कार्तिक १०,
राष्ट्रिय विभुति शंखधर साँख्वाले प्रचलनमा ल्याएको नेपाल सम्बत आजदेखि ११३१ वर्ष पूरा भएर ११३२ औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सम्बतका अवसरमा नेवार समुदायले आज राजधानीलगायत मुलुकभर विविध कार्यक्रम आयोजना गरेका छन् । नेपाल सम्बतक राष्ट्रिय न्हु दँ समारोह समितिका अध्यक्ष पद्मरत्न तुलाधरको अगुवाईमा काठमाडौँको वसन्तपुरबाट निस्किएको र्याली जैसीदेवल, असन, इन्द्रचोक, भोटाहिटी हुँदै खुलामञ्चमा पुगेर विशेष सभामा परिणत भएको थियो । सभालाई प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक आन्दोलनका अगुवा पद्यमरत्न् तुलाधरले सम्बोधन गर्नुभएको छ ।

नेपाल सम्बत् विक्रम सम्वत्भन्दा ९ सय ३६ र इस्बी सम्बत् भन्दा ८ सय ६९ वर्ष १० महिना १५ दिनपछि सुरु भएको मानिन्छ । ८ सय ८८ वर्षसम्म कायम रहेको नेपाल सम्बत् सन् १९०३ भन्दा पहिले सरकारी कामकाजमा समेत प्रयोग गरिन्थ्यो । सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल सम्बत् प्रयोगमा रोक लगाउँदै विक्रम सम्बत् लागू गरेका थिए । साँख्वालाइ सरकारले २०५६ साल मंसिर २३ गते राष्ट्रिय विभुति घोषणा गरेको थियो । प्रोफेसर मणिकलाल श्रेष्ठ शंखधर साँख्वाले तत्कालीन लिच्छवी कालीन राजा राघवदेवको शासन कालमा जनतालाई ऋण तिरेर दासत्वबाट मुक्त गरी नयाँ युगको प्रारम्भ भएको खुसीयालीमा नेपाल सम्बत् स्थापना गरेको बताउनुहुन्छ । विभिन्न शिलालेख, ताम्रपत्र तथा ग्रन्थहरुमा पनि नेपाल सम्बतको प्रयोग भएको पाइन्छ । यो सम्बत् काठमाडौं उपत्यका र तत्कालीन नेपाल खाल्डोमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचलनमा आएको पाइन्छ । चीनका मिङबंशी सम्राट ताये मिङले बनेपाका शासक शक्तिराम सिंहलाई पठाएको पत्रमा नेपाल संम्वत् ५३५ असार शुक्ल दशमी उल्लेख गरेको श्रेष्ठ बताउहुहुन्छ । नेपाल सम्बत् प्रारम्भ भएकै दिन नेवार समुदायले म्हपूजा पनि गर्ने चलन पहिलेदेखि चल्दै आएको छ । म्हपूजाको दिन आफ्ना शरीरलाई मण्डप बनाएर, दीप प्रज्वलित गरी आफैँ पूजा गरिन्छ ।
नेपाल सम्वत्लाई तीन वर्षअघि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय मान्यता प्रदान गरे पनि सरकारी कामकाजमा भने अझै प्रयोगमा ल्याइएको छैन । वर्तमान डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले केही दिनअघि नेपाल सम्वत्लाई सरकारी क्यालेन्डरमा पनि प्रयोग गर्ने निर्णय गरेको छ, विक्रम सम्वत्लाई सरकारी पात्रोमा उल्लेख गर्ने निर्णय गरेको छ । सरकारले आगामी वर्षदेखि नेपाल सम्वत् प्रयोगमा ल्याउनेबारे अध्ययन गर्न सरकारले लामो समयदेखि नेपाल सम्बतको व्यवहारिक प्रयोगका लागि आवाज उठाउँदै आएका नागरिक अगुवा पद्यमरत्न तुलाधरको संयोजकत्वमा तीन सदस्यीय एक कार्यदलसमेत गठन गरेको छ ।
साभार : अनलाइन खबर
साभार : अनलाइन खबर
Comments