Skip to main content

हिउँ चितुवा गणना सुरु

कार्तिक १८, कास्की 

दुर्लभ बन्यजन्तु सूचीमा रहेको हिउँ चितुवा संरक्षणका लागि हिमालपारिको मुस्ताङबाट गणना अभियान थालिएको छ । मुस्ताङको जोमसोमस्थित भ्राप्सु, मुक्तिनाथ मन्दिर क्षेत्र, लुब्रालगायत खर्कहरूमा ९ वटा भिडियो क्यामेरा जडान गरी हिउँ चितुवा गन्न सुरु गरेको हो । कात्तिक १ देखि ७ गतेसम्म यी क्षेत्रमा क्यामेरा जडान गरी संरक्षणका लागि गणना सुरु गरिएको छ । अभिायनमा हिउँ चितुवा विशेषज्ञ करन शाह, सोम आले, प्राकृतिक स्रोत संरक्षण अधिकृत राजकुमार गुरुङलगायत सम्मिलित छन् । गैंडा, बाघको गणना थालिए पनि लोप हुँदै गएको हिउँ चितुवा अहिलेसम्म कतैबाट पनि गणना हुन सकेको थिएन । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्नोलियोपड कन्जरभेन्सी तथा डिजनीलगायत संरक्षित संस्थाको पहलमा गणना भएको हो । 

मुस्ताङका ४ हजार ४ सयदेखि ५ हजार मिटरका उचाइमा क्यामेरा ट्यापिङ गरिएको छ । गणनामा विद्यार्थीलाई जनचेतना र क्यामेरा जडानका लागि १२ लाखभन्दा बढी खर्च भएको छ ।  बुसनेल नामक अत्याधुनिक रिमोर्ट क्यामेरा जडान गरी प्रत्येकको रेखदेखका लागि दुई/दुई जना हेरालो खटाएको छ । 'संरक्षित वन्यजन्तुमा पर्ने हिउँ चितुवाको यकिन विवरण नभएको र लोप हुँदै गएकाले गणना सुरु गरेका हौं,' हिउँ चितुवाबारे अनुसन्धान गरिरहेका आलेले भने, 'अभियानले यो जन्तुको संख्यासँगै जनमानसमा संरक्षणको चेतना जागरण हुनेछ ।' क्यामरा जडान गरेको २ महिनाभित्र हिउँ चितुवाको संख्यात्मक विवरण आउने उनले बताए ।


आलेका अनुसार रेन्जर तथा विद्यार्थीलाई हिउँ चितुवा संरक्षण चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि गणना काम थालिएको हो । यसको प्रमुख बास्ास्थानका रूपमा रहेको मुस्ताङबाट संरक्षण अभियान सुरु गरिएको आले बताउँछन् । उनले नेपालभर अनुमानित ३ देखि ५ सयसम्मको संख्यामा हिउँ चितुवा रहेकोमा अहिले बासस्थान विनाश र चोरी सिकारले घट्दै गएको बताए ।  मनाङ, मुस्ताङ, डोल्पा र गोर्खाको हिमाली भेग हिउँ चितुवा बढी मात्रमा पाइने गरेको अनुसन्धानकर्ताको अनुमान छ । २ हजार ७  सयदेखि ५ हजार ६ सय मिटर उचाइमा हिमाली क्षेत्रको भीर, पहरा, खांेच, वन र चट्टाने पहाडमा हिउँ चितुवा बस्ने गरेको छ । पछिल्लो क्रममा आहारको कमी तथा चोरी सिकारका कारण यसको संख्या घट्दै गएको छ,' एक्यापका प्राकृतिक स्रोत संरक्षण अधिकृत राजकुमार गुरुङले भने, 'गणना गरी संरक्षण नगर्ने हो भने बिस्तारै दुलर्भ जन्तु लोप भएर जानेछ ।' उनले हिउँ चितुवा पाइने अन्य जिल्लामा पनि गणना गरी संरक्षण अभियान थालिने बताए । 

साभार : ईकान्तिपुर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...