Skip to main content

सिन्धुलीमा भएको बस दुर्घटनामा ४२ को ज्यान गयो (तस्विरसहित)


असोज २६ , 

सिन्धुलीबाट काठमाण्डौं जादैँ गरेको यात्रुवाहक बस विहिवार सिन्धुलीको पुरानो झाँगाझोलीको वडा नम्वर ६ स्थित रिठ्ठे भिरवाट खस्दा ४२ जनाको मृत्यु भएको प्रहरीले पुष्ठी गरेको छ । घटनास्थलमा ४० जना र थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा वस चालक प्रेम आले मगर  पुरानो झागाझोलीका विर वहादुर तामाङ भिमेश्वर ७ का युवराज श्रेष्ठ कमलामाई नगरपालिका ५ का ईश्वर पोख्रेल सिजंव कार्की त्यस्तै ५७ बर्षीय समरवहादुर जोशी र ३५ बर्षीय नमिता जोशीको पनि सनाखत भएको छ । यस्तै नाम खुल्न नसकेका एकै परिवारका आमाछोराको पनि शव भेटिएको छ । 

धुलिखेल अस्पतालमा सिन्धुली डाडी गुराँसेका ५ बर्षे बालिका रिाजता गौतम उनका बाबु बदि्र सिन्धुलीकै रस्मिता श्रेष्ठ सिन्धुलीको तीनकन्याका २६ बर्षीय नारायण मगर सिद्धेश्वरी सिन्धुलीका २४ बर्षीय बाबुलाल योाजन पातलेखेत ८ काभ्रेका ३० बर्षीय जेठो मिजार सिन्धुलीकै पुजा गाविसकी १५ बर्षीय करुणा तामाङ रामेछापको खिम्तीकी ३२ बर्षीय कल्पना दर्जी सिन्धुलीको रानीखोलाका १५ बर्षीय कुबेर मगर सिन्धुली रतनचुरा ९ की जानुका श्रेष्ठ र सिन्धुलीको रानीचुरी २ की १० बर्षीय पुजा श्रेष्ठको उपचार भइरहेको छ । यात्रुवाहक बसमा ६० जना यात्रु रहेको सो वस सडकभन्दा तिनसय मिटर तल खसेको वताईएको छ ।  विहान ५ वजेर ३० मिनेटमा सिन्धुलीमाढीवाट छुटेको वस विहान साढे १० वजे कोशिमा खसेको स्थानिय वासीले वताएका छन् । वसको छतवाट हाम फालेर ११ जनाले ज्यान जोगाएका छन् ।  बसमा क्षमताभन्दा बढी यात्रु रहेको र अप्ठेरो बाटो भएकोले दुर्घटना भएको अनुमान गरिएको छ । घटनासम्बन्धी विस्तृत विवरण आउन अझै बाँकी छ ।

सुनकोशी नदिको तिरमा वजारिएको वस तस्विर:गम्विर मान थापा
शव जम्मा गदै प्रहरी तथा स्थानियवासी तस्विर:गम्विर मान थापा 
जम्मा पारिएको शव तस्विर:गम्विर मान थापा

जम्मा पारिएको शव 

साभार : सिन्धुली दर्पण 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।