नम्बरको कारमा रहेका बाबुछोरीको च्यापिएर ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले बताए । यस्तै बा १० प ४७१८ नम्बरको मोटरसाइकलमा रहेका सिन्धुलीका वीरबहादुर माझीको समेत ज्यान गएको छ । उनीहरू तीनै जनाको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बेहोस भई अस्पताल आएका थप चार जनाको उपचार भइरहेको छ ।आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तत्काल अघि बढाउन सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिएका छन् ।

घाइतेहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । धरानमा घर भत्किएर पुरिँदा १८ वषर्ीय सन्तोष परियार र पाँच वषर्ीय विमल परियारको ज्यान गएको हो । भूकम्पको कम्पन महसुस गर्नेबित्तिकै राजधानी र बाहिर जनजीवन भयपूर्ण भएको थियो । संविधानसभा भवनभित्र समेत संसद बैठक चलिरहेका बेला सभासदहरूबीच भागदौड मच्चिएको थियो । कम्पन महसुस भएपछि सभासदहरू बैठकै छोडेर बाहिर निस्किएका थिए । अग्ला भवन र घरभित्र रहेकाहरू पनि सडकमा निस्किएर भूकम्पबारे सोधखोज गरिरहेका थिए । सर्वसाधारण राति अबरेसम्म घर बाहिरै थिए । भूकम्पको कम्पन भएपछि चलिरहेका गाडीसमेत केही समय बीच सडकमै रोकिएका थिए ।  प्रवक्ता डीआईजी सिंहले संखुवासभामा एक प्रहरी घाइते भएको बताउँदै अन्य ठाउँमा मानवीय क्षति नभएको जानकारी दिए । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता माधव नेपालले काठमाडौं, ललितपुर र भक्तपुर गरी ३६ जनाभन्दा बढी घाइते भएको जानकारी दिए । घरको झ्याल र छतबाट भुइमा हामफाल्दा चार जनाको खुट्टा भाँचिएको छ । बानेश्वरको पेन्टागन कलेजको झ्याल, बुद्धनगरमा दुई तलामाथिको छत र मैतीदेवीमा घरको छतबाट हामफालेका चार जनाको खुट्टा भाँचिएको हो । मोडल अस्पतालबाट हामफालेर घाइते भएका चार जनाको त्यहीं उपचार भइरहेको छ । केन्द्रीय कारागार जगन्नाथ देवलमा भूकम्पबाट जोगिन भागदौड हुँदा दुई कैदी घाइते भएका छन् । धेरैको खुट्टा मर्किएको प्रहरीले जनाएको छ ।

काठमाडौंको स्युचाटारमा चारवटा घर भत्किएका छन् । साँखुमा दुई घर भत्किएको प्रहरीले जनाएको छ । भक्तपुरमा १३ घर भत्किएका र चार जना घाइते भएका प्रहरी प्रमुख नारायणसिंह खड्काले बताए । यस्तै लोकन्थलीमा मोटरसाइकल सवार स्याङ्जाका सागर भट्टराई  भूकम्पका कारण दुर्घटनामा परी घाइते भएका छन् । भागदौडमा परेर धेरै घाइते भएकाहरूको पाटन, अलका, वीर र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । केन्द्रीय कारागारको पर्खाल चर्किएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले भूकम्पको ठूलो धक्कापछि पनि १४ वटा स-साना भूकम्प -थाहा पाउन नसकिने किसिमका) गइसकेकाले फेरि दोहोरिने सम्भावना नरहेको प्रस्ट्याए । '६ दशमलव ८ रेक्टरस्केलपछि पनि १४ वटा स-साना भूकम्प गएकाले अब खतरा छैन,' उनले कान्तिपुरसित भने,  'साना भूकम्प नगएको भए त्रास कायमै हुन्थ्यो ।' अमेरिकी जियोलोजिकल सर्भेले भने ६ दशमलव ९ रेक्टर स्केल मापन गरिएको जनाएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक तथा भूकम्पविद् डा.जिस्नु सुवेदीले आइतबार बेलुकी गएको भूकम्प साढे २० किलोमिटर गहिराइमा विस्फोटन भएको बताए । उनका अनुसार, केन्द्रविन्दुमा जति कम गहिराइमा भूकम्पको विस्फोटन हुन्छ त्यति बढी खतरा हुन्छ । पूर्वी क्षेत्रमा बढी क्षति हुन सक्ने उनले औंल्याए । आइतबार गएको भूकम्प १९९० पछिको ठूलो हो । २०४५ को भदौ ५ मा ६ दशमलव ६ रेक्टरस्केल क्षमताको भूकम्प गएको थियो ।

१९९० को माघ २ मा ८ दशमलव ४ रेक्टरस्केल क्षमताको भूकम्प गएको थियो ।जानकारहरूका अनुसार विश्वका एक सय ९८ मुलुकमध्ये भूकम्पीय विपतको जोखिमका दृष्टिले नेपाल ११ औं स्थानमा पर्छ । १९९० को माघ २ मा ८ दशमलव ४ रिक्टरस्केल क्षमताको भूकम्प जाँदा ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटी पौवा तथा सार्वजनिक भवन गरी झन्डै दुई लाख सात हजार सात सय ४० संरचना भत्किएको थियो ।२०४५ सालको भदौ ५ गते बिहान ४ बजे उदयपुर जिल्लामा केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ रेक्टरस्केल क्षमताको भूकम्पले निकै ठूलो क्षति पुगेको थियो । त्यतिबेला ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजारभन्दा बढी संरचना ध्वस्त भएका थिए । २०२३ र २०३७ सालमा सुदूरपश्चिमका दार्चुला, बैतडी र बझाङ जिल्लामा गएको भूकम्पमा करिब एक सय २० जनाको ज्यान गएको थियो । 

गृह मन्त्रालय र जापान सहयोग नियोग -जाइका) ले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनले नेपालमा १९९० सालको माघ महिनामा गएको ८ दशमलव ४ रेक्टरस्केल क्षमता बराबरको भूकम्प गएमा राजधानीमा मात्र ४० हजार जनाको ज्यान जान सक्ने र ९५ हजार घाइते हुनुका साथै ६० प्रतिशतभन्दा बढी संरचनता ध्वस्त हुने देखाएको छ ।भूकम्पीय जोखिमका हिसालबे काठमाडौं दोस्रो स्थानमा रहेको मध्य अपि|mकी राष्ट्र एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरभन्दा ६ र जापानको सबैभन्दा बढी संवेदनशील सहरभन्दा करिब २ सय गुणाले बढी जोखिमपूर्ण मानिन्छ । भूकम्प प्रविधि राष्ट्रिय समाजले गरेको एक अध्ययनअनुसार काठमाडौंका ९० प्रतिशत भवनहरू भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग नगरीकन निर्माण गरिएका छन् । राजधानीलगायत मुलुकका करिब ८० प्रतिशत संरचना भूकम्पीय जोखिममा रहेको जानकारहरूको दाबी छ । भू-गर्भविद् डा.सुबोध ढकाल काठमाडौंमा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प आए माटो जडित कच्चा इँटा तथा गुणस्तरहीन निर्माण सामग्रीबाट बनेका जोखिमयुक्त घरसहित राजधानीलाई जोड्ने बाह्य सडक सञ्जाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत अवरुद्ध हुन सक्ने जोखिम रहेको बताउँछन् ।

स्रोत: ईकान्तिपुर डट कम



Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide