मंसिर ९, सिन्धुली
विभिन्न चरण पार गरिसकेपछि पनि रोजाइ अनुसारको परिचयपत्र नपाएपछि सिन्धुलीे दुधौलीमा रहेको माओवादी लडाकुको २ नं. डिभिजनका लडाकुहरु आक्रोसित भएका छन् । रोजाइ अनुसारको परिचयपत्र नदिएकाले लडाकुहरु आक्रोसित बनेको दोस्रो डिभिजनका कमान्डर सुकबहादुर रोकाया शरदले जानकारी दिनुभयो । परिचय पत्र वितरण नहु“दा लडाकुहरुमा आशंका पैदा भएको समेत उहाँको भनाइ छ । सिन्धुलीमा रहेको दोस्रो डिभिजन मुख्यालय र त्यस अन्र्तगतका तीनवटा सहायक शिविरका गरी विहीबारसम्ममा १ हजार १ सय ५९ लडाकुको पुनर्वर्गीकरण सम्पन्न भएको छ । दोश्रो डिभिजनमा स्वेच्छिक अवकासमा भन्दा समायोजनमा जानेको सँख्या बढी रहेको बताइएको छ ।
Comments