मंसिर ८, ध्रुवचन्द्र खड्का, सिन्धुली
जिल्लाको लदाभिर गाविसमा दुई वर्षभन्दा बढिसमयदेखि हेफर ईन्टरनेशनलको आर्थिक सहयोगमा प्रयास नेपालले परियोजना सञ्चालन गर्दै आएको छ । परियोजना अन्तरगत विभिन्न आय आर्जनमूलक कार्यक्रमहरु सन्चालन गरिदै आएको छ । परियोजनाले महिलालाई लक्षित वर्गको रुपमा लिएपनि समुदायका विपन्न सबै वर्गलाई समेटेको वताइएको छ ।
सिन्धुली, मंसिर ७ गते । सन्धुलीको लदाभिर गाविसका कृषकहरु व्यवसायिक पशुपालनका लागि कृषक पाठशालामा लागेका छन् । विपन्न कृषकहरुको आयस्तर बृद्धिगरी उनीहरुलाई आत्मनिर्भर बनाउन प्रयास नेपाल सिन्धुलीको सक्रियतामा उक्त पाठशाला सञ्चालन गरिएको हो । ९ महिनासम्म चल्ने उक्त पाठशालामा कृषकहरुलाई सुधारात्मक रुपमा पशुपालन गर्न विभिन्न सिप सिकाईने आयोजक संस्थाले जनाएको छ । आयोजकका अनुसार हाल पाठशालामा ३० जना कृषक सहभागि रहेका छन् । यो पाठशाला सकिएपछि सहभागि कृषकहरुले अरुलाई आफूले सिकेको ज्ञान बाँड्ने र यसबाट पशुपालक कृषकहरु लाभान्वित वताइएको छ । लदाभिर गाविसलाई नमूना गाविस बनाउने योजना प्रयास नेपालको रहेको सँस्थाकी अध्यक्ष गंगा दाहालको भनाइ छ ।
Comments