Skip to main content

नेपालीले बनाएको साइटमा फेसबुकको सुविधा


काठमाडौ, भाद्र २१ 
कार्यालयमा फेसबुक चल्दैन ? टि्वटर र फेसबुकको मज्जा एउटै साइटबाट लिन मन छ ? यस्तो हो भने अब तपाईका लागि एक नेपाली विद्यार्थीले बनाएको वेबसाइट उपयोगी हुन सक्छ । कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थी २१ बर्षे सुनिल चापागाईले फेसबुक र टि्वटरको विषेशतासहितको सामाजिक सञ्जाल मेरोपोस्टडटकम सार्वजनिक गरेका छन् । जसमा तीबाहेकका विषेशता समेत समेटिएका छन् ।

'नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तालाई ध्यान दिएर यो साइट निर्माण गरेको हुँ,' चापागाईले भने । उनले एक वर्ष लामो प्रयासपछि यो साइट तयार गरेका हुन् । साथीहरूलाई फलो गर्नेलगायत टि्वटरको विषेशता भएको यो साइटमा फेसबुकको जस्तो च्याट सुविधा छ ।
अझ यसको रमाइलो कुरा भने प्रयोगकर्तालेे चाहनाअनुसार आफ्नो वाललाई सजाउन सक्छन् । 'प्रयोगकर्ताले अरूभन्दा भिन्दै बनाएर वाल सजाउन सक्छन्,' उनले भने, 'रङ र फोटो कुन बनाउने भन्ने कुरामा प्रयोगकर्ता आफैंले छान्न सक्छन् ।' यसमा सोझै नेपाली युनिकोडमा स्टाटस लेख्न सक्ने सुविधा पनि छ । 'स्टाटस लेख्ने ठाउँमा रहेको नेपाली युनिकोड लेख्ने सुविधामा क्लिक गरेर स्टाटस नेपालीबाट लेख्न सकिन्छ,' उनले
भने । यसमा २ सय ५० अक्षरको स्टाटस लेख्न मिल्छ । यसमा आफूलाई मन लागेका सामग्री आफ्नो वालमा पोस्ट गर्न सकिन्छ । सुनिलका अनुसार गुगल र अन्य प्रकारका विज्ञापन सामग्रीहरू प्रयोगकर्ताले आपmनो वालमा राख्न सक्ने बताए ।
उनले यस सञ्जालमा सक्कली खाता खोल्न पाउने बताएका छन् । एकाउन्ट भएकाले त्यहाँ रहेको खाता भेरिफाई गर्ने ठाउँमा गएर आफ्नो परिचय दिने कुनै कागजात पठाएपछि मेरोपोस्टले उसको एकाउन्टलाई भेरिफाइड गरिदिन्छ । 'नागरिकता, लाइसेन्सलगायत कागजात पठाएपछि एकाउन्ट भेरिफाई गरिन्छ,' उनले भने, 'सक्कली खातालाई प्रोत्साहन गर्न यस्तो गरिएको हो ।' यस्तो सुविधापछि अन्य सामाजिक सञ्जालमा नक्कली खाता खोलेर झुक्काउनेलाई यसले निरुत्साहित गर्ने भन्दै प्रयोगकर्ता निर्मल अधिकारीले मेरोपोस्टमा लेखेका छन्, 'केटी भन्दै झुक्काउन खोज्नेलाई भेरिफाई गर्ने प्रणालीले हरिबिजोग गर्ने भो । सबैले भेरिफाई गर्नुस् है ।'
सुरु गरेको दुई सातामा अहिलेसम्म २ हजार ८ सयले खाता खोलेको सुनिलले बताए । 'दैनिक प्रयोगकर्ताको संख्या १ हजार ५ सय छ,' उनले भने, 'यसमा भएको सुविधा मन पराएर धेरै राम्रो प्रतिक्रिया आएको छ ।' उनका अनुसार सम्पूर्ण प्रयोकर्तामध्ये २ सयले आफ्नो एकाउन्ट भेरिफाई गरेको बताए । यसमा फोटो भने एकै पटक धेरै हाल्न सकिँदैन । एक पटकमा एउटा फोटो अपलोड गर्न सकिने उनले बताए । 'छिट्टै धेरै वटा फोटो एकैपटक अपलोड गर्न सकिने ग्यालरी सिस्टम ल्याउने योजना बनाएका छौं,' उनले भने । यसमा भिडियो र फाइलहरू पोस्ट गर्ने सुविधा पनि छ ।

स्रोत: ई कान्तिपुर डट  कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide