Skip to main content

यात्रुबस सुनकोसीमा खस्यो

कार्तिक २७,


सिन्धुपाल्चोको सुकुटे नजिकै आँपकोट ६५ किलो भन्ने स्थानमा आज बिहान भएको यात्रुबस दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा दोलाखाका अर्जुन खड्का रहेको प्रहरीले जनाएको छ । बाह्रबिसेबाट काठमाडौँका लागि छुटेको बा २ ख ६२५९ नम्बर बस अरनीको राजमार्गको सडकबाट सुनकोसी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिब एक दर्जन भन्दा बढी घाइते भएका छन् । विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा बस अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।

मृतक खड्का मोटरसाइकल पछाडि सवार रहेको बताइएको छ । घटनास्थलगत्तै प्रहरी र स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए । घाइतेहरुको खाडीचौर स्वास्थ्यचौकी र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यसैबीच काँकडभिट्टाबाट काडमाडौँतर्फ आउँदै गरेको ना३ख ७३७५ नम्बरको रात्रीबस आज बिहान चितवनको दारेचोकस्थित नाग्दी खोलामा दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाइते भएको छन् । घाइतेहरु भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साभार : अनलाइन खबर

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide