सिन्धुलीको खुर्कोटमा स्ल्यासको बोतलमा लेउ भेटिएको छ । राजधानी काठमाण्डु कोटेश्वर सिनामङ्गलमा रहेको बरुन वेभरेज नेपाल प्रालीद्वारा उत्पादित स्ल्यासको बोतल भित्र लेउ भेटिएको हो । खुर्कोट -५ पलाँसेमा रहेको पसलबाट किनेको स्ल्यास पीउन खोज्दा लेउ देखिएको क्रेता अनिल दहालले जानकारी दिनुभयो । सिन्धुलीमाढीको हिमशिखर डिलरबाट हिजैमात्र खरिद गरेर ल्याएको स्ल्यासमा लेउ देखा परेकोले आफू पनि अच्चमित भएको पसल संचालक शान्ता श्रेष्ठले बताउनुभयो । बोतलमा सन् २०११ जुलाई २८ तारिख उत्पादन मिति लेखिएको छ ।
स्रोत : माई सिन्धुली दर्पण डट कम
स्रोत : माई सिन्धुली दर्पण डट कम
Comments