Skip to main content

गोर्खाली गाथा


अल्मोडा, उत्तराखण्ड, भारत, मंसिर ४ - 
गोर्खाली गाथा
यदि कसैले मृत्युसँग डर लाग्दैन भन्छ भने कि उसले झूटो बोलेको हुनुपर्छ कि त ऊ गोर्खा हुनुपर्छ ।' पूर्व भारतीय सेना प्रमुख साम मानेकसअको वर्षौंअघिको यो भनाइ अझै निकै चर्चित छ । यसरी गोर्खाली सेनाको मुक्तकण्ठले प्रशंसा गर्ने उनी एक्ला होइनन् । कतै आधिकारिक दस्ताबेज त छैन तर शक्तिशाली जर्मन तानाशाहले पनि गोर्खालीबाहेक विश्वमा जोसुकैसँग लड्न आफूलाई डर नलाग्ने बताएका थिए भनिन्छ । गोर्खाली सैनिकको बहादुरी र वीरताबारे यस्ता अनेकौं किस्सा तथा गाथाहरू छन् । दुईवटै विश्वयुद्ध होस् या हालका वर्षहरूमा इराक र अफगानिस्तानका युद्ध मैदानहरू, गोर्खाली सैनिकहरूले जसको छातामुनि बसे पनि आफ्नो गौरवशाली इतिहासलाई जीवन्त बनाइराखेका छन् । 

यस्तै गौरवशाली इतिहासको सम्झना गर्न गत साता उत्तराखण्डको सुन्दर पहाडी सहर अल्मोडामा एउटा विशेष कार्यक्रम राखिएको थियो । अवसर थियो, भारतीय सेनाअन्तर्गतको पाँचौं गोर्खा रेजिमेन्टको दोस्रो पल्टन अर्थात् सेकेन्ड फाइभ गोर्खा रेजिमेन्टको १ सय २५ औं वाषिर्कोत्सव । तात्कालीन बि्रटिस इन्डियाले नेपालबाट केही जातविशेषका युवालाई सन् १८१५ बाट भर्ती लिन सुरु गरेपछि औपचारिक रूपमा गोर्खा पल्टनको थालनी भयो । सेकेन्ड फाइभ गोर्खा रेजिमेन्टको स्थापना भने तात्कालीन समयमा बेलायतीहरूको नियन्त्रणमा रहेको अबोटावादमा सन् १८८६ मा भएको थियो । अबोटावाद त्यही स्थान हो, जहाँ केही महिनाअघि आतंकवादी संगठन अल कायदाका नेता ओसामा बिन लादेन अमेरिकी विशेष सैनिकको कारबाहीमा मारिएका थिए । सेकेन्ड फाइभले सबैभन्दा बढी भिक्टोरिया क्रस (भिसी) पाउने पल्टनको रूपमा ख्याति पनि कमाएको छ ।

भिसीलाई सैनिक बहादुरीका लागि सबैभन्दा ठूलो सम्मानका रूपमा लिइन्छ । प्रथम र द्वितीय विश्वयुद्ध गरी गोर्खाली सैनिकले जितेका १२ भिसीमध्ये यो पल्टनले तीनवटा प्राप्त गरेको थियो । द्वितीय विश्वयुद्धताका जापानी सेनासँग बर्मामा युद्ध लड्ने क्रममा अपूर्व साहस देखाएका हवल्दार गजे घलेलाई १९४३ मा भिक्टोरिया क्रसबाट सम्मानित गरिएको थियो । सोही युद्धकै क्रममा देखाएको वीरताका लागि सुवेदार नेत्रबहादुर थापा -मरणोपरान्त) र नायक अगनसिंह राईले भिसी पाएका थिए । भिसी पल्टनको नामले समेत परिचित सेकेन्ड फाइभको वीरताको गाथा यहीं रोकिँदैन । १९४७ मा भारत स्वतन्त्र भएपछि भारतीय सेनामा सामेल हुन रोजेको यो पल्टनले त्यसयताका युद्धहरूमा पनि उत्तिकै बहादुरी र कौशल देखाएर परमवीर चक्रलगायतका उच्च सम्मान पाएको छ ।

'काँतर हुनुभन्दा मर्नु जाति’
'डर र काँतरता भन्ने शब्द हाम्रो शब्दकोशमा छैन,' भिसी प्राप्त गर्ने तीन वीर पुर्खाको तस्बरअगाडि उभिएर एक गोर्खाली सैनिकले भने । समारोहमा काँतर हुनुभन्दा त मर्नु जाति भन्ने उक्तिलाई आफ्नो मूलमन्त्र बनाउँदै आएका सेकेन्ड फाइभका सैनिक जवानहरूमा आफ्ना पुर्खाको जस्तो त्याग, बलिदान र साहस देखाउने उत्कट चाहना देखिन्थ्यो । औपचारिक मात्रै होइन अनौपचारिक जमघटमा पनि केही गर्नुअघि वा पछि हो कि होइन....सेकेन्ड फाइभ हो कि होइन भनेर ठूलो आवाजमा सोध्ने गरिन्थ्यो । एक अवकाशप्राप्त पूर्वजनरलको भनाइमा, एकता र आत्मविश्वास जगाउन त्यसो गरिएको रहेछ । चाखलाग्दो के थियो भने उच्च अधिकारीको निर्देशनदेखि लिएर सामान्य कुराकानी पनि नेपाली भाषामै गरिएका थिए । ज्यादै रोचक सुनिने लवजमा उच्च भारतीय सैनिक अधिकारीहरू पनि नेपाली भाषामा बोलिरहेका भेटिए । क्रियापद, आदरार्थीलगायतका व्याकरणीय विषय यताउता भए पनि उनीहरूको लवज मिठासपूर्ण सुनिन्थ्यो ।

उनीहरूले नेपाली भाषामै सैन्य गीत गाएर सबैलाई जुरुक जुरुक पनि पारे
पाँच गोर्खाको वीरहरू, आगे बढ सेरहरू
दुस्मन मार्ने सोचले, आगे बढ जोसले
पाँच गोर्खाका वीरहरू...
खुकुरीमा शान लगाई, रगतको धारा बगाई
कदम कदम बढाएर, दुस्मनलाई भगाएर
दुस्मन मार्ने सोचले, आगे बढ जोसले
पाँच गोर्खाका वीरहरू...
राम्रो अवसर राम्रो काम, पाँच गोर्खाको ठूलो नाम
कदम कदम बढाएर, दुस्मनलाई भगाएर
दुस्मन मार्ने सोचले, आगे बढ जोसले
पाँच गोर्खाका वीरहरु आगे बढ जोसले

नेपालीपनको अपूर्व झल्को
भिसी पल्टनभित्र नेपालीपनको अपूर्व झल्को पनि देखियो ।' नेपाली सीमाबाट करिब २ सय २० किलोमिटर टाढा रहेको कुनै आभास हुँदैनथ्यो । वाषिर्कोत्सवको अवसरमा आयोजित बडा खाना कार्यक्रममा चिटिक्क फौजी पोसाकमा ठाँटिएर उपस्थिति जनाएका पुरुषहरूको शिर एकै नासका ढाका र भादगाउँले टोपीमा सजिएका थिए । नेपाली झल्को दिने गरी महिलाहरू पनि साडी र गरगहनामा सजिएर आएका थिए । कलाकारहरूले नेपाली लोकभाकामा कम्मर मर्काएको हेर्दै रमाइलो गरिरहेका उनीहरूले नेपाली खानाको स्वाद पनि लिए । बडा खानाको भोलिपल्ट आयोजित कार्यक्रममा पनि अवकाशप्राप्त अधिकारीहरूले रमाइलो गर्न भ्याए । 'हामी सधैं सैनिक हौं, हामीलाई अवकाशप्राप्त नभनौं,' अवकाशप्राप्त शब्दप्रति विमति जनाउँदै गोर्खा पल्टनका पूर्वमेजर जनरल अशोक मेहताले भने । 'अवकाशप्राप्त भनेर हामीलाई बूढो देखाउन खोजियो । कपाल फुल्यो, जुंगा फुल्यो तर मनचाहिँ जवान छ । त्यसैले हामी जवान बूढो हो,' उनले ठट्टा गर्दै थपे । उनले जवान रहिरहेको वा नरहेको जाँच्ने नयाँ तरिका पनि सुझाए । 'जबसम्म कोदोको रक्सी खान सकिन्छ अनि झ्याउरेमा नाच्न सकिन्छ, तबसम्म जवान नै भइराखिन्छ,' आफ्ना पूरै भाषण नेपालीमा नै गरेको मेहताले हाँस्दै भने ।

