Skip to main content

हिउँ चितुवा गणना सुरु

कार्तिक १८, कास्की 

दुर्लभ बन्यजन्तु सूचीमा रहेको हिउँ चितुवा संरक्षणका लागि हिमालपारिको मुस्ताङबाट गणना अभियान थालिएको छ । मुस्ताङको जोमसोमस्थित भ्राप्सु, मुक्तिनाथ मन्दिर क्षेत्र, लुब्रालगायत खर्कहरूमा ९ वटा भिडियो क्यामेरा जडान गरी हिउँ चितुवा गन्न सुरु गरेको हो । कात्तिक १ देखि ७ गतेसम्म यी क्षेत्रमा क्यामेरा जडान गरी संरक्षणका लागि गणना सुरु गरिएको छ । अभिायनमा हिउँ चितुवा विशेषज्ञ करन शाह, सोम आले, प्राकृतिक स्रोत संरक्षण अधिकृत राजकुमार गुरुङलगायत सम्मिलित छन् । गैंडा, बाघको गणना थालिए पनि लोप हुँदै गएको हिउँ चितुवा अहिलेसम्म कतैबाट पनि गणना हुन सकेको थिएन । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्नोलियोपड कन्जरभेन्सी तथा डिजनीलगायत संरक्षित संस्थाको पहलमा गणना भएको हो । 

मुस्ताङका ४ हजार ४ सयदेखि ५ हजार मिटरका उचाइमा क्यामेरा ट्यापिङ गरिएको छ । गणनामा विद्यार्थीलाई जनचेतना र क्यामेरा जडानका लागि १२ लाखभन्दा बढी खर्च भएको छ ।  बुसनेल नामक अत्याधुनिक रिमोर्ट क्यामेरा जडान गरी प्रत्येकको रेखदेखका लागि दुई/दुई जना हेरालो खटाएको छ । 'संरक्षित वन्यजन्तुमा पर्ने हिउँ चितुवाको यकिन विवरण नभएको र लोप हुँदै गएकाले गणना सुरु गरेका हौं,' हिउँ चितुवाबारे अनुसन्धान गरिरहेका आलेले भने, 'अभियानले यो जन्तुको संख्यासँगै जनमानसमा संरक्षणको चेतना जागरण हुनेछ ।' क्यामरा जडान गरेको २ महिनाभित्र हिउँ चितुवाको संख्यात्मक विवरण आउने उनले बताए ।


आलेका अनुसार रेन्जर तथा विद्यार्थीलाई हिउँ चितुवा संरक्षण चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि गणना काम थालिएको हो । यसको प्रमुख बास्ास्थानका रूपमा रहेको मुस्ताङबाट संरक्षण अभियान सुरु गरिएको आले बताउँछन् । उनले नेपालभर अनुमानित ३ देखि ५ सयसम्मको संख्यामा हिउँ चितुवा रहेकोमा अहिले बासस्थान विनाश र चोरी सिकारले घट्दै गएको बताए ।  मनाङ, मुस्ताङ, डोल्पा र गोर्खाको हिमाली भेग हिउँ चितुवा बढी मात्रमा पाइने गरेको अनुसन्धानकर्ताको अनुमान छ । २ हजार ७  सयदेखि ५ हजार ६ सय मिटर उचाइमा हिमाली क्षेत्रको भीर, पहरा, खांेच, वन र चट्टाने पहाडमा हिउँ चितुवा बस्ने गरेको छ । पछिल्लो क्रममा आहारको कमी तथा चोरी सिकारका कारण यसको संख्या घट्दै गएको छ,' एक्यापका प्राकृतिक स्रोत संरक्षण अधिकृत राजकुमार गुरुङले भने, 'गणना गरी संरक्षण नगर्ने हो भने बिस्तारै दुलर्भ जन्तु लोप भएर जानेछ ।' उनले हिउँ चितुवा पाइने अन्य जिल्लामा पनि गणना गरी संरक्षण अभियान थालिने बताए । 

साभार : ईकान्तिपुर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide