Skip to main content

ऐतिहासिक सिन्धुलीगढीमा विजय उत्सव फोटो सहित

कात्तिक २४, सिन्धुली, ध्रुवचन्द्र खड्का

सिन्धुलीमा विहीवार सिन्धुली गढी विजय उत्सव  मनाइएको छ । विसं १८२४ कार्तिक २४ गते अर्थात अंग्रेजी फौजलाई गार्खाली सपूतहरुले परास्त गरेको दिनलाई सिन्धुली गढी विजय उत्सवका रुपमा मनाईएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पत्रकार महसंघका केन्द्रिय महासचि ओम शर्माले देशको धरोहर तथा  गौरवताको पक्षमा लड्न सवैलाई आग्रह गर्नुभयो ।  राजनीतिक गुटको मात्र कुरा नगरि देशको गौरवमय इतिहास वचाउन सवै लाग्नुपर्नेमा जोड दिँदै वहाँले सिन्धुली गढी ऐतिहासिक धरोहरलाई संरक्षण गर्न सरकारले चासो नदिएको आरोप समेत लगाउनुभयो । नेपालका साँस्कृतिक तथा पर्यटकिय स्थलको संरक्षण तथा संवद्र्धन गर्नु सरकारको दायित्व भएपनि सरकारले चासो नदिएको उल्लेख गर्दै वहाँले भन्नुभयो ुयस्ता कार्यक्रमहरु सरकारको आयोजनामा हुनपथ्र्याे तर पत्रकार महासंघको आयोजनामा भएर अझ प्रभावकारी भयो ।

'उनले नेपाल पत्रकार महासंघले सिन्धुली गढी संरक्षण तथा विकासका लागि सरकारसंग जोडदार माग गर्न्र्रे समेत वताए । यस्तै सिन्धुलीगढी विजय उत्सवलाइ सम्वोधन गर्दै सिन्धुली क्षेत्र नं। १ का सभासद तथा एमाले नेता विषमलाल अधिकारी दनुवारले सरकारले यस विषयमा गम्भिर भएर सोच्नुपर्ने वताए । यस्तो महत्वपूर्ण तथा ऐतिहासिक कार्यमा नेपाल सरकारले लगानी गर्नुपर्ने र आफूले यो ऐतिहासिक विषयलाई संविधानमा उल्लेख गर्न पहल गर्ने आश्वासन समेत दिए । कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले सिन्धुली गढीलाई संरक्षण गर्न आवश्यक पहल गर्नेमा जोड दिएका थिए । वि।सं। १८२४ मा अग्रेजी फौजसंगको युद्धमा लड्ने पुरानो गोरख गण अहिले सिन्धुलीमै रहेको छ । कार्यक्रममा पुरानो खैँजडी नाच साँस्कृतिक कार्यक्रमहरु पच्चैवाजा लगायतका झाँकीहरु प्रस्तुत गरिएको थियो ।

स्रोत : सिन्धुली दर्पण 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।