Skip to main content

आचार्य

आश्विन १०,

गायक तथा संगीतकार भक्तराजराज आचार्यको जीवनकथामाथि निर्माता रोशन राईले निर्माण गरेको चलचित्र 'आचार्य'को गत बुधबार विशेष प्रदर्शन गरियो । आज शुक्रबारदेखि देशभर सार्वजनिक हुने उक्त  चलचित्रका निर्देशक प्रशान्त रसाइली हुन् । निर्देशक रसाइली बलिउडका अब्बल निर्देशक अनुराग वासुका मुख्य सहायक निर्देशक पनि हुन् । उनी ऋतिक रोशनद्वारा अभिनित चलचित्र 'काइटस्'मा निर्देशक  वासुका मुख्य सहायक थिए । सिक्किमका निर्माता तथा निर्देशकको प्रयासबाट निर्माण भै प्रदर्शन हुन लागेको उक्त चलचित्रलाई शैलेन्द्र कार्कीले खिचेका हुन् ।


भक्तराज आचार्यले आफ्नो जीवनको बाल्य एवं युवावस्था सिक्किमको डुवोर्समा बिताएको घटनाबाट आरम्भ हृुने यो चलचित्रमा उनको त्यतिबेलाको भोकसंगको संघर्ष र संगीतप्रतिको लगावलाई मार्मिक  ढंगबाट उतारिएको छ । जब उनी संघर्ष गरेर नाम कमाउने धुनमा काठमाडौं आउँछन् त्यसपछि चलचित्रको मूल कथा सुरु हुन्छ । उनले नाम त कमाउँछन् तर पनि एउटा सामान्य कलाकारको संघर्षपूर्ण  जीवन बाँच्न बाध्य छन् । मदिरापान गरेर आफ्नो पीडा कम गर्ने क्रममा भएको एउटा झगडामा उनी नराम्रोसंग घाइते हुन्छन् । उनलाई ठीक त हुन्छ, तर जिब्रोमा भएको घाउले क्यान्सरको रूप लिएपछि  एउटा होनहार गायकको जिब्रो काटिन्छ । यद्यपि भक्तराजले संघर्ष गर्न छाड्दैनन् । चलचित्रमा बाबुको चरित्रलाई भक्तराजका ज्येष्ठ सुपुत्र तथा गायक सत्यराज आचार्यले जीवन्त तुल्याउने प्रयास गरेका छन्  भने यो चलचित्रमा विख्यात गजल गायक गुलाम अलिले पनि विशेष भूमिका निर्वाह गरेका छन् । सुनिल पोखरेल, अरुणा कार्की, गोपाल भुटानी, सौगात मल्ल स्वराङ्न नगरी स्पट साउन्ड राखिएको उक्त  चलचित्रका अन्य महत्वपूर्ण पात्र हुन् ।


स्रोत : ई कान्तिपुर डट कम / साप्ताहिक  

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।