Skip to main content

लागू पदार्थ सेवन गर्ने रकम अनाथालयका बालबालिकालाई

पुष ४, सिन्धुली 

सुन्दा अचम्म लाग्न सक्छ, लागू पदार्थ छाडेर कसैले त्यस वापतको रकम मानवीय हितमा वितरण गरेको भन्दा। तर सिन्धुलीको पुष्पदिप अफसेट प्रेसका पुष्पराज देबकोटा र दिपेन्द्र बिक्रम कार्कीले आफूले सेवन गर्ने गरेको सुर्तिजन्य पदार्थ छाडेर त्यस बापतको रकम अनाथालयका बालबालिकाहरुलाई बितरण गरेका छन् । उनिहरुले मासिक ५०० रुपैँयाका दरले अनाथालयलाई सहयोग गर्ने वचन समेत दिएका छन् । शैलशिखर कृषक उत्थान संस्थाद्धारा संचालित शैलशिखर अनाथालयमा आश्रित बालबालिकाहरुलाई सहयोग गर्ने क्रममा उनिहरुले यस्तो रकम सहयोग गरेका हुन् । त्यसो त शैलशिखर अनाथालयमा सहयोग गर्ने क्रम सुरु भइसकेको छ । साथै उनिहरुले अनाथालयलाई सहयोग गर्न पनि सबैलाई अनुरोध समेत गरेका छन् । केहि दिन अघि स्थानीय पत्रपत्रिका तथा संचारमाध्यमहरुमा ‘अनाथालयमा बालबालिकाको बिजोग’ शिर्षकमा समाचार, सुचना तथा कार्यक्रम प्रकाशन तथा प्रसारण सुरु भएपछि अनाथालयमा सहयोग गर्ने क्रम बढेको हो । 

अनाथालयमा हाल ७ जना बालबालिकाहरु बस्दै आएका छन् । त्यसमध्ये ५ जना भगवति उच्च माविमा र २ जना गौमति नमूना उमाविमा अध्ययन गरिरहेका छन् । दुवै विद्यालयले उनिहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाइदिएका छन्् भने अनाथालयले उनिहरुलाई निशुल्क वस्ने खाने व्यवस्था गरेको छ । अनाथालयका वालवालिकाहरुलाई दैनिक जीवन धान्न समेत धौधौ परेकोले र सँस्थासंग रकम नभएकाले सहयोगका लागि सवैसंग अपिल गरेको शैलशिखर कृषक उत्थान संघका अध्यक्ष विष्णु देवकोटाले वताए । ‘पढ्नका लागि त दुइवटा विद्यालयले सहयोग गरेका छन् तर खान वस्नका लागि त आँफै व्यवस्था गरिदिनुप¥यो’ उनले भने । ‘कसैको बुवा छैन, कसैको आमा छैन अनि गरिवीका कारण आमा बुवा भएपनि उनिहरुले पढ्न र लाउन खान पाएका छैनन् । यसर्थ उनिहरुलाई मैले अनाथालयमा ल्याएको हुँ जसो तसो सहयोग मागेर भएपनि उनिहरुलाई वाटो देखाउने काम गर्छु’ उमेरले ६५ वर्ष काटिसकेका सँस्थाका अध्यक्ष देवकोटाले भने ।


Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide