Skip to main content

सिन्धुलीमा यो वर्ष जुनार उत्पादन २० प्रतिशतले बढ्ने


२२ भदौ,
अघिल्लो वर्षको तुलनामा यस वर्ष सिन्धुलीमा जुनारको उत्पादन २० प्रतिशतले बृद्धि हुने भएको छ । जुनारको लागि यस वर्ष मौसम अनुकुल हुनु र किसानहरुले समयमै जुनारमा लाग्ने किरा नियन्त्रण गरेकाले जुनार उत्पादनमा बृद्धि हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जुनारको बोटमा जुनारको साइज आइसकेकोले पनि जुनार उत्पादनमा बृद्धि हुने पक्का भएकॊ जुनार विकास संघ सिन्धुलीले बताएको छ ।


गत वर्ष जिल्लामा ११ हजार ८ सय ४० मेटि्रक टन जुनार उत्पादन भएको जुनार विकास संघ सिन्धुलीले जनाएको छ । यस वर्ष २ हजार ३ सय ६८ मेटि्रक टन बढी उत्पादन हुने जुनार विकास संघ सिन्धुलीका अध्यक्ष दीपक कोइरालाले बताउनु भयो । सिन्धुलीमा एउटा किसान एक रोपनी देखि ६० रोपनी सम्म जुनार खेती गर्ने गरेका छन् । ४ हजार २ सय किसानहरु जुनार खेतीमा आवद्ध रहेको जुनार विकास संघले जनाएको छ । सिन्धुलीमा १५।५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिने गरेको जुनार विकास संघ सिन्धुलीको तथ्याँक रहेको छ ।सिन्धुलीका तीनकन्या रतनचुरा बाशेश्वर जलकन्या मझुवा भुवनेश्वरी वितिजोर लगायत ४५ गाविसमा जुनार खेती गर्ने गरिएको छ । वर्षेनी जुनार खेतीबाट सिन्धुलीका किसानहरुले १० हजार देखि ५ लाख सम्म आम्दानी लिने गरेका छन् । जुनार उत्पादनलाई सहयोग गर्न नेपाल सरकारले उद्योग वाणिज्य संघ मार्फत किसानहरुलाई सहयोग गरिरहेको छ । जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रम मार्फत किसानहरुलाई औजार तालिम विषादी र विरुवा खरिदमा पचास प्रतिशत अनुदान दिने गरेको छ । सिन्धुलीको जुनार विराटनगर विरगाज जनकपुर चितवन मकवानपुर पोखरा तथा काठमाडौ लगायतमा विक्रीको लैजाने गरिन्छ ।

साभार:  माई सिन्धुली दर्पण डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide