Skip to main content

महानायक अब 'हिरो टर्न्ज भिलेन'

मंसिर ३,

राजेश हमालले खेलेका दुई सय ८० सिनेमा र उनको भूमिकाबीच के समानता छ ? सायद हाजिरीजवाफको उत्तर भए दिइने सजिलो उत्तर हो –'हिरो' । दुई दशकभन्दा लामो अभिनय करियरमा महानायकले सबैमा नायकको भूमिका निर्वाह गरेका छन् । तर, त्यो उत्तर अबको केही महिनापछि सोधिने हो भने गलत पनि ठहरिन सक्छ । 
कारण –हमालले सम्भवतः पहिलोपटक करियरमा भिलेनको रुपमा सिनेमा अभिनय गर्दैछन् । सुनिल मानन्धरको अपकमिङ दोस्रो प्रोजेक्ट ‘मायाज बार’मा महानायक खलपात्र बन्दैछन् । आधुनिक भट्टी अर्थात ‘बार’को मालिकको रुपमा हमाल यो चरित्रमा देखिन लागेका हुन् । निर्माता मानन्धरले हमालको चरित्र सुहाउने भएकाले भिलेनमा उनलाई अनुबन्धित गरिएको बताए । 


मायाको भूमिका भने निशा अधिकारीले निर्वाह गर्नेछिन् । निशाको व्यस्त सेड्युलकाबीच सुटिङ गर्न लागिएको चलचित्र फेबु्रअरीबाट फ्लोरमा जाने अपेक्षा गरिएको छ । सिनेमालाई दिनेश डिसीले निर्देशन गर्नेछन् । बारकी युवतीबारे कथा आधारित छ । सँधै नायकको रुपमा हमाललाई हेर्दै आएका दर्शकले भिलेनका रुपमा उनलाई कसरी लिने हुन्, प्रतीक्षित बनेको छ ।

साभार: मेरोसिनेमा डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide