Skip to main content

नेपालीलाई बिदेशमा वैंकखाता खोल्न कडाई

कार्तिक  १ ,

नेपाल राष्ट्र वैंकले नेपाली नागरिकलाई बिदेशी बैंकमा खाता खोल्न कडाई गरेको छ । बिदेशमै बसोवास गरिरहेका बाहेकका नेपालीले बिदेशमा वैंक खाता खोल्न नपाउने गरि राष्ट्रवैंकले कडाई गर्न लागेको हो । बिदेश बसेर नेपाल फर्किएकाहरुले पनि ३५ दिनभित्र त्यस्ता खाता वन्द गरिसक्नुपर्ने ब्यबस्था राष्ट्रवैंकले गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । बिदेशी मुद्राको अपचलन र बिदेशमा पैसा राख्ने प्रबृत्तिलाई रोक्न यस्तो ब्यबस्था गरिएको राष्ट्रवैंकले जनाएको छ । वैंकले बिदेशमा राखिएको नेपालीहरुको पैसा जुनसुकै बेलापनि नेपाल ल्याउन सकिने ब्यबस्था गरेको छ । हालसम्म पनि सिमावर्ती क्षेत्रमा भारतीय वैंकमा खाता खोलेर निक्षेप राख्ने प्रचलन छ ।
बिदेशमा सेमिनार, अबलोकन भ्रमण वा छोटा भ्रमणमा गएका नेपालीहरुले भने बिदेशमा खाता खोल्न पाउनेछन् । तर त्यस्ता खाता नेपाल फर्किएको ६० दिनभित्र बन्द गरिसक्नुपर्ने नियम राष्ट्रवैंकले बनाएको छ । रेमिट्यान्स कम्पनी र बिदेशमा आफ्नो उत्पादन बेच्ने कम्पनीले बिदेशमा खाता खोल्न पाउने ब्यबस्था गरेपनि कारोवारबारे नियमितरुपमा राष्ट्रवैंकलाई जानकारी गराउनुपर्ने ब्यबस्था गरेको छ ।
साभार : अनलाइन खबर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide