Skip to main content

लुक्लामा अलपत्र पर्यटक आक्रोशित


लुक्ला (सोलुखुम्बु), मंसिर ४  
लुक्लामा अलपत्र पर्यटक आक्रोशित
भारतका चन्दन सिम्रिक एयरको हेलिकोप्टर लुक्लामा अवतरण हुन नपाउँदै झोला बोकेर हतारिँदै हेलिकोप्टरमा छिरे । त्यसपछि लामो श्वास फेरेर भगवान्लाई धन्यवाद दिए । काभ्रेको भकुन्डेबेसीमा एयर अवतरण नहुन्जेल उनी केही बोलेनन् ।  बाहिर निस्केपछि आकाशतिर फेर्केर खुसी हुँदै चर्को स्वरमा कराए 'आजाद भएँ ।' त्यसपछि उनको थाकेर निन्याउरो भएको अनुहारमा एकाएक चमक देखियो । 'आजाद भएको महसुस गरिरहेको छु,' उनले कान्तिपुरसँग भने, 'लुक्लामा लामो समयसम्म हवाई उडान ठप्प भएपछि त्यहीं मरिने डरले सताइरहेको थियो ।' लुक्लाको जस्तो घटना आफूले अहिलेसम्म नभोगेको उनले सुनाए । राम्रोसँग खान नपाएको, खर्च गर्ने पैसा सकिएको लगायत अनेकौं समस्याबाट आफूहरू पीडित भएको उनको कथन थियो । उनले सरकारप्रति आक्रोश पोखे । 'यो देशमा सरकार पनि छ र ?' उनले भने, 'सरकार भएको भए यत्रो दिन किन अलपत्र परेर बस्नुपथ्र्यो र ?' उनको समूहमा ७ जना थिए ।

मौसम छिनछिनमै बिगि्रने गर्दा उद्धारका लागि खटेका अधिकांश हेलिकोप्टर कम्पनीहरूले लुक्लाबाट उद्धार गदै सुर्के र रुम्जाटार ल्याई त्यसपछि त्यहाँबाट अरू हेलिकोप्टरले काठमाडौंमा पर्यटकलाई अवतरण गराएका थिए । सिमि्रक एयरले भने उद्धार गरी ल्याएका सबैलाई काभ्रेको भकुन्डेबेसीसम्म ल्याइदिएको थियो । अलपत्र परेका पर्यटकको सख्या अत्यधिक हुँदा निजी हेलिकोप्टरहरूलाई उद्धार गर्न भ्याईनभ्याई छ । यसले गर्दा विमानचालकहरूलाई खाना खानेसम्म फुर्सद छैन । 'उद्धार गरेर भ्याइएको छैन,' क्याप्टेन सिद्धार्थजंग गुरुङले भने । उनी उद्धारको चटारोले हेलिकोप्टरमै बसेर हतारहतारमा खाना खाँदै थिए । मौसम खुल्ने छाँटकाँट नदेखेपछि अलपत्र परेका सयौं पर्यटकहरू हिँडेरै दोलखाको जिरीतर्फ गएको स्थानीय सोमजोङ शेर्पाले जानकारी दिए । 'अलपत्र परेका पर्यटकहरू यहाँबाट हिँडेरै गएका छन्,' उनले भने, 'अधिकांशको स्वदेश फर्किने उडान छुटेको, बिदा सकिएको, प्याकेजमा आएको भ्रमण रद्द हुन पुगेको, खर्च गर्ने पैसा सकिएको अवस्था छ ।'  लुक्लामा विमानस्थल बन्नुअगाडि पर्यटकहरू दोलखासम्म गाडीमा आई त्यहाँबाट हिँडेर आउने गरेको उनले बताए । उनका अनुसार लुक्लाबाट हिँडेका पर्यटक लामजुरा हुँदै चार दिनपछि दोलखाको जिरी पुग्छन् ।

लुक्लामा वायुसेवा निगमबाहेक निजी एयरहरूमा तारा, सीता र अग्निले उडान सञ्चालन गरिरहेका छन् । अलपत्र परेका पर्यटकहरूमा अमेरिका, बेलायत, प|mान्स, इटाली, जर्मन, चीन, स्पेन, भारतका अत्यधिक रहेका छन् । पर्यटन व्यवसायीका अनुसार डेढ हप्तादेखि दुई हप्ताको टेकिङ प्याकेजमा आएका पर्यटकहरूले दैनिक प्रतिव्यक्ति न्यूनतम एक हजार डलर खर्च गर्ने गरेका छन् । अहिले अलपत्र परेकाहरूको खर्च त्यसको तेब्बरभन्दा बढी रहेको छ । हाल अलपत्र परेका पर्यटकहरूको सिमि्रक, फिसटेल, अग्नि लगायतका निजी एयर कम्पनीहरूले उद्धार कार्य जारी राखेका छन् ।

साभार : इकान्तिपुर डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide