Skip to main content

इन्टरनेटबाटै दसैं




असोज २०,


सप्तमी सुरु भइसक्दा पनि झरी रोकिएको छैन । यस्तै हो भने यसपालिको दसैंले 'हिलाम्मे' विशेषण पाउने पक्का भो । उसै त कच्ची यहाँका सडकहरू, बढ्दो झरीले न गुडिसक्नु छ न त हिँडिसक्नु नै । तर आफन्तकहाँ (वा घर) जानैपर्‍यो । ज्यानै जोखिममा राखेर यात्रा गर्ने कि विकल्प खोज्ने ? पक्कै विकल्पतिरै लाग्नु उचित, आखिर बाँचे न दसैं । 'त्यही सोचेर,' मूल घर खोटाङ भएका तर कामका सिलसिलामा हाल मैतीदेवी बस्दै आएका २८ वर्षीय सविनय कार्कीले भने, 'यसपालिको दसैं पनि अनलाइनमै मनाइन्छ ।'



स्वागत छ अनलाइन दसैंमा
नेपालमा कुल जनसंख्यामध्ये झन्डै १० प्रतिशतको पहुँचमा पुगिसकेको इन्टरनेट प्रविधिको बढ्दो प्रयोगले अब दसैं कुनै भूगोलमा सीमित रहेन । रेडियो नेपालमा 'घटना र विचार' सुन्दै आफ्नो छोरा सविनयको बाटो कुर्ने खोटाङका शिक्षक किर्तधनले उतैबाट 'आयुः द्रोणसुते...' पढ्नेछन् । 'बुवा ढोग गरेँ,' सविनयले मैतीदेवी प्रहरी चौकी अघिल्तिरको गल्लीमा रहेको तीन तले घरको तल्लो तलाको एउटा कोठामा -सायद, बजारबाट ल्याउने योजना बनाएका १ किलो खसीको मासु पकाउन उनका सहयोगी स्टोभमा पम्प लगाउँदै हुनेछन् । भन्नेछन्, 'आमालाई पनि ढोग गरेँ है ।' धन्य प्रविधि, उनका परिवारका सबै सदस्यले बिस्तारै ओठ मुस्कान दिनेछन् ।
'यो पो मज्जा त,' एक कम्प्युटर इन्स्िटच्युटका निर्देशक उनले झरी पर्दै गरेको आइतबार साँझ भने, 'कहाँ कोचाकोच झुन्डिएर उहाँसम्म पुग्नु ?' उनले भनेझैं गफिँदै गर्दा स्थानीय कफी पसलबाट सडकहरूमा देखिएका प्रायः सबै भाडाका गाडीहरू यात्रुले भरिभराउ देखिन्थे । एक अर्कालाई थाम्दै गाडीका ढोकामा झुन्डिएकाहरू आकाशे पानीको कत्ति पनि प्रवाह नगरेझैं देखिन्थे, एउटै चिन्ता थियो गन्तव्यको । 'तर तपाईं कहाँ पुग्ने ?' सविनयले गाडीका यात्रुबाट ध्यान भंग गराए, 'म तुरुन्तै बिनाकुनै झन्झट पुर्‍याइदिन्छु ।' अनलाइन शक्ति 'मज्जा छैन त ?,' इन्जिनियर विकास कायस्थले भने, 'आधुनिक बन्न सक्नुपर्‍यो नि '  यी इन्जिनियरले, सविनयझैं, यो पल्टको दसैं काठमाडौंबाटै मनाउने छन् । 'गत साल पनि यस्तै भाथ्यो,' पोखराका स्थायी बासिन्दा उनले थपे, 'बुवाहरू उतै, म यतै ।' स्काइपमार्फत दुईतिर 'कनेक्सन' बनाए । स्काइप इन्टरनेट सामाजिक सञ्जालमा एक प्रख्यात वेबसाइट हो जो खासगरी 'भिडियो कुराकानी' का लागि अहिलेसम्मकै सबैभन्दा सहज मानिन्छ ।
सहज यो र यस्तै -फेसबुक, टि्वटर) सामाजिक सञ्जालमार्फत घरपरिवार र आफन्तसम्ममा आफ्नो उपस्थिति प्रगाढ बनाउन खोज्नुले हरेकले यो पर्वप्रति गरेको सम्मानलाई दर्शाउँछ । 'र यसले अनलाइनमा हुर्कंदै गरेको पुस्ता आफ्नो संस्कृतिलाई पनि बिर्संदैन भन्ने प्रमाणित पनि गर्छ,' समाजशास्त्री चैतन्य मिश्र भन्छन्, 'विश्वव्यापीकरणको जमानामा यो गौरवको विषय हो ।' मिश्रका अनुसार दसैंलाई धार्मिक चाडका रूपमा मात्रै हेरियो र हरेकको भौतिक उपस्थितिलाई मात्रै महत्त्व दिन थालियो भने एक पछि अर्को गर्दै अबको पुस्ता विलय हुन सक्ने खतरा प्रबल छ । बरु, थपे, 'आफूहरू पनि अनलाइनमा अभ्यस्त हुन सक्नुपर्छ ।' नेपालमा अनलाइनमा अभ्यस्त बन्न त्यति गाह्रो नरहेको यसमा भइरहेको विकासक्रमलाई हेरे काफी हुन्छ । हाते फोन प्रयोगकर्ताको संख्या लगभग ५० प्रतिशत नाघ्न आँट्नु, र तीमध्ये अधिकांशले इन्टरनेट प्रणालीलाई आफूमै स्वतन्त्र राख्नु (जस्तै जीपीआरएस, थ्रीजी) विश्व प्रविधि बजारमा भित्रन नपाउँदै नयाँ उत्पादनहरू यहाँ धेरैका रोजाइमा पर्नु र अझ प्रायः स्कुले विद्यार्थीहरू कम्प्युटरमा पोख्त रहनु । एक महिनाअघि काठमाडौंमै सम्पन्न सफ्टवेरहरूको प्रदर्शनीले पनि यसमा थप आशा जगाइदिन्छ नि  घरमै बसी-बसी सारा काम भ्याउन सकिने सफ्टवेयरहरूको विकास भइसकेका छन्, स्वदेशमै ।

एक सफ्टवेयर निर्माता कम्पनी मिदासका निर्देशक छत्रहरि कार्की भन्छन्, 'हामी गर्न सक्छौं भन्ने प्रमाण हो यो ।' उनको कम्पनीले नेपालका सबै भेगका विद्यालय लक्षित शैक्षिक सामग्री बनाएका छन् । त्यसमार्फत कक्षामा विद्यार्थीहरूलाई प्रभावकारी ढंगले पढाउन सकिन्छ । 'ल्याब नभएका दुर्गम भेगका स्कुलहरूमा पनि,' उनले भने, 'ल्याबमै काम गरेजस्तोे अनुभूति दिलाउने सफ्टवेयर बजारमा ल्याएका छौं ।' यस्ता सफ्टवेयरले नेपालको समग्र विकासमा टेवा पुर्‍याउने सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता बताउँछन् । भन्छन्, 'हामीले यथेस्ट सहयोग गर्न नसके पनि निजी स्तरबाट यस्ता काम हुनु सह्रानिय कुरा हो ।' कुरा त सह्रानिय नै हो तर राजनीतिक प्रतिबद्धता केबल बोलीमै सीमित हुनुले यस्ता काम गर्नेहरूलाई थप हतोत्साही बनाउँछ कि भन्नेतर्फ नेताहरूले ध्यान दिनु आवश्यक रहेको ठान्छन् कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष विप्लवमान सिंह भन्छन्, 'अहिलेसम्म विज्ञान मन्त्री नियुक्ति हुन सक्या छैन, यस्तोमा के आश गर्नु ?' यस्तै अस्थिरताकाबीच नेपाली प्रविधिहरू देशमा मात्र होइन विदेशमै पनि सफ्टवेयर निर्माणको क्षेत्रमा ख्यातिप्राप्त छन् । 'सफ्टवेयरका लागि विश्वमै नामी छिमेकी भारतले हाम्रै प्राविधिक रुचाउँछन्,' क्यानका प्रथम उपाध्यक्ष किशोर पन्त भन्छन् । भारतका केही कम्पनीले अमेरिकी सरकारी नियोगसँग मिलेर सफ्टवेयर निकासी गर्छन् । भारत पनि रातारात सफ्टवेयर बजारमा प्रभुत्व जमाउने थोरै मुलुकमध्येको एक हो । सन् २००१ मा वेबसाइट डट कममा एक प्रकारको 'क्राइसिस' आएपछि युरोप, अमेरिकाजस्ता विकसित मुलुकमा काम गर्न पसेका भारतीयहरू काम छाडि स्वदेश फर्किए र देशकै लागि केही गरौं भन्ने अभियानमा लागे ।

साभार : ईकान्तिपुर डट कम


Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide