Skip to main content

'सबै दुखाइ मुटुको समस्या होइन'


काठमाडौ, आश्विन ३
कान्तिपुर पब्लिकेशन मा सोमबार स्वास्थ्य शिविरमा
 संलग्न नर्भिक
स्पताल्का चिकित्सक टोलि 
तपाइ, तपाईंको परिवार वा छिमेकमा हृदयाघातको लक्षण देखिए तुरुन्त दुई चक्की दुखाइ नाशक 'एस्पि्रन' खाएर अस्पताल जान चिकित्सकहरूले सल्लाह दिएका छन् । यसो गरे हृदयाघातबाट बाँच्ने सम्भावना २५ प्रतिशतले बढ्ने उनीहरूले बताएका हुन् ।'तपाइ आफूलाई नभए छिमेकीलाई सहयोग गर्न घरमा दुखाइ नाशक एस्पि्रनको चक्की राख्नुस्,' नर्भिक इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. भारत रावतले कान्तिपुर पब्लिकेसन्समा मुटुरोगबारेको प्रवचनमा भने- 'यो अति सामान्य कुरा भए पनि धेरैको ज्यान जोगाउन सक्छ ।' हृदयाघातको लक्षण देखिए जति छिटो सुविधासम्पन्न अस्पतालमा पुग्ने पहिलो प्राथमिकता भए पनि यो समस्या आउन नदिने जीवनशैलीमा परिवर्तन भने महत्त्वपूर्ण रहेको उनले बताए ।