१५ दिन जापानी सैनिकको नियन्त्रणमा
-अवकाशप्राप्त हवल्दार पहलसिंह थापा
पहिले घर बागलुङ भए पनि सैनिक सेवाबाट अकाश पाएपछि ४७ वर्षदेखि देहरादूनमा बसिरहेको छु । बागलुङ जान मन भए पनि बुढ्यौलीका कारण अब हिँड्न अप्ठ्यारो हुन्छ । मैले १९४१ मा सेवा सुरु गरेको थिएँ र १९६४ मा अवकाश पाएको थिएँ । मैले सेवा सुरु गर्दा १६ रुपैयाँ तलब थियो र अवकाश हुने बेलामा बेसिक पे ७० रुपैयाँ थियो । त्यतिखेर ४४ रुपैयाँ पेन्सन मिल्थ्यो । मैले बर्मामा जापानी सैनिकविरुद्धको लडाइँमा भाग लिएको थिएँ । त्यतिखेर हाम्रो प्लाटुन कमान्डर गजे घले थिए । जापानीहरूको पोस्ट माथि थियो । गि्रनेड गुडाइदिए पनि हामीसम्म आइपुग्ने स्थिति थियो । त्यो युद्धमा हाम्रोतिर ठूलो क्षति भयो । हामी कमसेकम १५ दिनसम्म जापानीहरूको घेरामा बस्यौं । पछि जसो तसो गरी हामीले जापानीहरूलाई धपायौं । त्यही बेला देखाएको बहादुरीका लागि गजे घलेले भिक्टोरिया क्रस पनि पाए ।

बुवालाई सुरुमा भर्ती लिन

मानेको थिएन

-केशर घले, भिसी गजे घलेका छोरा

बुवाले हामीलाई आफ्नो सैनिक जीवनको धेरै किस्सा सुनाउनुहुन्थ्यो । बि्रटिस इन्डियाका गल्लाहरू पहिले नेपालका गाउँ-गाउँ पुगेर जवान केटाहरूलाई भर्तीका लागि लिएर आउँथे । बुवालाई पनि त्यसरी नै गोरखपुर ल्याइएको रहेछ । पहाडमा हिँडिरहेको मान्छे अचानक समतर भूमिमा हिँड्नुपर्दा खुट्टा सुनिएको कुरा बुवाले बताउनुहुन्थ्यो । भर्तीका लागि गल्लाहरूले लिएर गए पनि भर्ना हुने वा नहुने विषय रिक्रुटमेन्ट सेन्टरमा निर्भर रहन्थ्यो । सुरुमा उमेर सानो भएकाले भर्ती लिन बि्रटिसहरूले मानेनन् । पछि बुवालाई बोयज कम्पनीमा भर्ना गरेछन् । त्यसको दुई वर्षपछि सिपाहीबाट औपचारिक सेवा थालेको भन्नुहुन्थ्यो बुवाले । भर्ना भएको रेजिमेन्टको मुख्यालय हाल पाकिस्तानको अबोटावादमा थियो । बुवाआमा र घरका सदस्यहरूको यादले सताएपछि रुने गरेको कुरा बुवालेे भन्नुहुन्थ्यो । अनपढ भएकाले चिठी लेख्न पनि अरूलाई भन्नुपथ्र्याे । एक दिन चिठी लेखाउन जाँदा चिठी लेख्ने व्यक्तिले हपारेपछि बुवाले आफ्ना छोराछोरीलाई जसरी भए पनि पढाउने कसम खानुभएको रहेछ । 
पछि बर्मामा जापानी फौजसँगको युद्ध उहाँका लागि जीवनको टर्निङ प्वाइन्ट भयो । उहाँले देखाएको बहादुरीका लागि भिसी पाएपछि उहाँको नाम उँचो भयो । आफू सैनिक सेवामा भए पनि उहाँले आफ्ना छोराहरूलाई त्यही पेसामा आउन कहिले दबाब दिनुभएन ।

साभार : इकान्तिपुर डट कम 




Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide