१७ भदौ, काठमाण्डौ
दलहरुबीच राज्यपुनसर्ंरचना आयोग बनाउने या नबनाउने भन्ने विषयमा विवाद चर्किएको छ । आज बसेको संबैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिको बैठकमा राज्यपुनसंरचना आयोग बनाउने अथवा विज्ञहरुको टोली सम्मिलित संयन्त्र बनाउने भन्नेमा विवाद भएपछि राज्य पुनसंरचनाको बिषय टुंगो लाग्न सकेन ।
बैठकमा एकीकृत माओवादी एमाले सहित मधेशवादी दहरुले विज्ञहरुको टोली सम्मिलित टोली बनाएर टुंगो लगाउनु पर्ने बताएका थिए । तर काङ्ग्रेसले राज्य पुनसर्ंरचना आयोग नै बनाउनुपर्ने अडान नछोडेपछि विवाद समाधान हुन नसकेको समितिका सदस्य कल्पना राणाले जानकारी दिनुभयो । नयाँ सरकार गठन भएपछि आज पहिलोचोटी उपसमितिको बैठक बसेको हो।
http://www.mysindhulidarpan.com बाट सभारित
Comments