सबैले मुटु दुख्ने गरेको भने पनि सबै दुखाइ भने मुटुरोगको लक्षण नहुनेसमेत उनले उल्लेख गरे । छातीको बीच भागमा भएको दुखाइ ग्यास्टि्रक वा घातक मुटुको दुखाइमध्ये कुनै एक हुन सक्ने भए पनि यो कस्तो दुखाइ हो भन्नेबारे निक्र्यौल गर्नुपर्ने बताए ।
डा. रावतका अनुसार तल्लो बङ्गाराको कुनै पनि भागमा हुने दुःखाइ, नाइटोमाथिको पेटको दुखाइ, छातीको बीच भागमा सहन नसक्ने दुःखाइ हृदयाघातको दुःखाइ हुनसक्छ । बायाँ वा दायाँ पाखुरा दुख्ने, छातीको बीच भागमा अकस्मात् दुःख्ने, छातीमा गह्रांैपनको महसुस हुने, अप्ठ्यारोपन सहित सास फेर्न गाह्रो हुने, वाकवाक लाग्ने, चिटचिट पसिना आउने तथा आँखाको अगाडि अन्धकार छाउने पनि हृदयाघातका लक्षण हुन सक्छन् । यस्तै शारीरिक मिहिनेत बढाउँदै जाँदा वा छिटो-छिटो हिंड््दा छाती दुःखेमा त्यो पनि मुटुको दुखाइ अर्थात् एन्जाइना हुनसक्ने औंल्याउँदै डा. रावतले यस्तो स्थितिमा चिकित्सकसँग सम्पर्क गर्नुपर्ने बताए ।
डा. रावतले छातीका सबै दुःखाइलाई भने मुटुरोगसँग जोड्न नमिल्नेसमेत बताए । उनका अनुसार छातीको कुनै पनि भागको सानो ठाउँमा दुःखेमा दुःखेको ठाउँमा थिच्दा एकदम दुःख्ने वा दुःखेको कम हुने गर्दा, शारीरिक गतिविधिहरू गर्दा नदुःख्ने भएमा, सुत्दा मात्र दुःख्ने भएमा, गहिरो श्वास लिंदा मात्र दुःख्ने भएमा, थकानको बेला मात्र दुःख्ने मुटुरोगसँग असम्बन्धित दुखाइ हुन् ।
डा. रावतका अनुसार १२०/८० को स्थिति सामान्य रक्तचापको हो । योभन्दा माथि भएको अवस्थामा औषधि खानुपर्ने वा नपर्ने निर्णय चिकित्सकले गर्छन् । 'उच्च रक्तचाप देखिएमा सबैभन्दा पहिले आफ्नो जीवनशैलीमाथि सकारात्मक परिवर्तन गर्नुस्,' डा. रावतले भने, 'यो सँगै नुन र नुनको मात्रा बढी भएका पापड, अचार, आलुको चिप्स, नुन छरेको भुटेको मकै र चिज जस्ता पदार्थहरू खान कम गर्नुपर्छ ।' यो प्रक्रिया अपनाउँदासमेत रक्तचाप १४०/९० को स्तरमा नै रहिरह््यो भने चिकित्सकको सल्लाहमा औषधिसहितको उपचार आवश्यक हुन्छ ।
कस्तो दुखाइमा चिकित्सककहाँ जाने ?
मधुमेह, उच्च रक्तचाप, धूमपान, उच्च कोलेस्ट्रोल, मुटुरोग भएको पारिवारिक इतिहास भएका चार दशक नाघिसकेकाहरूलाई भर्‍याङ चढ्दा, वा गाह्रो काम गर्दा छातीमा फरक प्रकारको असजिलो, दुःखाइ, जलन, गाह्रोपना देखियोस् र आराम गर्दा सन्चो अनुभव होस् अथवा अचानक छातीभित्र गाह्रो हुने, डल्लो पर्ने वा अत्यधिक पीडा महसुस हुने अवस्थामा चिकित्सककहाँ जानुपर्छ ।
छातीको कुनै पनि एउटा विन्दुमा देखिएको दुखाइ । उक्त ठाउँमा थिच्दा सन्चो वा झन् नराम्रो अनुभव हुनु, यस्तो दुखाइ कुनै पनि समयमा देखिनु र यसको सम्बन्ध थकानसँग नहुनुका साथै हिंड्दा राम्रो अनुभव गर्नु । ३५ वर्षमुनिका पुरुष र ४० वर्षमुनिका महिलामा हृदयाघात धेरै दुर्लभ छ । यो उमेर समूहमा अधिकांश छातीको दुखाइ मुटुसम्बन्धी हुँदैन ।
स्वास्थ्य शिविर
कान्तिपुर पब्लिकेसन्समा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कान्तिपुर शाखा र नर्भिक इन्टरनेसनल अस्पतालको संयुक्त आयोजनामा भएको शिविरमा पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियासहित १ सय ६६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा मुटुरोग विशेषज्ञ डा. भारत रावत, फिजिसियन डा. मधु घिमिरे, शल्यचिकित्सक ऋषिकेश श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ डा. राज एसजेबी राणा, मुटुरोग विशेषज्ञ डा. शेखरराज भण्डारी र चिकित्सकहरू डा. सुरजराज उप्रेती, डा. सन्दीपराज पाण्डे, डा. अर्चना यादव, डा. कर्म गुरुङ लगायतका नर्भिक इन्टरनेसनल हस्पिटलका २४ जनाको टोली संलग्न थियो । शिविरमा क्वेस्ट फर्मास्युटिकल्स प्रालिले निःशुल्क औषधि वितरणसमेत गरेको थियो । यस्तै हेल्थ केयर टेक्नोलोजीले ग्लुकोमिटर र रक्तचाप मेसिन उपलब्ध गराएको थियो । डा. रावतले मुटुरोगबाट बचाउसम्बन्धी प्रवचनसमेत दिएका थिए । पब्लिकेसन्सका अध्यक्ष सिरोहिया, निर्देशक रामेश्वर थापा, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, महासंघ कान्तिपुर शाखाका अध्यक्ष अतुल मिश्रले स्वस्थ जीवनको आवश्यकताबारे मन्तव्य व्यक्त गरेका थिए ।
स्रोत : ईकान्तिपुर डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।