Skip to main content

आजदेखि नेपाल सम्बतको नयाँ वर्ष सुरु

राष्ट्रिय विभुति शंखधर साँख्वाले प्रचलनमा ल्याएको नेपाल सम्बत आजदेखि ११३१ वर्ष पूरा भएर ११३२ औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सम्बतका अवसरमा नेवार समुदायले आज राजधानीलगायत मुलुकभर विविध कार्यक्रम आयोजना गरेका छन् । नेपाल सम्बतक राष्ट्रिय न्हु दँ समारोह समितिका अध्यक्ष पद्मरत्न तुलाधरको अगुवाईमा काठमाडौँको वसन्तपुरबाट निस्किएको र्‍याली जैसीदेवल, असन, इन्द्रचोक, भोटाहिटी हुँदै खुलामञ्चमा पुगेर विशेष सभामा परिणत भएको थियो । सभालाई प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक आन्दोलनका अगुवा पद्यमरत्न् तुलाधरले सम्बोधन गर्नुभएको छ ।
नेपाल सम्बत्  विक्रम सम्वत्भन्दा ९ सय ३६ र इस्बी सम्बत् भन्दा ८ सय ६९ वर्ष १० महिना १५ दिनपछि सुरु भएको मानिन्छ । ८ सय ८८ वर्षसम्म कायम रहेको नेपाल सम्बत् सन् १९०३ भन्दा पहिले सरकारी कामकाजमा समेत प्रयोग गरिन्थ्यो । सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल सम्बत् प्रयोगमा रोक लगाउँदै विक्रम सम्बत् लागू गरेका थिए । साँख्वालाइ सरकारले २०५६ साल मंसिर २३ गते राष्ट्रिय विभुति घोषणा गरेको थियो । प्रोफेसर मणिकलाल श्रेष्ठ शंखधर साँख्वाले तत्कालीन लिच्छवी कालीन राजा राघवदेवको शासन कालमा जनतालाई ऋण तिरेर दासत्वबाट मुक्त गरी नयाँ युगको प्रारम्भ भएको खुसीयालीमा नेपाल सम्बत् स्थापना गरेको बताउनुहुन्छ । विभिन्न शिलालेख, ताम्रपत्र तथा ग्रन्थहरुमा पनि नेपाल सम्बतको प्रयोग भएको पाइन्छ । यो सम्बत् काठमाडौं उपत्यका र तत्कालीन नेपाल खाल्डोमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचलनमा आएको पाइन्छ । चीनका मिङबंशी सम्राट ताये मिङले बनेपाका शासक शक्तिराम सिंहलाई पठाएको पत्रमा नेपाल संम्वत् ५३५ असार शुक्ल दशमी उल्लेख गरेको श्रेष्ठ बताउहुहुन्छ । नेपाल सम्बत् प्रारम्भ भएकै दिन नेवार समुदायले म्हपूजा पनि गर्ने चलन पहिलेदेखि चल्दै आएको छ । म्हपूजाको दिन आफ्ना शरीरलाई मण्डप बनाएर, दीप प्रज्वलित गरी आफैँ पूजा गरिन्छ ।
नेपाल सम्वत्लाई तीन वर्षअघि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय मान्यता प्रदान गरे पनि सरकारी कामकाजमा भने अझै प्रयोगमा ल्याइएको छैन । वर्तमान डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले केही दिनअघि नेपाल सम्वत्लाई सरकारी क्यालेन्डरमा पनि प्रयोग गर्ने निर्णय गरेको छ, विक्रम सम्वत्लाई सरकारी पात्रोमा उल्लेख गर्ने निर्णय गरेको छ ।
सरकारले आगामी वर्षदेखि नेपाल सम्वत् प्रयोगमा ल्याउनेबारे अध्ययन गर्न सरकारले लामो समयदेखि नेपाल सम्बतको व्यवहारिक प्रयोगका लागि आवाज उठाउँदै आएका नागरिक अगुवा पद्यमरत्न तुलाधरको संयोजकत्वमा तीन सदस्यीय एक कार्यदलसमेत गठन गरेको छ ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।