Skip to main content

धडकन भित्र प्रशान्त तामाङ

मंसिर २८, बुधवार

गोर्खा पल्टन, किन मायामा, अंगालो यो मायाको लगायतका चलचित्रमा अभिनय गरिसकेका गायक प्रशान्त तामाङ मदन घिमिरेले निर्देशन गर्ने चलचित्र 'धडकन भित्र' मा अभिनय गर्ने भएका छन् । जो आफ्नो मान्छे हुन्छ त्यो सधैं धडकन भित्र नै रहेको हुन्छ भन्ने मूल भावलाई लिएर निर्माण गर्न लागिएको चलचित्र 'धडकन भित्र' मा मुख्य पात्रको रूपमा प्रशान्तलाई अनुबन्धित गरिएको निर्देशक घिमिरेले फिल्मीखबरलाई जानकारी दिए । २१ औं प्रोजेक्ट रहने चलचित्र 'धडकन भित्र' मा गायकले भोग्नु परेका दु:खकष्ट, पिडा, संघर्ष अनि सुखका अनुभुतीलाई प्रस्तुत गर्ने निर्देशक घिमिरेको भनाई छ । 

गोर्खा पल्टनमा प्रशान्तको अभिनय देखेर आफूले पनि एक दिन प्रशान्तलाई अभिनय गराउछु भन्ने सोच राखेका मदनले अन्तत: उक्त सपना पूरा गर्न लागेको बताए । फिल्मीखबरसँगको बिशेष भेटमा प्रशान्तले चलचित्रको कथा ज्यादै मन परेकाले अभिनय गर्न राजि भएको बताए । गायनसँगै अभिनयलाई पनि अगाडी बढाएका प्रशान्तले राम्रो कथाबस्तु हेरेर मात्र चलचित्रमा काम गर्ने बताए । राजधानीको गुञ्जन स्टुडियोमा गीत रेकर्डिङमा व्यस्त रहेका प्रशान्तले चलचित्र 'धडकन भित्र' मा रहेका चार वटै गीतमा स्वर पनि दिने बताए । प्रशान्तलाई गायिका माण्डबी त्रिपाठी र अञ्जु पन्तले साथ दिने बताईेको छ । साकुरा फिल्म्सको व्यानरमा रत्न देउला, संजिव खत्री र क्यानन श्रेष्ठले संयुक्त रूपमा निर्माण गर्न लागेको सो चलचित्रमा महानायक राजेश हमाल पनि बिशेष भुमिकामा प्रस्तुत हुनेछन् । बसन्त सापकोटाको संगीत रहने सो चलचित्रको छायाँकन माघको दोस्रो साताबाट शुरू गरिने भएको छ । चलचित्रमा अभिनय गर्ने नायिकाको भने अझै टुंगो लागीसकेको छैन ।

साभार : फिल्मीखबर

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।