Skip to main content

लक्षीत समूह विकास कर्यक्रम गर्ने प्रतिवद्धता

मंसिर ९, सिन्धुली 
सिन्धुलीका स्थानिय विकस अधिकारी धु्रववहादुर खड्काले लक्षीत समूह विकास कर्यक्रम नेपाल सरकारको नीति वमोजिम नै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । विहीवार साँझ रेडियो सिन्धुलीगढीवाट प्रसारित कार्यक्रम जनजाति जागरणमा कुराकानीका क्रममा खड्काले यस्तो प्रतिवद्धता जनाउनुभएको होे । वहाँले लक्ष्ँित समूह विकास कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्न कार्यान्वयन निकाय, सेवा ग्राही र सरोकारवाला सम्मीलित मूल्यांकन अनुगमन समिति गठन गर्नुपर्ने वताउनुभयो । नेपाल सरकार स्थानिय विकास मन्त्रालयले जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिहरुले विकासको मूल प्रवाहवाट बहिष्कृत आदिवासि, जनजाति, दलित, महिला, बालवालिका, अपांग र पिछडा वर्गको वृद्धि विकासका लागि पूंिजगत बजेटवाट ३५ प्रतिशत रकम विनियोजन गरि कार्यक्रम सन्चालन गर्नुपर्ने निर्देशिका जारि गरेको छ ।



Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide